
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
धनगढी, । सरकारी तथा निजी अस्पतालमा अक्सिजनको चरम अभाव भएर कोरोना संक्रमित र अन्य बिरामी छटपटाइरहेका बेला धनगढीकै ठूला औषधि व्यापारीले सिलिन्डर लुकाएर कालोबजारी गरिरहेको पाइएको छ ।
सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा मेडिकल सामग्री आपूर्तिमा दशकदेखि एकलौटी जस्तै काम गर्दै आएको अमित मेडिसिनका सञ्चालक दुष्यन्त बस्नेतले सिलिन्डर गोदाममा लुकाएको चर्चा चलेपछि छापा मार्दा ६० वटा सिलिन्डर भेटिएको थियो ।
जिल्ला प्रशासन कार्यालय कैलाली, प्रहरी र वाणिज्य कार्यालयसहितका प्रतिनिधिले बस्नेतको गोदाममा बुधबार छापा मारेका थिए । बस्नेतले अन्य सिलिन्डर पनि लुकाएरै राखेको अनुमान गरिएको छ । ‘खरिद–बिक्रीका सबै कागजात तीन दिनभित्र पेस गर्न बस्नेतलाई भनेका छौं,’ वाणिज्य कार्यालयका प्रमुख कमल पुनले भने ।
बस्नेतले आफू सुदूरपश्चिममा मेडिकल क्षेत्रको ठूलो आपूर्तिकर्ता भएकाले अक्सिजन सिलिन्डर मौज्दात हुनु स्वाभाविक भएको बताए । ‘मकहाँ नभए कोसँग हुन्छ त ?’ उनले भने, ‘क्षेत्रीय मेडिकल स्टोर, सेती प्रादेशिक अस्पताल र पहाडी जिल्लाका सरकारी अस्पतालमा विगतदेखि नै मैले मागअनुसारको अक्सिजन उपलब्ध गराउँदै आएको छु ।’
डडेलधुरास्थित अमरगढी नगरपालिकाका प्रमुख विपिन ओझाले मंगलबार बस्नेतसँग अक्सिजन सिलिन्डर खरिद गर्न खोज्दा प्रतिसिलिन्डर ४० हजार पर्ने बताएको सुनाए । ‘डडेलधुराका पाँचवटा पालिकाले २०/२० वटा सिलिन्डर खरिद गर्ने सल्लाह गरेर बस्नेतसँग कुरा गरेका थियौं,’ ओझाले भने, ‘बस्नेतले हामीसँग ४० हजारका दरले चाहिएजति सिलिन्डर उपलब्ध गराउन सक्ने बताएका थिए ।’
व्यवसायीका अनुसार नयाँ किन्नुपरे प्रतिसिलिन्डर सरदर १५ हजार रुपैयाँ पर्छ । ग्यास मात्रै भरेको ८ सय रुपैयाँदेखि एक हजारसम्म पर्ने गरेको छ । बस्नेत भने अहिलेको अवस्थामा रेटको कुनै कुरै नहुने बताउँछन् । ‘अहिलेको अवस्थामा प्रतिसिलिन्डरको दर सोध्दै नसोध्नुस्, जतिमा पनि बिक्री गर्न सकिन्छ,’ उनले भने, ‘हिजै मात्र मैले जीआईजेडलाई ९० वटा सिलिन्डर बिक्री गरें ।’
बस्नेतले आफू व्यापारी भएकाले खरिद–बिक्री गर्ने अधिकार रहेको बताए । ‘यहाँबाट भारततर्फ पनि बिक्री भइरहेको छ,’ उनले भने, ‘मैले भारत पठाएको छैन । यसबीचमा ८५ वटा त सेती अस्पताललाई दिएको छु ।’ काठमाडौं, जनकपुरलगायत जहाँ पायो त्यहीँबाट मोलमोलाइ गरेर सिलिन्डर धनगढी ल्याउने गरेको बस्नेतको भनाइ छ ।
अमित मेडिसिन डिस्ट्रिब्युटर्सका बस्नेतविरुद्ध नक्कली करचुक्ता कागजात पेस गरेर ठेक्का पारेको अभियोगमा २०७६ मंसिरमा अदालतमा मुद्दा चलेको थियो । उनले २०७४ माघ १० गते आन्तरिक राजस्व कार्यालयबाट जारी भएको करचुक्ताको किर्ते प्रमाणपत्र पेस गरेर २०७६ मा गेटा आँखा अस्पतालमा ४ करोड रुपैयाँभन्दा बढीको औषधि आपूर्तिको ठेक्का लिएको आरोप थियो । अर्जुन शाहले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया