
१पोखरा १६ का महिलालाई अचार र सेलरोटी बनाउने तालिम
२पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
३निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन
४सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान
५दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
६नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
७आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
८विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
९ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी र अमिन अध्ययनको उत्कृष्ट गन्तव्य – कपिलवस्तु टेक्निकल इन्स्टिच्युट
१०उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
११एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
१२प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
६प्रदेशले किन्यो आमा…!
७सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
८हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
९प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१०समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्दै तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएपछि नेकपा एमाले सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ राष्ट्रिय राजनीतिमा आए । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओलीको कट्टर समर्थकका रुपमा चिनिए । १० वैशाख २०७७ मा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डमा मुछिएपछि आलोचित भए । प्रधानमन्त्री ओलीकै निर्देशनमा श्रेष्ठसँगै सांसद महेश बस्नेत र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यादवको अपहरण गरेको आरोप लागेको थियो । तथापि दुई पटक संसद विघटन गर्दा श्रेष्ठ ओलीकै समर्थनमा उभिए । संसद विघटन बदर गर्दै २८ असारमा आएको सर्वोच्च अदालतको फैसलाअनुसार असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए । पार्टी ह्वीपका बाबजुद श्रेष्ठले कित्ता परिवर्तन गर्दै आइतबार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए ।
महेश बस्नेतहरुसँगै ओली निकट भएर बसेका श्रेष्ठले पार्टीमा अरु व्यक्ति पनि बस्ने अवस्था नरहेको बताए । उनले भने- महेशजीलाई पनि त्यहाँ बस्ने वातावरण छैन, यतै आउनुहुन्छ, यही बाटोमा नआई सुख छैन ओलीका कट्टर समर्थक मानिएका श्रेष्ठले देउवालाई विश्वासको मत दिएपछि फेरि एकाएक उनको चर्चा चुलिएको छ । ओली समूहले श्रेष्ठलाई अवसरवादीको संज्ञा दिइरहेका छन् भने अन्यले प्रशंसा गरिरहेका छन् । ओलीका कट्टर समर्थक श्रेष्ठले एकाएक किन यस्तो निर्णय गरे त ? भन्छन्, ‘सर्वोच्चको फैसलापछि मेरो बुद्धि फिर्यो । अदालत र तनहुँ क्षेत्र नम्बर १ का जनताको सम्मानमा देउवालाई विश्वासको मत दिएँ ।’
दुई पटकसम्म संसद विघटन गर्दा ओलीकै समर्थनमा उभिएको तर सर्वोच्चको फैसलापछि आफूले विवेक प्रयोग गरेको उनले बताए । ‘दुई पटकसम्म संसद विघटन गर्दा अरु विकल्प नभेटेर त्यसो गर्नुभएको हो भनेर प्रधानमन्त्रीकै पक्षमा उभिएँ । फैसलापछि फरक परिस्थिति बन्यो । संसद पाँच वर्ष नै चल्नुपर्छ भन्ने मेरो ब्रह्मले देख्यो, बुद्धि फिर्यो’ श्रेष्ठले भने, ‘तनहुँका जनताले पाँच वर्षका लागि भनेर माननीय चुनेर पठाएका हुन् । मेरा मतदाता र जिल्लावासीको सम्मानमा यो निर्णय गरेको हुँ ।’
महेश बस्नेतहरुलाई पनि बस्ने वातावरण छैन
सर्वोच्चको फैसलापछि संसदीय दलको बैठकमा अनुपस्थित भएर सांकेतिक रुपमा विरोध गरेको उनले बताए । तर नेतृत्वले त्यसलाई नजरअन्दाज गरेको भन्दै उनले अनलाइनखबरसँग भने, ‘मेरो असन्तुष्टि के रहेछ, हाम्रो धारणा के रहेछ भनेर बुझ्ने र सोधनी-पुछनी गरिएन । अनि सर्वोच्चको फैसला कदर गरेको हुँ, कुनै लोभलालच होइन ।’
महेश बस्नेतहरुसँगै ओली निकट भएर बसेका श्रेष्ठले पार्टीमा अरु व्यक्ति पनि बस्ने अवस्था नरहेको बताए । ‘महेशजीलाई पनि त्यहाँ बस्ने वातावरण छैन, यतै आउनुहुन्छ’ श्रेष्ठले भने, ‘यही बाटोमा नआई सुख छैन, उहाँहरुलाई पनि कहाँ बस्न दिने वातावरण छ र त्यहाँ ?’
श्रेष्ठले अघि भने, ‘महेश बस्नेत र किसान श्रेष्ठले पार्टीमा के गर्यो, के गरेन भन्ने त सबैलाई थाहा छ नि । संसद बचाइयो, अब पार्टी मिलाउने हो । नत्र अर्को निकास निस्किन्छ ।’
कोरोना महामारीको अवस्थामा चुनावको सम्भावना नरहेको र जनता बचाउनुपर्छ भनेर पनि देउवालाई विश्वासको मत दिएको उनले बताए । देउवालाई विश्वासको मत दिएपछि स्वाभाविक हिसाबले अर्को समूह बनेको र त्यसमै रहेको उनको भनाइ थियो ।
पार्टीले कारबाही गरे समूहमा छलफल गरेर अगाडि बढ्ने बताए । ‘माधव नेपाल हुनुहुन्छ । मभन्दा धेरै बाैद्धिक नेताहरुले देउवालाई विश्वासको मत दिनुभएको छ’ श्रेष्ठले भने, ‘स्वाभाविक हिसाबले म पनि त्यही समूहको बनें, उहाँहरुले जे भन्नुहुन्छ, मेरो पनि त्यै हुन्छ ।’
एमाले सांसद श्रेष्ठले अघि भने, ‘अहिले पनि म एमाले नै हो र भोलि पनि एमालेमै रहन्छु । म धेरै कानून बुझेको मान्छे त होइन । तर कानूनी रुपमा के के हुन्छ, त्यो व्यहोर्नै पर्यो ।’
ओलीले त बनाएनन्, देउवासँग आश छैन
कतिपयले श्रेष्ठलाई ओलीले मन्त्री हुन नपाएको झोंकमा त कतिपयले मन्त्री हुने लोभमा भोट दिएको आरोप लगाएका छन् । तर श्रेष्ठले भने विश्वासको मत दिएँ, मन्त्री बनाऊ भन्दै ढोका ढोका नचहार्ने बताएका छन् । ‘केपी ओलीलाई साथ दिंदा विभिन्न आरोप लाग्यो । ती आरोपका बाबजुद पनि म अडिक भएर बसिरहें’ उनले भने, ‘त्यत्रो दुःख गर्दा केपी ओलीले त मन्त्री नबनाएको अब देउवाले बनाउँछन् भन्ने आशा छैन ।’
देउवाले प्रस्ताव गरिहाले पनि समूहमा छलफल गर्ने र त्यसअनुसार मात्र अघि बढ्ने उनले बताए । ‘यदि देउवाबाटै प्रस्ताव आयो भने म एक्लैले निर्णय गर्दिनँ, समूहमा छलफल गर्छु’ श्रेष्ठले भने, ‘मन्त्री बस्नेभन्दा ठूलो घर अहिल्यै छ, मन्त्री चढ्नेभन्दा ठूलो गाडी अहिले छ । लोभ र लालचले देउवालाई विश्वासको मत दिएको होइन ।’
फेरि चुनाव जितेर आउँछु, कुनै टेन्सनै छैन
कांग्रेस वरिष्ठ नेता पौडेललाई चुनाव हराएर देउवालाई संसदमा जिताउँदा तनहुँका जनताको झन् बढी माया पाएको श्रेष्ठले बताए । ‘तनहुँका जनताले जुन विश्वास गर्नुभएको छ, आज पनि एक रौं फरक छैन’ उनले भने, ‘फेरि चुनाव जितेर आउँछु, कुनै टेन्सनै छैन ।’
अब पार्टीले कस्तो निर्णय गर्छ भनेर पर्खने श्रेष्ठले बताए । तनहुँका जनताले जिताएर पठाएको एउटा पात्र भएकाले जनताको भावनाअनुसार आफू चल्ने श्रेष्ठको भनाइ थियो । ‘हेर्दै जाउँ पार्टीले कस्तो निर्णय गर्छ । सर्वोच्चको फैसलाअनुसार तिमीले विवेक प्रयोग गरेका हौ, आऊ सँगै काम गरौं भने ठीकै छ नत्र अरु बाटो छँदैछ ।’


१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा

प्रतिक्रिया