
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिकाले गौरबको योजनाको रुपमा अघि सारेको एक घर एक रोजगार दिने विकास स्वयंसेवक कार्यक्रमलाई महालेखा परिक्षकको कार्यालयले उपलव्धीबिहीन भनेको छ ।
महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक बार्षिक प्रतिवेदनमा विकास स्वयंसेवक कार्यक्रम सञ्चालन गरी ठुलो रकम खर्च गर्नु उचित नदेखिएको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा महाशीला गाउँपालिकाले विकास स्वयंसेवक कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७५/७६ मा २ करोड ५० लाख बिनीयोजन गरी २३ लाख ४२ हजार रुपैया अन्तरक्रिया र तालिममा खर्चिको, ९० लाख ८० हजार स्वयंसेवकको पारिश्रमक र अन्य गरी १ करोड ३४ लाख २८ हजार खर्च गरेको उल्लेख गरिएको छ ।

सडक मर्मत समिति, कृषि प्राविधिक, पशु प्राविधिक, गाउँ रक्षक लगायतका स्वयसेबक कर्मचारी राखेको उल्लेख गरेपनि स्वयंसेवकले सम्पादन गरेको कार्यको अभिलेख राखेको पाईएको छैन । प्रतिवेदनमा भनिएको छ । रोजगारमूलक दीर्घकालीन लाभ प्राप्त गर्ने क्षेत्र तथा योजना, छनोट गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने भएपनि अल्पकालीन रोजगारको कार्यक्रम मात्र संचालन गरेको भन्दै यस्ता कार्यक्रम संचालन गर्नु उपयुक्त नभएको महालेखाले ठहर गरेको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि गौरबको कार्यक्रमको रुपमा एक घर एक रोजगार कार्यक्रम ल्याएका थिए ।
यता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्यायले जनप्रतिनिधि निर्वाचित भएपछि उक्त कार्यक्रम शुरु भएको र प्रत्येक वर्ष निरन्तरता दिँइदै आएको बताए । उनले महाशीला स्वयंमसेवक कार्यविधी र ऐन बनाएरै पारदर्शि रुपमा कार्यक्रम संचालन भएपनि महालेखाको प्रतिवेदनमा कसरी उल्लेख भयो भन्ने बारेमा आफुलाई कुनै जानकारी नभएको बताए । यो खबर बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा छापिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि उक्त कार्यक्रमका लागि १ करोड १० लाख रुपैया बिनीयोजन गरेको छ । महाशीला गाउँपालिकाले २०७५ सालदेखि उक्त कार्यक्रम शुरुवात गरेको हो । उक्त कार्यक्रम मार्फत अहिलेसम्म ३ सय ९३ जनाले रोजगारी पाएका छन् । जसमा ७० प्रतिशत महिला छन् । उनिहरुले काम गरेपछि दैनिक ५ सय ६० रुपैया पारिश्रमिक दिईँदै आएको छ । यो खबर बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा छापिएको छ ।
कार्यक्रम शुरुवात भएपछि बाह्य जिल्लावाट कामदारहरु ल्याउनुपर्ने अवस्था नरहेको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम महिला, र विपन्न परिवारका लागि बढि फलदायी भएको दावी गरेका छन् । उनका अनुसार स्वयंसेवक कार्यक्रम समग्रमा उपलव्धीमुलक बनेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै यो विकास स्वयंसेवक कार्यक्रम भएको बताए । उनले अब स्वयंसेवकहरुलाई उत्पादनमुलक काममा परिचालन गरिने बताए । गाउँपालिकाले १५ दिन खटाएको ठाउँमा स्वयँसेवकको रुपमा काम गर्ने र १५ दिन घरमै बसेर उत्पादनमा लगाउने योजना सहित रोजगारी दिएको हो ।
यता गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले स्वयंसेवक कार्यक्रम निकै प्रभावकारी बनेको बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै महाशीलाको यो अभियान भएकोले यसलाई निरन्तरता दिईरहने बताए । उनले यसवाट बेरोजगार परिवारलाई ठूलो राहत मिलेको बताए ।
महाशिला गाउँपालिकामा २ हजार २ सयबढी परिवार बसोबास गर्दै आएकोमा झण्डै एक हजार परिवार बेरोजगार रहेको गाउँपालिकाले अनुमान गरेको छ । सबै घरमा एकैपटक कार्यक्रम सुरु गर्न नसकेपनि अहिले ३ सय ९३ जनाबाट शुरु गरिएको गाउँपालिकाले जनाएको छ । १५ दिन सम्म गाउँपालिकाले खटाएको काम गरेपछि मासिक ६ हजार रुपैया दिइने र बाँकी समय घरमा काम गरि परिवारमा समेत रोजगारी आम्दानी गराउनुपर्ने सर्त समेत अनिवार्य गरिएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया