
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । रुस-युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो ।ढिलो गरी प्राप्त सूचना अनुसार गत कात्तिक २९ गते मारिनेमा स्याङ्जा पुतलीबजार-५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ-६ सुनापती टोलका राज कुमार रोका र इलाम-५ इलामका गंगाराज मोक्तान छन् । उनीहरु तीनै जना रुसी सेनामा कार्यरत थिए ।
मस्कोस्थित नेपाली दूतावासले मंसिर ८ गते काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेर उनीहरुको शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गर्नुपर्ने भएकाले सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिन अनुरोध गरेपछि मात्र रुसी सेनामा कार्यरत नेपालीहरुको मृत्यु भएको खुलेको हो ।
उक्त पत्रमा रुसी सेनाका अधिकारीले टेलिग्राममार्फत् तीन जना नेपालीहरुको मेडिकल डेथ सर्टिफिकेट मस्कोस्थित नेपाली दूतावासलाई प्राप्त भएको व्यहोरा उल्लेख छ । तर उनीहरु कुन स्थानमा र कसरी मारिए भन्ने उल्लेख छैन ।
सूचना गोप्य राख्ने प्रयास
यी तीन नेपालीहरुको मृत्यु हुनुअघि गोरखाका थपलिया थरका अर्का एक नेपालीको पनि गत असारमै मृत्यु भएको मिडिया रिपोर्ट सार्वजनिक भइरहेका छन् ।असार २९ गते मृत्यु भएका भनिएका गोरखाका थपलिया र कात्तिक २९ गते मृत्यु भएका थप तीन जना गरी चारै जनाको विवरण दूतावासले आजसम्म सार्वजनिक गरेको छैन ।
गत असारमा मृत्यु भएका गोरखाका व्यक्तिको शव नेपाल पठाउन नमिल्ने भन्दै रुसमै समाधिस्थ गरिएको मिडिया रिपोर्टहरु सार्वजनिक भइरहे पनि सरकारी निकायबाट त्यसको पुष्टि हुन सकेको छैन ।गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पनि त्यसबारे प्रशासनलाई जानकारी नभएको बताए । ‘अहिलेसम्म त्यस्तो जानकारी छैन, त्यसको पुष्टि भएपछि मात्र भन्नसक्छु,’ उनले भने ।रुसी सेनामा कार्यरत नेपालीहरुको मृत्यु भएको अपुष्ट सूचना प्राप्त हुनासाथ अनलाइनखबरले मस्कोस्थित नेपाली दूतावासलाई राखेको जिज्ञासाको जवाफ पनि दूतावासले दिएको छैन ।
रुसका लागि नेपाली राजदूत मिलन तुलाधर र दूतावासको वेबसाइटमा राखिएका कर्मचारीहरुको सम्पर्क नम्बरमा सम्पर्क गर्दा पनि सम्पर्क स्थापित हुन नसकेपछि दूतावासका दुईवटै इमेल ठेगानामा इमेल पठाएर जिज्ञासा राखिएको थियो ।
नेपालको सेना भर्तीसम्बन्धी सम्झौता भारत र बेलायतसँग मात्र भएकाले रुसी सेनामा भर्ती हुन नीतिगत र कानुनी रुपमा मिल्दैन । यद्यपि अध्ययन वा घुम्ने सिलसिलामा रुस पुगेकाहरु त्यहाँको सेनामा भर्ती भएको पाइएको छ । ‘रुसी सेनामा गोर्खाली’ लेखिएका भिडिओहरु सामाजिक सन्जालमा पनि देखिन्छन् ।
यद्यपि रुसी सेनामा नेपालीहरुको संख्या एकिन हुन सकेको छैन । यस विषयमा परराष्ट्र मन्त्रालय र मस्कोस्थित नेपाली दूतावासले पनि अनभिज्ञता प्रकट गरेका छन् ।
युक्रेनसँगको लडाइँमा रुसले भाडाका सैनिक वाग्नर समूहलाई खटाउने गरेको छ । युक्रेनसँगको लडाइँ सुरु भएपछि रुसले आकर्षक तलब सुविधा पाइने भन्दै भर्ना हुन आह्वान सहितको प्रचार सामग्री बनाएको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया