
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
काभ्रेपलाञ्चोक । अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण काभ्रेका चार पालिका सडक र विद्युत्बाट वञ्चित भएका छन् । विद्युत् नहुँदा कतिपय ठाउँमा सञ्चार सम्पर्क समेत टुटेको छ । सडक अवरुद्ध हुँदा दशैं मनाउन गएकाहरू गाउँमै अड्किएका छन् ।
काभ्रेका खानीखोला, महाभारत, रोशी र बेथानचोक जाने सडकहरू पहिरोले अवरुद्ध भएका छन् । चार पालिकामध्ये तीन स्थानीय तहका केन्द्र जाने सडक निर्माणमा जनप्रतिनिधिसहितको टोली आवश्यक उपकरणसहित खटिएका छन् ।
भौगोलिक रूपमा विकट रहेका डाडाँपारिका दुई गाउँपालिका जाने सडक बन्द भएको छ । विशेषगरी डाँडापारिको खानीखोला र महाभारत जाने सडक खुल्न समय लाग्ने स्थानीय तहका प्रमुखले जनाएका छन् ।
खानीखोला गाउँपालिका जाने सबै सडक अवरुद्ध भएको पालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए । खानीखोला जाने खोपासी–कामीडाँडा–तालढुङ्गा सडकमा धेरै स्थानमा पहिरो गएको र खोल्न केही दिन लाग्ने उनको भनाइ छ ।
सोमबारबाटै सडक खुलाउन मेसिन प्रयोग भइसकेको छ भने च्याल्टी–फलामेटार–तालढुङ्गा सडक पूर्ण रूपमा अवरुद्ध भएको, महादेवटार–देउराली–तालढुङ्गा र तालढुङ्गा–जगथली सडक खुलाउन समय लाग्ने पालिकाले जनाएको छ ।
त्यस्तै हेल्टार–तालढुङ्गा सडक २–३ दिनमा सञ्चालनमा ल्याउने तयारी भएको तथा सुकुमफेदी–धाप्ले–मिल्चे सडकमा मेसिनको व्यवस्था भइरहेको थिङको भनाइ छ ।
गाउँपालिकाले सबै सडकहरू चाँडो खुलाउने प्रयासमा रहेकाले जनतालाई संयम अपनाउन र आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।दशैं मनाएर फर्किन लागेका नागरिकलाई सम्झाउँदै सबैलाई सहयोग र धैर्य गर्न अनुरोध गर्दै थिङले भनेका छन्, ‘दशैंअघि सबैलाई घर पुर्याउने प्रयास गरेकै थियौं । अब शहर फर्कन हिँडेरै आउनुपर्ने बाध्यात्मक अवस्था छ । तर केही समय धैर्य गर्नुहोला ।’
गाउँपालिकाका अध्यक्ष थिङले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै कठिन परिस्थितिमा पनि सडक खुलाउने प्रयासलाई निरन्तरता दिइरहेको जनाएका छन्। उनका अनुसार सडक खुलाउन आवश्यक मेसिन (डोजर) भए पनि तेल (डिजेल)को अभावले समस्या भएको छ ।
डोजर त ठाउँठाउँमा छन् तर तेल पुर्याउने बाटोसमेत पहिरोले अवरुद्ध भएको छ । बनेपाबाटै डिजेल ल्याएर सडक नभएको स्थानमा बोकेर काम गर्दा ढिलाइ भइरहेको उनको भनाइ छ ।सडक सञ्जाल जोड्न समय लागे पनि विद्युत् भने सोमबारसम्म सबै स्थानमा बाल्ने व्यवस्थापनमा लागेको पालिकाले जनाएको छ ।
त्यस्तै, डाँडापारि क्षेत्रकै महाभारत गाउँपालिका पनि सडक, विद्यु र सञ्चारबाट विच्छेद छ । महाभारत बीपी राजमार्ग हुँदै जानुपर्ने भएकोले महाभारत जाने कुनै विकल्प नभएको पालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।
पालिका जाने मुख्य सडकसहित विभिन्न वडामा जाने सबै सडक ठाउँठाउँमा बाढी-पहिरोले अबरुद्ध भएकोले सुचारु हुन समय लाग्ने उनको भनाइ छ ।
मुख्यगरी बीपी राजमार्गको चौकीडाँडा–सिपाली, पिन्थली–रजवास, मंगलटार–डाडाँखर्क र पिप्ले–भीमखोरी हुँदै महाभारत जाने सडक सबै अवरुद्ध छन् । यी सबै स्थानमा जान चौकीडाँडाबाट बीपी राजमार्ग निर्माण नभई सम्भावना छैन ।
महाभारतमा विद्युत् र सञ्चार समेत अवरुद्ध छ । गाउँपालिका अध्यक्ष जिम्बाले भने, ‘टेलिकमका टावरहरू केन्द्रीय विद्युत्बाट सञ्चालनमा रहेकोले धेरै स्थानमा राम्रोसँग सम्पर्क हुन सकेको छैन । पहिला विद्युत् आपूर्तिको काम भएपछि सञ्चार खुल्छ ।’
महाभारत क्षेत्रमा सडक, विद्युत् र सञ्चार बाहेक केही निजी घरगोठ भत्किएको तथा अहिलेसम्म मानवीय क्षतिको जानकारी नभएको पालिकाले जनाएको छ ।
त्यसैगरी रोशी गाउँपालिकाको केन्द्र जाने सडक पनि अवरुद्ध भएको छ । रोशी खोलाले बीपी राजमार्गको चौकीडाँडा र कटुन्जेको घुमाउनेमा बनेको डाइभर्सन कटान गरे पनि पालिका जाने सडकसमेत अवरुद्ध भएको छ ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बीपी राजमार्गको चौकीडाँडा र घुमाउनेमा सडक बनेपछि मात्र पालिका केन्द्र सडक सञ्जालसँग जोडिने जानकारी दिए । बीपी राजमार्गमा भएको क्षति रोशी गाउँपालिका भित्र पर्ने भएकोले विभिन्न वडामा जाने सडक सञ्जल समेत अवरुद्ध भएको पालिका अध्यक्ष लामाले बताए ।
पालिकाको १, २, ३, ४, ५ र ६ नम्बर वडा जाने सडक अवरुद्ध भएको भए पनि १, २ र ३ जाने सडक नमोबुद्ध नगरसँग समन्वय गरेर दुवै तर्फबाट खुलाउने कार्य भइरहेको छ ।
रोशीमा सडक सञ्जाल पूर्ण तथा विद्युत् आंशिक रूपमा अवरुद्ध छ । बीपी राजमार्गको किनारै किनार लगिएको विद्युत्का पोल ढलेका कारण रोशी ६, ७, ८, ९, १०, ११ र १२ वडामा विद्युत् अवरुद्ध रहेको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै, पनौती–खोपासी हुँदै बेथानचोक जाने सडक सुचारु गर्न आइतबार बिहानैदेखि गाउँपालिका अध्यक्ष, वडाध्यक्ष सहितका जनप्रतिनिधि आवश्यक मेसिनसहित खटिएका थिए ।
अहिले सलान्दु खोला हुँदै जाने सडक मर्मत गरेर एकतर्फी सडक खुलाउने क्रम जारी रहेको बेथानचोक गाउँपालिकाका प्रवक्ता मधुसुदन तिमल्सिनाले जानकारी दिए ।
पालिकाको केन्द्र हुँदै विभिन्न वडा जाने सडकमा जेसीबी लगाएर सडक खुलाउने कार्य गरिरहको जानकारी दिँदै आजबाट विद्युत्का काम सुरु भइरहेको तिमल्सिनाले जानकारी दिए । गत वर्ष सबैभन्दा धेरै क्षति पुगेको बेथानचोकमा निर्माण भएका सडक यो पटकसमेत सबै बिगारिदिएको उनको भनाइ छ ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया