
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । लामो समयको प्रेम-घृणाको सम्बन्धलाई पटाक्षेप गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई पुनः सँगसँगै उभिएका छन् । यस्तो लाग्छ, यी दुई नेताले पुनः एकपटक ‘चुनवाङ बैठक’ बसेका छन् र एकले अर्कोमा ‘विलय’ गरेका छन् ।
स्मरणीय छ, भारतपरस्त र राजापरस्तको आरोप लगाउँदै जुहारी खेलिरहेका प्रचण्ड-बाबुराम चुनवाङ बैठकमा एकताबद्ध भएका थिए । सोही बैठकबाट तत्कालीन माओवादीले अन्तरिम सरकार, गोलमेच सम्मेलन र संविधान सभा निर्वाचनको नीति अगाडि सारेको थियो ।
यही समझदारी र एकताको बलमा पहिलो संविधानसभाबाट माओवादी मुलुककै सबैभन्दा ठूलो शक्ति बने पनि माओवादीको पालुङटार प्लेनमले चुनवाङ बैठकका निर्णयलाई चुनौती दिँदै विद्रोहको लाइन लिएको थियो । पार्टीभित्र लाइन फरक परेपछि त्यतिबेलैबाट बिजारोपण भएको प्रचण्ड-बाबुराम झगडा अन्ततः राजनीतिक डिभोर्समा गएर टुंगिएको थियो ।
देउवाको आग्रह उद्धृत गर्दै बाबुरामले निकटस्थसँग भन्ने गरेका छन्, ‘प्रधानमन्त्री देउवाजीले नै तपाईं संसदमा चाहिन्छ, तपाईंलाई के कुनै दलको कोटा चाहियो र हाम्रै भागबाट भने पनि उठ्नुस् ।’ गत निर्वाचनमा भन्दा यसपटक उनलाई गोरखाबाट जित निकाल्न पनि निकै सहज थियो । यसरी तमाम अनुकूलताका बीचमा पनि उनले प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडे ।
आरोप-प्रत्यारोप र खिसीटिउरीका श्रृङ्खला पार गरेर आएका नेताहरूले सार्वजनिक मञ्चबाट एकले अर्को अतिशयोक्तिपूर्ण प्रशंसा मात्रै गरिरहेका छैनन्, पत्यारै नलाग्ने ‘त्याग’ पनि गरिरहेका छन् ।
बाबुरामले प्रचण्डलाई गोरखा-२ छाडिदिएका छन् जहाँबाट उनी पटकपटक अत्यधिक मतसहित विजयी हुँदै आएका थिए । गत हप्ता गोरखाको निर्वाचन कार्यालयमा प्रचण्डको उम्मेदवारी मनोनयन गरिरहँदा प्रस्तावक बसेका बाबुरामले हस्ताक्षर गर्दै थिए । सँगसँगै रहेका प्रचण्ड आफ्नै शैलीमा खित्खिताउँदै भन्दै थिए, ‘यस्तो दिन पनि आउँदो रहेछ ।’
आफ्नो उम्मेदवारी मनोनयन दर्ता भइसकेपछि गोरखामा सँगै रहेका बाबुरामसँग प्रचण्डले सोधे, ‘साँच्ची मानुषीको मनोनयन के भयो ?’ प्रचण्डले मानुषीको उम्मेदवारीबारे गरेको चिन्ता अनौठो थियो ।
यहीबीचमा ‘पहिलो संविधानसभामा मैले ल्याएको सर्वाधिक मतको रेकर्डलाई यसपटक प्रचण्डले तोड्ने’ भन्दै बाबुराम प्रतिक्रिया दिइरहेका भेटिए । उम्मेदवारी दर्ता भएपछि उनले सामाजिक सञ्जालबाटै प्रचण्डलाई गोरखामा अन्तरहृदयदेखि स्वागत पनि गरे ।
कृतघ्न सम्बन्धको गोलचक्कर काटेर आएका नेताद्वयको सम्बन्ध सुदामा-कृष्णझै कृतज्ञ जस्तो देखिने गरी यसबीचमा के भए ? यसलाई उधिन्न अलिकति इतिहास कोट्याउनुपर्छ ।
सम्बन्धविच्छेदको त्यो क्षण
डा. बाबुराम भट्टराईले तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गर्नुअघि उक्त पार्टीभित्र नेतृत्व परिवर्तनको छलफल चलिरहेको थियो । तत्काल नेतृत्व परिवर्तन गर्ने कि नगर्ने भन्नेमा प्रचण्ड दुविधामा थिए । यद्यपि, नेतृत्व छाड्न पर्दा डा. भट्टराईलाई अध्यक्ष र वर्षमान पुनलाई महासचिव बनाउने उनको तयारी थियो ।
यही दुविधा र लामो समयको सार्वजनिक आरोप-प्रत्यारोपबीच अन्ततः प्रचण्डले नेतृत्व हस्तान्तरण नगर्ने निधो गरे । उनले भट्टराईलाई निजी निवास लाजिम्पाट बोलाएर भने, ‘सके सँगै जाऔं, फुट्ने भए सल्लाह गरेर फुटौं ।’ तर अहिले नै नेतृत्व हस्तान्तरण नगरौं ।’ यसो भनिरहँदा प्रचण्डलाई भट्टराईले यतिछिटो पार्टी नै छाडेर हिँडिहाल्लान् भन्ने लागेको थिएन ।
अध्यक्ष बन्ने महत्वाकांक्षा राखेका भट्टराईलाई प्रचण्डको वचन बिझ्यो । यसबीचमा उनले माओवादीभित्रै बसेर यसलाई रुपान्तरण गर्न सक्छु भन्ने आत्मविश्वास पनि गुमाउँदै गएका थिए । अन्ततः ‘अब प्रचण्डसँग लत्रिएर बस्दिनँ’ भन्दै डा. भट्टराईले ९ असोज २०७२ मा आफैंले चार दशक बढी जीवनको ऊर्जा खर्चिएर बनाएको पार्टी परित्याग गरे ।
बाबुरामसँगै जान सक्ने जोखिम बढेपछि बर्षमान पुनलाई रोक्न प्रचण्डले उनकी पत्नी ओनसरी घर्तीलाई सभामुखको उम्मेदवार बनाइदिए । २९ असोज २०७२ मा घर्ती ३८ वर्षको उमेरमै सभामुख निर्वाचित पनि भइन् ।
बाबुरामले सल्लाह नै नगरी यति ठूलो निर्णय लिएपछि उनको समूहका नेता टोपबहादुर रायमाझी, राम कार्की, प्रभु साह, हेमराज भण्डारी लगायतले साथ दिएनन् । सँगसँगै बर्षमान लगायतलाई रोकेर प्रचण्डले तत्कालको ‘ड्यामेज कन्ट्रोल’ गरे । यद्यपि प्रचण्डको प्रयासका बावजुद पनि देवेन्द्र पौडेल लगायतका केही नेता भट्टराईसँगै नयाँ शक्तिमा गए, भलै उनीहरू भट्टराईलाई छाडेर विस्तारै पुरानै घर फर्किए ।
नयाँ शक्तिले गति नलिएपछि विस्तारै केही पूर्वमाओवादी नेताहरूले प्रचण्ड भेट्न थाले । त्यतिबेला उनी भन्ने गर्थे, ‘मलाई बाबुराम, विप्लव र किरण चाहियो । ‘बाबुरामजीलाई अलि लाज लाग्छ, कत्ति लाज नमाने हुन्छ । म पनि पूर्वाग्रह राख्दिनँ ।’
प्रचण्ड आफूलाई बम हान्ने बादललाई गृहमन्त्री बनाएकोदेखि पार्टी छाडेर गएका मात्रिका यादवलाई मन्त्री बनाएको उदाहरण देखाउँदै घर फर्किएका नेताहरूसँग पूर्वाग्रह नराख्ने विश्वास दिलाउने गर्थे । र, बाबुरामबारे उनी भनिरहन्थे, ‘गइहाल्लान् भन्ने लागेको थिएन, बेकार किन भनेछु ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया