News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    बिष्णु खत्रीको शब्द संगीतमा “धादिडं गल्छीमा” बजारमा

    सुमन ढकाल।
    गायक विष्णु खत्रीले नयाँ गीत सार्वजनिक गरेका छन्।
    शुक्रवार विष्णु खत्री युट्युब च्यानलमार्फत ‘धादिडं गल्छीमा’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत विष्णु स्वयंको छ। “परान बाकी छ” बोलको गीत चर्चामा आएपछिको यो त्यसैको भाग २ मा आएको हो। स्वरमा सुप्रिम मल्ललाई पुजा देवकोटाले साथ दिएकी छन्।

    गीतमा चोखो माया गर्ने मान्छेले माया लाउ भन्दा पनी नलाउने अल्छी भाव व्यक्त गरिएको छ। गीतको भिडिओमा पुजा देवकोटा र सुप्रिम मल्ल देख्न सकिन्छ।
    प्रकाश खड्काले छायांकन गरेको म्युजिक भिडिओलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्। म्युजिक भिडिओलाई विक्रम चौहानले निर्देशन गरेका हुन्।

    पुरा भिडियो हेर्नुहोस्ः

    लाेक कल्याणकारी

    प्रतिक्रिया