SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/९/१३ गते
    २७२६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।

    अजोड इन्स्योरेन्स लिमिटेडले पर्बत जिल्लाको पैयु गाउपालिकामा एक दिने घुम्ती बिमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गाउपालिकाको कार्यलयको सभाहलमा कार्यक्रम सम्पन्न गरेको हो ।

    कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको अध्यक्षता रहेको कार्यक्रम गाउपालिक उप प्रमुख जसमती गुरुङको प्रमुख आथित्यता तथा गाउपालिकको सबै वडा अध्यक्ष तथा कार्य बाहक अध्यक्ष , गाउपालिका का प्रमुख कार्यकारी अधिकृत, स्थानीय राजनीतिक दलको प्रतिनिधि , बजार ब्यबस्थापन प्रमुख, पशु सेवा साखा प्रमुख तथा प्राबिधिक , कृषि साखा प्रमुख , ईलाका बन कार्यालयका प्रतिनिधि र सामाजिक ब्याक्तित्वको आतिथ्यता कम्पनीको प्रादेशिक साखा प्रमुख गोपाल पौडेलको स्वागत मन्तब्य , कृषि तथा पशु बिभागका प्रमुख दिपक पोख्रेलको प्रशिक्षण , पर्बत साखा प्रमुख हरि सुबेदीको संचालन तथा पर्बत साखाको कर्मचारी बिक्रम ढुंगानाको ब्यबस्थापन मा सम्पन्न भएको हो ।

    पैयु गाउपालिकका करिब ५० जना कृषक को सहभागिता रहेको सो कार्यक्रममा १० जना कृषकले पालेका गाइ भैंसी तथा बाख्राको बिमा गरि बिमा पोलिसी बितरण गरिएको थियो ।

    कार्यक्रममा बोल्दै कृषकहरुको सक्रिय सहभागिता तथा बिमा सम्बन्धि ज्ञानले बिमाको पहुँच स्थानीय स्तर सम्म पुर्याउन कार्यक्रम महत्त्वपूर्ण भएको वडा नम्बर १ का वडा अध्यक्ष …. ले बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि जसमती गुरुङले गाउपालिकाको आगामी बजेटमा बिमा लाई महत्त्वपूर्ण स्थान दिने जनाउँदै कृषक हरु इच्छुक हुँदा हुदै पनि विविध कारणले गाउपालिकामा बिमा प्रभावकारी हुन नसक्नु दु:खद भएको बताउनु भयो ।

    उहाले यो कार्यक्रमले आफुलाइ धेरै नै प्रभाव पारेको भन्दै बिमा कार्यक्रम व्यापक बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । सो अवसरमा बोल्नु हुदै प्रमुख प्रशासकिय अधिकृत …..ले बिमालाइ सक्रिय गराउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

    कार्यक्रम को समापन गर्नु हुदै कम्पनिका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले अजोड इन्स्योरेन्स बिमा क्षेत्र ब्यापक गराउन तथा बिमाको पहुँच बाट टाढा रहेक क्षेत्रका कृषकहरुको बिमामा पहुँच पुर्याउन काम गर्ने बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं