
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । नेपाल प्रेस युनियन पर्वत शाखाको छैटौँ अधिवेशनबाट आगामी तीन वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ। पाँचौँअधिवेशनको बेलामा अध्यक्ष पदका इच्छुक दुई जना उम्मेदवारहरूबीच सहमति हुन नसकेपछि मतदानमार्फत नेतृत्वको टुङ्गो लगाउँदा दुवै जनालाई बराबर मत परेपछि समय बाँडेर नेतृत्व गरेको युनियनमा यस पटक भने सर्वसम्मत रूपमा नयाँ कार्यसमिति निर्माण भएको हो। नयाँ कार्यसमितिको अध्यक्षमा उत्तम प्रसाद अधिकारी, उपाध्यक्षमा रोशन तिवारी, समावेशी उपाध्यक्षमा विष्णु गौतम, सचिवमा सुमनजंग थापा, कोषाध्यक्षमा राम प्रसाद शर्मा (आर.सी. पौडेल), सहसचिवमा मिना थापा तथा सदस्यहरूमा मुना लामिछाने के.सी, सन्तोष पराजुली, सरिता पौडेल, ईश्वरी प्रसाद शर्मा, सरोज विश्वकर्मा, योगराज गिरी बद्री र सुवास पौडेल चयन भएका छन्। अधिवेशनकै अवसर पारेर १४ जना पत्रकारहरूलाई पुरस्कारसहित चार जनालाई सम्मान गरिएको छ। कुश्माकै समाजसेवी हरिप्रसाद जोशीद्वारा स्थापित ‘हरिमखमली प्रेस युनियन पत्रकारिता पुरस्कार, स्थानीय’ अन्तर्गत अगन्धर तिवारी (वर्ष २०७४), रोशन तिवारी (वर्ष २०७५), साजन परियार (वर्ष २०७६), विष्णु गौतम (वर्ष २०७७), संजय रेग्मी (वर्ष २०७८), सुमनजंग थापा (वर्ष २०७९) र विशन क्षेत्री (वर्ष २०८०) बाट सम्मान भएका हुन्। प्रदेशतर्फको पुरस्कारबाट इन्द्रकुमार विकल्प पुरस्कृत भएका छन् भने राष्ट्रियतर्फ बद्री सिग्देल, रमेश पौडेल, गंगाधर पराजुली, दिलीप पौडेल, ओमप्रसाद घायल र छविलाल तिवारी पुरस्कृत भएका छन्।
स्थानीय तथा प्रदेश पुरस्कार पाएका पत्रकारहरूलाई प्रतिव्यक्ति नगद १५ हजार तथा राष्ट्रिय पुरस्कार पाएकाहरूलाई नगद २५ हजार रुपैयाँ सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो। सोही अवसरमा पर्वतमा नेपाल प्रेस युनियनको स्थापना गरेकाहरू रामचन्द्र जोशी, विश्वप्रकाश प्रसाईँ, गोविन्दप्रसाद पोखरेल र शान्तिनारायण श्रेष्ठलाई पनि सम्मान गरिएको छ।उनीहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए। सोही अवसरमा बोल्दै उनले गण्डकी प्रदेश सरकारले ल्याउने सञ्चार विधेयकले पत्रकारहरूलाई अङ्कुश लगाउने नभइ उनीहरूको वृत्ति विकासमा सहयोगी हुने बताए। प्रदेश सरकारहरूले ल्याउने लागेका विधेयकहरूले पत्रकारहरूलाई निरुत्साहित गर्न खोजिरहेको भन्ने कुरा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले उठाएपछि त्यसको जवाफमा मुख्यमन्त्री पाण्डेले गण्डकीका पत्रकारहरूसँग छलफल गरेर उनीहरूकै रायका आधारमा सञ्चार विधेयक ल्याउने तयारीमा आफू रहेको जानकारी गराए।
‘पत्रकारिताको विषयमा आउने विधेयक स्वतन्त्र हुने छ। अङ्कुश लगाउने विधेयक हामीले ल्याउने छैनौँ। ऐन, कानुन, नियमहरू पत्रकारलाई समस्यामा पार्ने गरी बन्ने छैनन्। पहिलेको सरकारले तयार पारेको ड्राफ्टमा छलफल गरेर हामी करेक्सन गर्ने छौँ’, उनले भने, ‘प्रदेश सरकारमा मेरो नेतृत्व रहेको बेलासम्म पत्रकारितामाथि निरङ्कुशता भन्ने कुरा हुँदैन। पत्रकारहरूले मेरो गेटमा आएर आन्दोलन गर्ने अवस्था रहन दिने छैन।’ देशमा प्रजातन्त्र बाँचे मात्रै प्रेससहितका अन्य स्वतन्त्रता बाँच्ने भएकाले प्रेसले लोकतन्त्रलाई बलियो बनाउने गरी कलम चलाउनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाई छ।तर सीमित पत्रकारले ‘रोमान्स’ र ‘स्टन्ट’ का लागि तयार पारेर प्रकाशन तथा प्रसारण गर्ने कतिपय सामग्रीहरूले भने आम पत्रकारितामाथि नै प्रश्न उठाइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। मिडिया अविश्वसनीय हुँदा नागरिक समाज नै कमजोर हुने भएकाले केही व्यक्तिका कारण राजनीतिमा प्रश्न उठे जस्तै सीमित मिडियाका कारण समग्र मिडियामा प्रश्न उठ्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको सुझाव छ।
प्रदेश सरकारले प्रदेशका सञ्चारमाध्यमहरूलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन खारेज गर्न पत्रकार नै आएको बताउँदै उनले प्रदेश सरकार सञ्चार माध्यमलाई सहज अवस्थामा राख्ने प्रयासमा जानकारी गराए। त्यसका लागि प्रदेशमा क्रियाशील पत्रकारहरूको लेखनवृत्तिका लागि कार्यक्रम सञ्चालन गर्ने, प्रदेशका सबै पत्रकारहरूको निःशुल्क स्वास्थ्य बीमा गर्ने, पत्रकारहरूको सीप विकास लगायतका लागि काम गर्ने लगायतका प्रयोजनको लागि बजेट छुट्टाइएको मुख्यमन्त्री पाण्डेले बताए। नेपाली कांग्रेसको प्रसङ्गका बारेमा बोल्दै उनले केही कुरामा सच्चिनुपर्ने भएमा प्रदेश मात्र नभइ केन्द्रदेखि वडा तहसम्म सच्चिनुपर्ने आवश्यकता रहेको औँल्याए। शेरबहादुर देउवा र शेखर कोइराला मात्र नभइ हरेक कार्यकर्तामा पनि सकारात्मक सोचसहितको सच्चा परिवर्तन आउनुपर्ने उनको सुझाव थियो। राजनीतिमा नयाँ शक्तिहरू जन्मिने बेलामा ‘कांग्रेसको भविष्य छैन’ भन्ने सुन्दै आएको भए पनि त्यसले फरक नपारेको भन्दै पाण्डेले तर अबको अवस्थामा अहिले जसरी चलिरहेको त्यसरी नै चलेर सम्भव नहुने उल्लेख गरे।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया