
१हिमपातले अलपत्र यात्रुको उद्धार
२नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
३आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
४पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
५कहिले सुधार होला मौसम ?
६प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
७सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
८पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
९गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१०लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
११पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१२‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
८मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
काठमाडौं ।
कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ मा उपचुनाव लडेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले मतगणनाका क्रममा प्रतिस्पर्धी ठूला पार्टी कांग्रेस र एमालेभन्दा फराकिलो अन्तरसहित अगाडि छन् । उनीसँग अनलाइनखबरले गरेको अन्तर्वार्ता :
उपचुनावमा मतदाताको प्रारम्भिक रुझानलाई कसरी लिनुभएको छ ?
एकदमै सकारात्मक छ । अहिलेसम्म गनिएका वडाहरुमा हामीले सोचेभन्दा धेरै राम्रो नतिजा आयो । अब गनिने वडामा त झनै राम्रो हुन्छ । यो ट्रेन्डले निरन्तरता पाउँछ । हामी राम्रो अन्तरले जित्छौं ।
सत्ता गठबन्धनले बढ्ता भोट आउला भनेर अपेक्षा गरेको वडामा पनि तपाईंको अग्रता देखियो नि ?
यो उपचुनावमा खसेको भोटले के देखाउँछ भने ठूला पार्टीहरु जनताबाट धेरै टाढिएका रहेछन् । नेताहरु पनि जनताबाट टाढिनुभएको रहेछ । अहिले हाम्रो पक्षमा यो अन्तरसहित खसिरहेको मत त्यसैको संकेत हो । जगजाहेरै छ, आचारसंहिता उल्लंघन गर्दै चार चार जना पूर्वप्रधानमन्त्री आएर प्रचार गर्नुभयो । वर्तमान प्रधानमन्त्री आएर अर्का उम्मेदवारलाई चुनाव जिताएर पठाए आफ्नो क्याबिनेटमा मन्त्री बनाइदिने प्रलोभन देखाउँदै भोट माग्नुभयो ।
त्यसबाहेक पनि नेपाली कांग्रेसको एकदमै ठूलो तप्का यहाँ सक्रिय भएर लाग्यो । मौन अवधिमा पैसा बाँड्ने लगायत व्यापक दुरुपयोग र अपचलन भए । तर जतिसुकै शक्तिशालीहरु आएर जेसुकै गरे पनि जनताको चेतना स्तर धेरै माथि गइसकेको रहेछ । मैले अस्ति तपाईंसँग अन्तर्वार्तामा भनेको पनि थिएँ, यो चुनावमा परम्परागत मतको जमिन्दारी भत्कनेछ भनेर । अहिले त्यसैको पुष्टि भएको हो । त्यसै अर्थमा बुझ्नुपर्छ ।
मतगणनाको यो रुझान कायम रहेमा तपाईं निर्वाचित हुने देखिन्छ । सांसदका रुपमा तपाईंका के छन् योजना र प्राथमिकता ?
अहिले सुरुमा सांसदकै भूमिका प्रभावकारी रुपमा खेल्ने हो । हाम्रो पार्टी यतिबेला सरकारमा छैन । यस्तो बेलामा संसदमा गएर राम्रो विधायक बन्ने लक्ष्य नै हो । मेरो रुचि अर्थतन्त्र, अन्तर्राष्ट्रिय विकास, कुटनीति, जलवायु परिवर्तन जस्ता कुरामा भएकाले यसमा विशेष चासो देखाउने छु ।
त्यसबाहेक संसदीय समितिहरुमा गरिने काम असाध्यै महत्वपूर्ण हुन्छन् । म तिनमा पनि जोड दिनेछु । मेरो पार्टीले चाह्यो भने मेरो रुचि र विज्ञता अनुकुलकै समितिमा पठाउला । जस्तो कि अर्थ समिति । त्यस सँगसँगै आफू निर्वाचित भएर आएको जिल्ला र क्षेत्रको सरोकारहरुमा पनि मेरो पहल हुन्छ । राष्ट्रका ज्वलन्त विषयहरुमा मेरो ध्यान हुने छ ।
तनहुँसँग सम्बन्धित के कुरामा तपाईंको बढ्ता प्राथमिकता हुन्छ ?
पाँचवटा विषय उठाउँछु । पहिलो, सडक । मेरो प्राथमिकता बाटोको दुरी र लागत घटाउनेमा हुन्छ । तनहुँलाई अन्य भूभागसँग जोड्नु छ । जनतालाई सेवा सुविधाहरुको सन्निकट हुने गरी बाटाहरु बन्नुपर्ने छ यहाँ । राष्ट्रिय सञ्जालकै मेरुदण्डमा जोडिने गरी स्थानीय प्रादेशिक राष्ट्रिय र रणनीतिक सबै किसिमका बाटाघाटा बनाउन पहल गर्नेछु ।
यसबाहेकका प्राथमिकता पनि छन् । दोस्रो, खानेपानी, सिँचाइ र तटबन्ध । तेस्रो शिक्षा, स्वास्थ्य पोषणजस्ता विषय । चौथो, युवाको रोजगारी र उद्यम व्यवसाय । पाँचौं, उल्लेख्य तप्का विकासको मूलप्रवाहबाट पर छुटेको हुनाले आफ्नो थातथलोबाट बसाइसराई गरेर कतै राजधानी या सहज ठाउँमा झरेका छन् ।
असमानता भोगेर पनि पहाडमा बसिरहेका ती समुदाय आजसम्म पछि परेका छन् । ती समुदायलाई अगाडि ल्याउन मेरो पहल हुन्छ । हामी सबैले समन्यायिक समाज बनाउन योगदान गर्ने हो । पृथ्वी राजमार्गभन्दा दक्षिणी तनहुँ भेगमा पनि यस्ता धेरै समुदाय छन्, जो पछाडि परेका छन् । ती सीमान्तकृत समुदायलाई समेत दिगो विकास लक्ष्यमा जोड्ने गरी माथि ल्याउन भूमिका खेल्ने हो ।
उपचुनावपछि सरकार गठन, पुनर्गठनका कुराहरु पनि होलान् । तपाईंहरुको योजना के हुन्छ ?
अहिले छलफल भइसकेको छैन । चुनावको अन्तिम नतिजापछि पार्टीमा छलफल होला ।
सरकारबारे तपाईंलाई व्यक्तिगत रुपमा के लाग्छ ?
अहिले हामी यो (प्रचण्ड) सरकारमा जाने वातावरण छ जस्तो लाग्दैन ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले तपाईं र रास्वपासँग बढ्तै सहज महसुस गरेजस्तो देखिन्छ । उहाँले नयाँ सरकारका लागि पहल लिएमा रास्वपाले साथ दिन्छ ?
(केहीबेर रोकिँदै) अहिले त्यसका बारेमा कुनै छलफल भइरहेको छ जस्तो मलाई सूचना छैन ।
अर्थतन्त्र समस्या छ भन्ने रिपोर्टहरु आइरहेका छन् । सरकारलाई दैनन्दिन काम गर्न कठिन पर्न थालेको छ । तपाईं सांसद भएर आउँदै हुनुुहुन्छ । यस्तो बेलामा सरकारले के गर्नुपर्छ ?
तत्कालिन, मध्यकालीन र दीर्घकालीनमा टुक्र्याएर प्राथमिकता छुट्याउनुपर्छ । त्यसै अनुसार रातदिन काम गर्न थाल्नुपर्यो । तपाईंले भन्नुभएजस्तै अहिले देशमा राजस्व नउठिरहेको समस्या छ । अर्कातिर भएको रकम पनि खर्च नगरिरहेको, अनि चालु खर्चमा चाहिँ एकदमै चाप परिरहेको छ । तुरुन्तै राजस्व कहाँँकहाँ चुहावट भइराखेको छ, कहाँ कहाँ वृद्धि गर्न सकिन्छ, त्यता काम गर्न थालिहाल्नुपर्यो ।
अर्को महत्वपूर्ण कुरा मितव्ययिताको एजेन्डा हो । यो तुरुन्तै लागु गर्नुपर्छ । सार्वजनिक खर्च पुनरावलोकन आयोगका पछिल्ला रिपोर्टका सुझावहरु डिल्लीराज खनालले दिनुभएको छ, त्यसका निष्कर्ष लागु गर्नुपर्छ । त्यो अहिलेसम्म भएको छैन ।
त्यस रिपोर्टमा २१६ वटा विभागमध्ये ८३ वटा मात्रै राखे पनि देशलाई पुग्ने भन्ने खालका एकदमै कामलाग्दा सुझाव छन् । यस्तो कदम चाल्न अरुले सक्दैनन् । यसका लागि राजनीतिक निर्णय नै आवश्यक पर्छ । यस्तो कदम चाल्नका लागि नेतृत्वले बोल्ड डिजिसन गर्न सक्नुपर्छ ।
अर्थतन्त्रको संकटमा कुनै बाह्य चुनौती देख्नुहुन्छ ?
बाह्य क्षेत्रमा त्यस्तो ठूलो चाप छैन । कसैले नेपाललाई श्रीलंका र पाकिस्तानसँग तुलना गरेर कुरा गरेको सुुन्छु । तर त्यसरी चिन्ता लिनुपर्ने गरी हामीकहाँ बाह्य चुनौती छैन नै भने हुन्छ । बरु मैले अघि भन्दै थिएँ, प्रारम्भिक कामहरु सकिसकेपछि मध्यकालमा चाहिँ आर्थिक वृद्धि, आर्थिक सुधारका कार्यक्रम चाहिन्छ । अर्थतन्त्र मजबुत गराउन त्यो अनिवार्य रुपमा चाहिन्छ ।
तर यी सब कामहरु गर्नुपहिले त मनोवैज्ञानिक सुधार नै चाहियो । युवाहरुलाई यहाँ देशमा केही राम्रो भइरहेको छ भनेर आशा जगाउने कुराहरु दिन सक्नुपर्छ । यहाँ अर्थतन्त्र, उद्योगधन्दा खोल्नका लागि केही प्राविधिक तयारीहरु पनि गर्नुपर्छ । अहिले नागरिकहरुमा आशाको सञ्चार गर्नका लागि यस्ता कुरामा ध्यान पुगेजस्तो मलाई लाग्दैन ।
किन ध्यान पुगेन ?
किनभने त्यसका लागि विश्वसनीय अनुहारहरु, विश्वसनीय विचारहरु अघि सरेर काम गर्नुपर्ने हो । आशा गरिएका पात्रहरुले अगाडि सरेर बोल्दा जनतामा प्रभाव पर्छ । अहिले त्यस्तो भएको छ र ?
बजेट आउँदैछ । तपाईं के सुझाव दिनुहुन्छ सरकारलाई ?
आशा जगाउने खालको बजेट आउनुपर्छ । देशको अर्थतन्त्रमा यतिबेला जताततै लथालिंग भएको अवस्था छ । त्यसैले धराशयी भएका क्षेत्र, उपक्षेत्रहरुलाई उकास्ने गरी बजेट बनाउनुपर्छ । लगानीको माहोल बन्नेगरी सुधारको अनुभूति हुनुपर्यो ।
‘ओम्निबस प्याकेज’ सहितको सुझबुझपूर्ण (सबैतिर एकैपल्ट सुधारको अनुभूति गराउने) बजेट ल्याउनुपर्छ । समष्टिगत अर्थतन्त्रलाई टुक्र्याएर उत्पादनमा तुरुन्तै नतिजा देखाउन सक्ने क्षेत्रहरु किटान गरेर लो ह्यांगिङ फ्रुटहरु, जसलाई उभिएरै भुइँबाट टिप्न सकिने, त्यस्ता खालका क्षेत्र किटान गरेर बजेट ल्याउनुपर्छ । मध्यकालीन र दीर्घकालीन प्राथमिकता त्यसपछि दिलाउन सकिन्छ । आशा जगाउने क्षेत्रहरु नै अहिले प्राथमिकतामा हुनुपर्छ ।
अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थिरता चाहिन्छ भन्छन् । अहिले संसदमा धेरैवटा दललाई तेस्रो दलले बहुमत पुर्याएर सरकार चलाइरहेको छ । यस्तो बेला तपाईंहरु माओवादी केन्द्र नेतृत्वको सरकारलाई नै साथ दिनुहुन्छ कि अर्को विकल्पमा लाग्नुहुन्छ ?
हुन त म पार्टीमा नयाँ छु । विश्वासको मत त्यसबेला किन दिइयो भन्दाखेरि केन्द्रीय समितिले हामी अस्थिरताको कारक बन्न चाहँदैनौं भन्ने बुझाइका आधारमा नै सरकारलाई समर्थन दिएको थियो । त्यो बुझाइ यथावत पनि छ ।
तर स्थिरता साधन हो । साध्य चाहिँ नेपाल राष्ट्रको प्रगति हो । स्थिरता हुँदा पनि विकास नभएका दृष्टान्त छन् । स्थिरताका नाममा अक्षम सरकारलाई बोकिराख्ने छुट हुँदैन । त्यसका लागि उसका कामहरुको ट्र्याक रेकर्ड पनि हेर्नुपर्ने हुन्छ । यही अवस्थामा तुरुन्तै सरकारमा जाने हाम्रो कुरा छैन । आधिकारिक निर्णय केन्द्रीय समितिले गर्छ ।
मतको रुझान हेर्दा तपाईंहरुमाथि ठूलो जनअपेक्षा देखिन्छ । विगतमा विभिन्न पार्टीलाई यस्तै जनअपेक्षा थियो, जो पछि तुषारपात भयो । तपाईहरु पनि त्यस्तो नागरिक आशालाई तुषारपात नगर्नुहोला भन्ने के ग्यारेन्टी छ ?
एउटा व्यक्तिले आएर लोकतन्त्रमा चमत्कार गर्न सक्दैन । हामी त्यस्तो विश्वास पनि गर्दैनौं । हामी प्रणालीलाई बलियो बनाएर यसैमा प्रभावकारी काम गर्न चाहन्छौं । तर धेरै लथालिंग भएका बेला व्यक्ति वा समूह विशेषमा आकर्षण रहने गर्छ । यस्तो प्रचलन विश्वव्यापी नै हो । यस्तो आशालाई न्याय गर्न मेरो इमानदार प्रयास हुनेछ ।
तपाईंका प्रतिस्पर्धीहरुलाई केही भन्न चाहनुहुन्छ ?
मैले आफ्नो तर्फबाट एकदमै मित्रवत् प्रतिस्पर्धा गरें । कहिले पनि नामसमेत नकिटी, आलोचना नै नगरी सुसंस्कृत व्यवहार गरें । राजनीति त्यस्तै हुनुपर्छ भन्ने म ठान्छु । उहाँहरु खुइल्याउने र गालीगलौजमा उत्रिनुभयो । उहाँहरुले एकदमै नेगेटिभ क्याम्पेन गर्नुभयो ।
उहाँहरुले हुँदै नभएका काल्पनिक आरोपहरु लगाउनुभयो । तर जनताले त्यस्तो कुरा मन पराएनन् । गतिलो झापट पनि दिए । राजनीतिमा सुधार चाहिएको छ भन्ने यो एउटा दृष्टान्त पनि हो ।


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया