SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/२९ गते
    १०५३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिकाले गौरबको योजनाको रुपमा अघि सारेको एक घर एक रोजगार दिने विकास स्वयंसेवक कार्यक्रमलाई महालेखा परिक्षकको कार्यालयले उपलव्धीबिहीन भनेको छ ।

    महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक बार्षिक प्रतिवेदनमा विकास स्वयंसेवक कार्यक्रम सञ्चालन गरी ठुलो रकम खर्च गर्नु उचित नदेखिएको उल्लेख गरिएको छ ।

    प्रतिवेदनमा महाशीला गाउँपालिकाले विकास स्वयंसेवक कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७५/७६ मा २ करोड ५० लाख बिनीयोजन गरी २३ लाख ४२ हजार रुपैया अन्तरक्रिया र तालिममा खर्चिको, ९० लाख ८० हजार स्वयंसेवकको पारिश्रमक र अन्य गरी १ करोड ३४ लाख २८ हजार खर्च गरेको उल्लेख गरिएको छ ।

    सडक मर्मत समिति, कृषि प्राविधिक, पशु प्राविधिक, गाउँ रक्षक लगायतका स्वयसेबक कर्मचारी राखेको उल्लेख गरेपनि स्वयंसेवकले सम्पादन गरेको कार्यको अभिलेख राखेको पाईएको छैन । प्रतिवेदनमा भनिएको छ । रोजगारमूलक दीर्घकालीन लाभ प्राप्त गर्ने क्षेत्र तथा योजना, छनोट गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने भएपनि अल्पकालीन रोजगारको कार्यक्रम मात्र संचालन गरेको भन्दै यस्ता कार्यक्रम संचालन गर्नु उपयुक्त नभएको महालेखाले ठहर गरेको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि गौरबको कार्यक्रमको रुपमा एक घर एक रोजगार कार्यक्रम ल्याएका थिए ।

    यता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्यायले जनप्रतिनिधि निर्वाचित भएपछि उक्त कार्यक्रम शुरु भएको र प्रत्येक वर्ष निरन्तरता दिँइदै आएको बताए । उनले महाशीला स्वयंमसेवक कार्यविधी र ऐन बनाएरै पारदर्शि रुपमा कार्यक्रम संचालन भएपनि महालेखाको प्रतिवेदनमा कसरी उल्लेख भयो भन्ने बारेमा आफुलाई कुनै जानकारी नभएको बताए । यो खबर बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा छापिएको छ ।

    गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि उक्त कार्यक्रमका लागि १ करोड १० लाख रुपैया बिनीयोजन गरेको छ । महाशीला गाउँपालिकाले २०७५ सालदेखि उक्त कार्यक्रम शुरुवात गरेको हो । उक्त कार्यक्रम मार्फत अहिलेसम्म ३ सय ९३ जनाले रोजगारी पाएका छन् । जसमा ७० प्रतिशत महिला छन् । उनिहरुले काम गरेपछि दैनिक ५ सय ६० रुपैया पारिश्रमिक दिईँदै आएको छ । यो खबर बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा छापिएको छ ।

    कार्यक्रम शुरुवात भएपछि बाह्य जिल्लावाट कामदारहरु ल्याउनुपर्ने अवस्था नरहेको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम महिला, र विपन्न परिवारका लागि बढि फलदायी भएको दावी गरेका छन् । उनका अनुसार स्वयंसेवक कार्यक्रम समग्रमा उपलव्धीमुलक बनेको छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै यो विकास स्वयंसेवक कार्यक्रम भएको बताए । उनले अब स्वयंसेवकहरुलाई उत्पादनमुलक काममा परिचालन गरिने बताए । गाउँपालिकाले १५ दिन खटाएको ठाउँमा स्वयँसेवकको रुपमा काम गर्ने र १५ दिन घरमै बसेर उत्पादनमा लगाउने योजना सहित रोजगारी दिएको हो ।

    यता गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले स्वयंसेवक कार्यक्रम निकै प्रभावकारी बनेको बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै महाशीलाको यो अभियान भएकोले यसलाई निरन्तरता दिईरहने बताए । उनले यसवाट बेरोजगार परिवारलाई ठूलो राहत मिलेको बताए ।

    महाशिला गाउँपालिकामा २ हजार २ सयबढी परिवार बसोबास गर्दै आएकोमा झण्डै एक हजार परिवार बेरोजगार रहेको गाउँपालिकाले अनुमान गरेको छ । सबै घरमा एकैपटक कार्यक्रम सुरु गर्न नसकेपनि अहिले ३ सय ९३ जनाबाट शुरु गरिएको गाउँपालिकाले जनाएको छ । १५ दिन सम्म गाउँपालिकाले खटाएको काम गरेपछि मासिक ६ हजार रुपैया दिइने र बाँकी समय घरमा काम गरि परिवारमा समेत रोजगारी आम्दानी गराउनुपर्ने सर्त समेत अनिवार्य गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं