SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/७/६ गते
    १२२० &#२३४६;&#२३३५;&#२३२५;

    कोरोना भाइरस (कोभिड–१९) बाट लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउन मानिसले आयुर्वेदिक औषधि जथाभावी प्रयोग गर्न थालेको पाइएको छ । मात्रा नमिलेको र पहिलादेखि लागेका रोगको ख्यालै नगरी मात्रा नमिलेको जडीबुटी खानु शरीरका लागि घातक हुने भनाइ विज्ञको छ ।

    दैनिक भान्छामा प्रयोग हुने औषधीय गुण भएका मसलाले स्वाद बढाउने मात्र होइन, औषधिको समेत काम गर्छन् । मसलाको बढी प्रयोगले विभिन्न रोग लाग्ने खतरातर्फ कमैको मात्र ध्यान पुगेको पाइन्छ ।

    पद्मकन्या क्याम्पसको गृह विज्ञान विभागका प्रमुख पोषणविद् डा. जया प्रधानले कोरोना भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुन आवश्यक भएको बताइन् । उनले कोभिड–१९ लाग्ने डरले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्दै बेसार, मेथी, अदुवा, लसुन, भिटामिन ‘डी’ लगायतका चिज बढी प्रयोग गरेको पाइएको जानकारी दिइन् । यसले गर्दा पनि कतिपय मानिस विभिन्न रोगको सिकार हुनुपरेको अनुभव डा. प्रधानले सुनाए ।

    नेपालीमा एउटा उखान नै छ, ‘चिनी पनि बढी खाए तीतो हुन्छ’ भने झैँ क्षमता बढाउने नाममा राम्रो जानकारी र मात्रा नमिलाई औषधीय गुण भएका चिज खाँदा समस्या आउने गरेको भनाइ डा. प्रधानको छ ।

    भान्छामा प्रयोग हुने मरमसला औषधिजन्य हुन्छन्, त्यसमा कुनै द्विविधा नै छैन । धेरै खाने कुरा यस्ता छन् जुन एउटा रोगलाई हुन्छ भने अर्को रोगलाई हुँदैन । उदाहरणका लागि रक्तचाप कम भएको व्यक्तिले गुर्जो तथा बेसार पानीको बढी सेवन गरे खुट्टा बाउडिने तथा रिङ्गटा लाग्ने समस्या हुन सक्ने भनाइ डा. प्रधानको छ ।

    यता फिजिसियन जेनर तामाङले सामाजिक सञ्जालमा सुनेको भरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने खानेकुरा खाएका धेरै बिरामी आउने गरेका छन् । मानिसले कोभिड–१९ सङ्क्रमित सँगको सम्पर्क भएपछि डराएर मात्रा नमिलाई त्यस्ता औषधि प्रयोग गर्ने गरेको पाइएको छ भने। गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं