
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री बालकृष्ण खाँणका कानुन व्यवसायीहरुले प्रधानमन्त्री हुने सम्भावना भएका व्यक्तिको चरित्र हत्या भएको दाबी गरेका छन् ।
नक्कली शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस भइरहेको छ । बुधबार खाँणको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो लगायतले बहस गरे । उनीहरुले खाँणमाथि लगाएको अभियोगको औचित्यमाथि नै प्रश्न गरेका छन् ।
वरिष्ठ अधिवक्ता एवं बार अध्यक्ष घिमिरेले खाँणको साथबाट बरामद भएको कागज भनेर प्रहरीले अभियोगपत्रमा समावेश गरेको दसी प्रमाणमा प्रश्न उठाएका छन्
अभियोगपत्रअनुसार खाँणलाई २७ चैतमा उनको घरबाट पक्राउ गर्दा केही कागजात बरामद भएको थियो । त्यसमध्ये यो प्रकरणमा पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले एउटा कागज पठाएका थिए, जसमा केशव दुलालको बयान फेर्न लगाउनुप¥यो, नभए खाँणविरुद्ध मुद्दा चल्नसक्छ भनिएको थियो ।
पक्राउ परेपछि खाँणले यो कागज च्यात्ने प्रयास गरेका थिए । प्रहरीले यसलाई जोडजाड पारेर प्रयोगशालामा पठायो र पाण्डेले नै लेखेको पुष्टि पनि भएको छ । पाण्डेले पनि बयानमा यो आफूले लेखेको स्वीकार गरेका छन्, तर पक्राउ पूर्जी जारी भएपछि हतास भावमा डायरीमा मात्र लेखेको दाबी गरेका छन् ।
बुधबार खाँणको बचाउ गर्ने क्रममा वरिष्ठ अधिवक्ता घिमिरेले खाँणको घरबाट बरामद भएको भनिएको त्यो कागज टाँसिएको र त्यसमा फरक मसी प्रयोग भएको दाबी गरे । उनले अगाडि भने, ‘हस्ताक्षर र ल्याप्चेबिनाको कागजलाई प्रमाण मान्न मिल्दैन ।’
उनले तत्कालीन गृहसचिव पाण्डेलाई रानीपोखरीस्थित प्रहरी कार्यालयमा पुर्याएर सरकारी वकिलले बयान लिएको समेत दाबी गरे । तत्कालिन गृहसचिव पाण्डेको बयान उधृत गर्दै उनले भने, ‘राति निद्रामा लगेर बयान गराइएको रहेछ ।’
खाँणलाई मन्त्रालयमै रकम बुझाएको बयानमा प्रश्न उछन्दै उनले भने, ‘केशव दुलालले झोला बोकेर मन्त्रालय गए कि गाडीमा गए ? सीसीटीभी प्रमाण मगाउनुपर्छ र हेर्नुपर्छ ।’
अनुमानको भरमा कसैलाई जेल पठाउन नहुने उनले बताए । ‘मलाई बार अध्यक्ष भएको मान्छे मुद्दा लड्न आयो भनेका छन्’, घिमिरेले भने, ‘मेरो पक्षको राजनीतिक चरित्रहत्या भएको छ । प्रधानमन्त्री हुने सम्भावना भएको मान्छेको चरित्रहत्या भयो । यसको क्षतिपूर्ति कसरी हुन्छ ?’
उनीभन्दा अगाडि बहस गरेका पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले ठगीको आरोपमा बयान गराएर सरकारी कागजात कीर्ते गरिएको मुद्दा चलाइएको भन्दै आपत्ति जनाए । उनले भने, ‘मेरो पक्षलाई जुन विषयमा बयान लिइएको छैन, त्यसैमा अभियोजन गर्न मिल्छ ?’
उनले ठगीको आरोपमा जाहेरीकर्ता र आरोपितबीच मेलमिलाप भएमा मिलापत्र समेत हुने अवस्था भएको भन्दै त्यसलाई समेत निषेध गर्न अरु अभियोगमा तानिएको बताए ।बालकृष्ण खाँणमाथि एक करोड २६ लाख लिएको अभियोग लागेपनि कुनैपनि पक्षले रकम बुझाएको नस्वीकारेको भन्दै उनले भने, ‘प्रमाणविना पनि अभियोग हुन्छ ?’वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले दुई व्यक्तिबीचको संवादमा आधारित भएर तेस्रो व्यक्ति (बालकृष्ण खाँण) माथि अभियोग चलेको भन्दै त्यसको औचित्यमा प्रश्न गरे ।
सञ्चारमाध्यमहरुमा कागज चपाएको आरोप लागेको तर यथार्थ त्यो नभएको उनको जिकिर थियो । बालकृष्ण खाँण पक्राउ परेको भोलिपल्ट कागज बरामद भएको भन्दै उनले त्यही दिन किन खानतलासी नगरेको भनी प्रश्न गरे ।
शरणार्थीसम्बन्धी सरकारी अध्ययन प्रतिवेदन र पत्राचारहरुमा भुटानी शरणार्थीलाई अमेरिका पठाउने भनी उल्लेख नभएको भन्दै उनले गृहमन्त्रालयका चारजना कर्मचारीहरुलाई त्रासमा पारेर खाँणविरुद्ध बयान गराइएको आरोप लगाए । चार वर्ष जिल्ला प्रशासन कार्यालय झापामा बसेका कर्मचारीको सरुवा हुँदा समेत नक्कली शरणार्थीको प्रकरणसँग मुछेर खाँणलाई जोड्ने काम भएको बताए ।पूर्व सभासद तथा कांग्रेस नेता आङटावा शेर्पालाई जबर्जस्ती गरेर कागज गराइएको श्रेष्ठले आरोप लगाए ।
अधिवक्ता ललित बस्नेतले प्रहरीले २२ दिन आरोपितहरुलाई थुनामा राखेपछि मुद्दा रुपान्तरित गरेर संगठित अपराधमा मुद्दा चलाएको आरोप लगाए । उनले क्रिकेटर सन्दीप लामिछानेको हकमा उच्च अदालत पाटनले दिएको आदेशको सिद्धान्त खाँणको पक्षमा पनि आकर्षित हुने बताए ।उनले भने, ‘उच्च अदालतबाट सन्दीपको हकमा आएको आदेश निकै महत्वपूर्ण हो । त्यही आकर्षित होस् ।’
पूर्वमहान्यायाधिवक्ता एवं अधिवक्ता खम्मबहादुर खातीले मुद्दा अभियोजनका क्रममा सरकारी वकिलको कार्यालयबाट भएको कामकारवाहीको चर्को आलोचना गरे । ‘सही अभियोजन भएन । सबै ऐनकानून एकै ठाँउमा हालेर ल्याइयो’ उनले भने, ‘सरकारीस्तरमा हुने नीतिगत काम पनि संगठित अपराध मान्ने हो भने बाँकी अपराधलाई के भन्ने ?’
बालकृष्ण खाँण र अरु आरोपितहरुमाथि थप अनुसन्धानका लागि अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पत्राचार गर्ने सरकारी वकिलको निर्णयको पनि आलोचना गरे ।
सरकारी वकिलको निर्णयबाट अख्तियारको क्षेत्राधिकार र स्वतन्त्रता हनन हुने भन्दै उनले रकम नै नभेटिएको घटनामा सम्पत्ति शुद्धिकरणमा फाइल पठाएर दुःख दिन खोजिएको आरोप लगाए । ठगीका मुद्दाहरु मेलमिलाप हुने र पीडितले रकम पाएमा मुद्दा फिर्ता लिने प्रचलन रहेको भन्दै त्यसतर्फ निषेध गर्न खोजिएको बताए ।
संगठित अपराधका कयौं मुद्दा बन्द इजलासमा सुनुवाइ हुने गरेको भन्दै उनले इजलासले उदारतापूर्वक खुला इजलास राखेर पत्रकारहरुलाई बस्न दिएको टिप्पणी गरे ।
अदालतमा आरोपितहरुको बयान प्रमाणीकरण नहुँदै सञ्चारमाध्यममा छ्याप्छ्याप्ती भएको भन्दै खातीले असन्तुष्टि जनाए । इजलासले आदेश दिनुभन्दा अघि नै सञ्चारमाध्यमबाट आदेश आउने सम्भावना रहेको भन्दै व्यंग्य गरे । उनले भने, ‘अभियोगपत्र आउनुअघि मिडियाले यो–यो आरोप लाग्छ भनेका थिए, त्यही त्यही भयो ।’
सन्देश शर्माको टेलिफोन कुराकानीमा आरजु राणा र मञ्जु खाँणलाई रकम बुझाएको भनी मिडियाहरुले छरपष्ट पारेको भन्दै उनले त्यसमा पनि आपत्ति जनाए । ‘अदालतमा कागज खोज्दा पाइँदैन, मिडियामा छरपष्ट छ’ उनले भने, ‘अदालतमा मुद्दा विचाराधीन छ । संसदमा कराएको करायै गरिरहेका छन् । कसलाई छाड्यो भनेका छन्, कसलाई उम्कायो भनेका छन् ।’
जाहेरी दिएका सबैजसोले ‘मलाई भुटानी बनाएर अमेरिका लैजाऊ’ भनी पैसा बुझाएकाले उनीहरुमाथि अनुसन्धान गर्नुपर्ने बताएका उनले बहसको अन्तिममा भने, ‘मेरो पक्षलाई ससम्मान रिहा होस् ।’
करिव २ बज्दा चिया समय सुरु हुन लागेपछि खाँणको पक्षमा अरु कानून व्यवसायीहरुले बहस गर्न पाउने स्थिति थिएन ।अन्तिममा कानून व्यवसायी खातीले एउटा सूची इजलास अधिकृतलाई दिए र भने, ‘उहाँहरुको यो मुद्दामा वकालतनामा छ, मेन्सन होस् ।’


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया