
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
माननीय शिक्षा मन्त्री ज्यु,नमस्कार
कुशल छु त कसरी भनु तर तपाईंको कुशलताको कामना गर्दछु।आज म तपाईंलाई सम्बोधन गर्दै केही लेख्न अनुमाती चाहान्छु। तपाईंलाई मेरा शब्दहरु तिता लाग्न सक्छन्।मेरा शब्दले विक्षिप्त हुन पुगेमा म क्षमा माग्दै विषय बस्तु तर्फ प्रवेश गर्न चाहान्छु। मन्त्री ज्यु म एक CTEVT अन्तर्गतको एक कलेजमा HA प्रथम बर्ष अध्ययनरत विद्यार्थी हुँँ। यो पत्र म जस्ता CTEVT अन्तर्गत प्राबिधिक शिक्षा पढ्ने लाखौंको संख्यामा रहेका विद्यार्थीको प्रतिनिधि पत्र हो।
बिगत ४ महिना देखि Covid 19 को कारण भएको बन्दाबन्दीले गर्दा अवरुद्ध हाम्रो पढाईको विषयमा तपाईंले खासै केही बोल्नुभएको कुरा समाचारमा आएको छैन। तपाईंको नजर SEE दिने र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुमा मात्र परेको र हामी जस्ता प्राबिधिक शिक्षा पढ्ने लाखौं विद्यार्थी तर्फ नपरेको देख्दा हाम्रो मनस्थिति बिग्रेको छ।यति बेला हामी सबै विद्यार्थी मान्सिक तनावमा छौं।
देशको दुरदराज बाट र सहरका केही भाग बाट सबैजात,धर्म,वर्ग,समुदाय,पिछडिएको क्षेत्र बाट प्रतिनिधित्व हुनेगरि भर्ना र पठनपाठन गरिदै आएको र छोटो समयमा प्राबिधिक जनशक्ति उत्पादन गरि देशको समग्र स्थितिमा टेवा पुग्ने उदेश्यले लामो समय देखि संचालन हुँदै आएका CTEVT का कक्षाहरु ४ महिना देखि ठप्प छ्न।
समयमै केही ठोस निर्णय लिन नसक्नु र दीर्घकालीन योजनामा चुक्नु जस्ता कारणले गर्दा लाखौं विद्यार्थीको भबिस्य खतरामा छ।
पछिल्लो समयमा आएर अन्लाईन पढाउनु भनी बैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी गरिएको तपाईंको निर्णयले तपाईंको परिपक्वता माथी प्रश्न चिन्न खडा भएको छ। देशका दुर्गम क्षेत्रबाट ऋण धन गरि सदरमुकाम वा सहर सम्म पढ्नको लागि आएका विद्यार्थीहरु यति बेला सबै आ-आफ्नो घर फर्किएका छ्न। दुर्गममा मोबाइलको नेटवर्कको लागि रुख चड्नु पर्ने हाम्रो देशमा अन्लाईन कक्षा कसरी प्रभावकारी होला? डाटा किन्ने वाइफाइ जोड्नेका त कुरै छोडौ त्यसैमाथी यति बेला हावाहुरी र बर्षाको कारण समय समयमा हुने विद्युत कटानको समस्याले थप चुनौती दिएको छ। सत प्रतिशात विद्यार्थीको उपस्तिथि बिना सहरका सिमित विद्यार्थी केन्द्रित अन्लाईन कक्षा संचालन के न्यायोचित होला?
अघिल्लो बर्ष संचालन गरिएका धेरै परिक्षाहरुको नतिजा करिव एक बर्ष बिति सक्दा पनि प्रकाशन भएको छैन। यस विषयमा पनि तपाईं र CTEVT का पदाधिकारी ज्युहरु समेत कानमा तेल हालेर बस्नु भएको छ। COVID 19 को समस्यालाई प्रमुख कारण बनाएर तपाईंहरु जिम्मेवारी बाट उम्कन पाउनुहुन्न।हरेक समस्याको समाधान खोज्न सकिन्छ।
मन्त्री ज्यु मैले देखेको र आम विद्यार्थीको तर्फबाट केही समाधानका उपायहरू म तपाईंलाई बताउछु। बन्दाबन्दी पुर्ण रुपले खुलेपछि सेमेस्टर प्रणालिका कक्षाहरुलाइ आन्तरिक मुल्यांकन गरि उपल्लो सेमेस्टरमा लाने र वार्षिक परिक्षागत प्रणालीका कक्षाहरुलाइ पनि आन्तरिक मुल्यांकन गरि उपल्लो कक्षामा लान सकिन्छ र अन्तिम बर्ष वा सेमेस्टर अध्ययन गर्ने हरुलाइ पनि आन्तरिक मुल्यांकन गरि लिखित परिक्षामा उत्तीर्ण गराउन सकिन्छ तर प्रयोगात्मक परिक्षालाई मुख्य मानेर हरेक सेमेस्टर र बर्षका प्रयोगात्मक परिक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्ने गराउनु पर्दछ। आंशिक परिक्षा दिने विद्यार्थीहरुलाइ पनि पुनः एक पटक प्रयोगात्मक परिक्षा लिइ मुल्यांकन गर्न सकिन्छ।
प्राबिधिक अध्ययन पुर्णत:प्रयोगात्मक अभ्यासमा आधारित हुने हुँदा यहि समयमा सामाजिक दुरि कायम गर्दै प्रयोगात्मक अभ्यास गराउन सकिन्छ र सोही आधारमा प्रयोगात्मक परिक्षा लिइ चालू शैक्षिक सत्रलाई टुङ्गोमा पुर्याउन सकिन्छ। आगामी शैक्षिक सत्र लाई केही समय ढिला सुरु गर्न सकिन्छ। यसो गर्दा शैक्षिक तालिका नबिग्रने र आम विद्यार्थीमा परिक्षा बारे मानसिक बोझ हट्ने हुन सक्छ।
मन्त्री ज्यु अन्त्यमा हाल सम्म CTEVT का पदाधिकारीहरु बाट पनि कुनै समस्या समाधान को कुरा, छलफल,बहसका कुरा सुन्नमा आएका छैनन् त्यसैले मन्त्री ज्यु र CTEVT पदाधिकारी ज्यु बिच छिटो छलफल होस र लाखौं विद्यार्थीको भबिस्यको बारेमा छिटोभन्दा छिटो सकारात्मक निर्णय होस यहि आश व्यक्त गर्द्छु र हरेक समस्याको समाधान लाई आन्दोलन रोज्नु पर्ने स्थिति नबनाउनु हुन म र म जस्ता लाखौं विद्यार्थीको तर्फबाट विनम्र अनुरोध गर्दै पत्र बाट बिदा चाहान्छु।
धन्यवाद
सुबास गिरी
HA प्रथम बर्ष
देवदह मेडिकल कलेज
देवदह,रुपन्देही


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया