
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको १९ सदस्यीय मन्त्रिपरिषद्का धेरै मन्त्री प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा पछाडि परेका छन् । डडेल्धुराबाट उम्मेदवार रहेका प्रधानमन्त्री देउवा सुरक्षित छन् भने मन्त्रीहरुमध्ये पम्फा भुसाल र उमेश श्रेष्ठ प्रतिस्पर्धी भन्दा धेरै पछि परेका छन् ।
प्रधानमन्त्री सुरक्षित रुपमा अगाडि
डडेल्धुराबाट प्रतिस्पर्धा गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा सुरक्षित अवस्थामा छन् । उनले निकटतम प्रतिस्पर्धी सागर ढकालको तुलनामा करिब दोब्बर मत ल्याएका छन् । पछिल्लो मत परिणाम अनुसार देउवाले ६ हजार ८८० मत ल्याउँदा ढकालले ३ हजार ६६६ मत मात्रै ल्याएका छन् ।
गृहमन्त्री बालकृष्ण खाँड झिनो मतले पछाडि
गृहमन्त्री बालकृष्ण खाँड रुपन्देही-३ मा झिनो मतान्तरले राप्रपा उम्मेदवार दीपक बोहराभन्दा पछाडि परेका छन् । बोहराले ४ हजार १७० मत ल्याउँदा उनले ३ हजार ९१९ मत पाएका छन् । उनीहरुबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ ।
ऊर्जामन्त्री पम्फा भुसाल तेस्रो स्थानमा
ललितपुर-३ बाट माओवादी केन्द्रकी उम्मेदवार मन्त्री भुसाल तेस्रो स्थानमा छिन् । उनले २ हजार ५४१ मत ल्याउँदा पहिलो स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले ५ हजार ८२७ मत ल्याएकी छन् । नेकपा एमालेका अमृत खड्का ४ हजार ४३३ मतसहित दोस्रो स्थानमा छन् ।
खानेपानीमन्त्री उमाकान्त चौधरी कठिन अवस्थामा
बारा-१ बाट कांग्रेस उम्मेदवार चौधरीलाई एमालेका अच्युतप्रसाद मैनालीले फराकिलो मतान्तरले उछिनेका छन् । मैनालीले ६ हजार ६६१ मत पाउँदा चौधरीले ४ हजार ९३९ मत मात्रै पाएका छन् ।
परराष्ट्रमन्त्री नारायण खड्का झिनो मतले अगाडि
उदयपुर-१ बाट कांग्रेस उम्मेदवार नारायण खड्का झिनो मतान्तरले अगाडि छन् । उनले २ हजार ५३४ मत ल्याउँदा एमालेकी मञ्जुकुमारी चौधरीले २ हजार २९० मत पाएकी छन् ।
उद्योगमन्त्री दिलेन्द्र बडु तीन सय मतले अगाडि
दार्चुलाबाट उम्मेदवार बनेका बडुसँग एमालेका गणेशसिंह ठगुन्नाले प्रतिस्पर्धा गरिरहेका छन् । बडुले २ हजार ६८४ मत ल्याउँदा ठगुन्नाले २ हजार ३३८ मत पाएका छन् ।
शिक्षामन्त्री देवेन्द्र पौडेल एक हजार मतले अगाडि
बागलुङ-२ बाट प्रतिस्पर्धा गरिरहेका मन्त्री पौडेल एमालेकी मञ्जु शर्माभन्दा करिब एक हजार मतले अगाडि छन् । पौडेलले अहिलेसम्म ४ हजार ८३९ मत पाएकोमा शर्माले ३ हजार ९१८ मत पाएकी छन् ।
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज दोस्रो स्थानमा
बाँके-१ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता महेश्वर गहतराज दोस्रो स्थानमा छन् । एमालेका सूर्यप्रसाद ढकालले ४ हजार ११६ मतसहित अग्रता लिइरहेका छन् । गहतराजको ३ हजार १५४ मत छ ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठ तेस्रो स्थान जोगाउन प्रयासरत
काठमाडौं-८ बाट एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठले नेकपा एमालेका शिवसुन्दर राजवैद्यसँग प्रतिस्पर्धा गरेर तेस्रो स्थानका लागि छन् । दोस्रो स्थानमा रहेका सुमन सायमीले उनले भन्दा २ हजार २०० मतले नेतृत्व गरेर ४ हजार ६१३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ ६ हजार १०९ मतका साथ पहिलो स्थानमा छन् । श्रेष्ठको २ हजार ४०१ मत मात्रै छ ।
सहरी विकासमन्त्री मेटमणि चौधरी अगाडि
एकीकृत समाजवादीका मेटमणि चौधरीले दाङ-१ मा एमालेकी शान्ता चौधरीसँग प्रतिस्पर्धा गरिरहेका छन् । मेटमणिले २ हजार ३६ मत पाउँदा शान्ताले १ हजार ३०१ मत ल्याएकी छन् ।
श्रममन्त्री शेरबहादुर कुँवर झिनो मतले अगाडि
एकीकृत समाजवादीका शेरबहादुर कुँवरले अछाम-१ मा एमालेका झपटबहादुर बोहरासँग प्रतिस्पर्धामा पहिलो स्थानमा छन् । कुँवरले १ हजार ९३१ मत ल्याउँदा बोहराले १ हजार ४५० मत ल्याएका छन् ।
राज्यमन्त्री उमेश श्रेष्ठ दोस्रो स्थानमा
चितवन-२ बाट प्रतिस्पर्धा गरिरहेका उमेश श्रेष्ठ अहिले दोस्रो स्थानमा छन् र रवि लामिछानेलाई २०० मतले उछिनेका छन् । अहिलेसम्म पहिलो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ६२३ मत ल्याएका छन् । श्रेष्ठले ३ हजार २१६ मत ल्याएका छन् भने लामिछानेको २ हजार ९७८ मत छ ।
अहिलेको मन्त्रिपरिषद्मा रहे पनि महिला तथा बालबालिकामन्त्री उमा रेग्मी, भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठ, स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ, शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादव र स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी प्रतिस्पर्धामा छैनन् । अर्थमन्त्री जनार्दन शर्माको मतगणना मंगलबार मात्र सुरु भएको छ । यहाँको मत परिणाम सार्वजनिक भएको छैन ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया