
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सांसद भीम पराजुलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन माग गरेका छन् । बुधबार देउवालाई भेटेर पराजुलीले आफूलाई मुख्यमन्त्री बनाउन माग गरेका हुन् ।नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको दुई पटकको नियुक्त सर्वाेच्च अदालतले बदर गरिदिएको थियो । त्यसपछि मुख्यमन्त्री बनेका नेकपा एमालेका हिक्मत कुमार कार्कीले पनि विश्वासको मत पाउने स्थिति नभएपछि पदबाट राजीनामा दिएका छन् ।
थापा दुई–दुईपटक मुख्यमन्त्री पदबाट हट्नु परेपछि संसदीय दलको नेतामा उनको विकल्प खोज्नुपर्ने आवाज पार्टीभित्र उठेको छ । संस्थापन र इतर समूहले दलको नेताको विकल्पका बारेमा छलफल गरिरहेका बेला पराजुलीले भेटेर आफूलाई मुख्यमन्त्री बनाउन आग्रह गरेका हुन् ।
सभापति देउवालाई भेटेपछि पराजुलीले संसदीय दलको नेताको विकल्प खोज्नु परे दलको तर्फबाट आफूलाई उम्मेदवार बनाउन आग्रह गरेको बताए । दलका नेता थापा र सांसद पराजुली दुवै कृष्णप्रसाद सिटौला पक्षका हुन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पराजुली विराटनगर महानगरपालिकाका पूर्वमेयर हुन् । ‘प्रशासन बुझेको छु, काम गरेको अनुभव छ, सरकार सञ्चालन गर्न सक्छु,’ पराजुलीले भने, ‘भोलि संसदीय दलको नेताको विकल्प आयो भने मलाई बनाउनुपर्याे भनेर कुरा राखेको छु ।’
जवाफमा देउवाले संसदीय दलको नेता नै पहिलो प्राथमिकता रहने बताएका थिए । गठबन्धनमा सहभागि हुनका लागि राप्रपा सकारात्मक देखिएको देउवाले जवाफ दिएको उनले बताए ।
राप्रपा गठबन्धनमा सहभागी हुँदा थापाको विकल्पमा उम्मेदवार खोज्नुपर्ने पक्षमा छ । किनकी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस नेता सिटौलाबीच सम्बन्ध राम्रो नभएको कांग्रेस नेताहरु बताउँछन् । उनीहरु झापा क्षेत्र नम्बर ३ का प्रतिस्पर्धी हुन् ।
प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेपछि सत्तारुढ गठबन्धन कांग्रेस भित्र नेतृत्वका लागि हानथाप छ । दलका नेता उद्धव थापासँगै इतर समूहका नेता केदार कार्की मुख्यमन्त्रीको दाबेदार छन् । अमृत अर्याल, भीम पराजुली, हिमाल कार्कीले चाहाना व्यक्त गरेका छन् ।
कांग्रेस इतर समूहका नेता डाक्टर शेखर कोइराला र डाक्टर मिनेन्द्र रिजालले कार्कीलाई गठबन्धन उम्मेदवार बनाउन पार्टीसँगै गठबन्धन दल माओवादी केन्द्रलाई पनि दबाब दिइरहेका छन् ।
कोइराला र रिजालले सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कार्कीलाई बनाउन प्रस्ताव गरेका थिए । ‘अस्ती उहाँहरु प्रधानमन्त्रीलाई भेट्न जानु भएको थियो, सम्भवत आज पनि जानुहुन्छ,’ कांग्रेस संस्थापन समूहका एक नेताले भने, ‘दल भित्र पनि दबाब बढाइरहेका छन्, गठबन्धनले उम्मेदवार नबनाए विद्रोह गरेर एमालेसँग मिल्ने चेतावनी दिइरहेका छन् ।’
कार्कीले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ८ जनाको हस्ताक्षर जुटाए बहुमतको सरकार बनाउनका लागि सहयोग गर्ने आश्वासन दिएका थिए । प्रदेशमा कांग्रेस संस्थापन इतर समूहका ९ जना सांसद छन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । उपधारा ५ अनुसार गठन आह्वान भएको सरकारमा दाबी पेश गर्नका लागि ४७ जना सांसदको हस्ताक्षर नै चाहिन्छ ।
प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक सांसद छन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया