SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/४ गते
    १४८९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सोमवार भारतसँगको सीमा विवादका विषयमा भएको हिं’सात्मक भि’ड’न्तमा चिनियाँ सैनिकहरूले प्रयोग गरेका भनिएको कच्चा ह’तिया’रहरूको तस्बिर सार्वजनिक भएको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गलवान उपत्यकामा भएको उक्त भि’ड’न्तमा कम्तीमा २० जना भारतीय सैनिकहरूको ज्या’न गएको थियो र त्यसपछि दुवै शक्ति राष्ट्रबीचको तनाव चुलिएको थियो।

    उक्त भि’ड’न्तमा आफ्नोतर्फ भएको सैन्य क्षतिबारे चीनले केही पनि स्वीकार गरेको छैन। दुवै पक्षले अर्को पक्षले सीमामा अतिक्रमण गरेको आरोप लगाएका छन्।

    त्यस क्षेत्रमा दुवै राष्ट्रबीचको सीमा रेखा पक्कासँग अङ्कन गरिएको छैन र स्थानीय भौगोलिक परिवर्तनसँगै त्यसमा पनि परिवर्तन हुने गरेको छ।बिहीवार सार्वजनिक भएको तस्बिरमा फलामको डन्डीमा किला ठोकेर बनाइएको घरेलु कच्चा ह’तिया’र देख्न सकिन्छ।

    उक्त तस्बिर बीबीसीलाई भारत-चीन सीमामा तैनाथ भारतीय सेनाका एकजना वरिष्ठ अधिकारीले उपलब्ध गराएका हुन् र उनले ती ह’तिया’र चिनियाँ सैनिकहरूले प्रयोग गरेका बताएका छन्।

    सामाजिक सञ्जालमा तस्बिर
    उक्त तस्बिरलाई सर्वप्रथम इन्टरनेटको सामाजिक सञ्जाल ट्विटरमा राखेका एकजना प्रतिरक्षा विश्लेषक अजय शुक्लाले त्यस्तो प्रकारको ह’तिया’रको प्रयोगलाई “ब’र्बर” भनेका छन्।

    त्यस क्षेत्रमा गो’ली, ब’न्दु’क, बा’रुदजस्ता अस्त्रको प्रयोग गर्न नपाइने व्यवस्था सन् १९९६ मा दुवै पक्षबीच भएको सहमति अन्तरगत भएको छ। सीमाको विवादित क्षेत्रमा दुवै पक्षबीच आ’क्राम’क गतिविधि नचर्कोस् भन्ने उद्देश्यले त्यस्तो सहमति गरिएको थियो।

    भारतमा ट्विटरमा उक्त तस्बिरको व्यापक प्रयोग भएको छ र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आ’क्रो’श व्यक्त गरिरहेका छन्।त्यसबारेमा भारत र चीन दुवै पक्षका अधिकारीहरूले कुनै प्रतिक्रिया जनाएका छैनन्।

    समाचार विवरणहरूका अनुसार दुवै पक्षका सैनिकहरूबीच ४,२६७ मिटरको उचाइमा हिमाली क्षेत्रमा भि’ड’न्त भएको थियो र त्यसक्रममा कतिपय सैनिकहरू भीरबाट शून्यभन्दा कम तापक्रममा तीव्र गतिमा बग्ने गलवान नदीमा खसेका थिए।

    सन् १९९६ को सहमतिअनुसार “लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् स्वीकार गरिएको अन्तिम सीमारेखाको दुई किलोमिटरभित्र उक्त सहमतिका कुनै पनि पक्षले गो’ली प्र’हा’र गर्ने छैनन्……वि’स्फो’टक सामग्री प्रयोग गर्ने छैनन् वा ब’न्दु’क तथा बा’रुदको प्रयोग गरेर सि’का’र गर्ने छैनन्।”

    तर चीन र भारतबीच आपसी सीमा क्षेत्रमा हालैका हप्ताहरूमा त’नावपूर्ण भि’ड’न्तहरू भएका छन्। मे महिनामा भारतीय र चिनियाँ सैनिकहरूले लद्दाख इलाकामा नै पर्ने पान्गोङ ताल क्षेत्रमा र उत्तरपूर्वी भारतीय राज्य सिक्किमको सीमा क्षेत्रमा मु’क्का हा’नाहा’न गरेका थिए। बीबीसी

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं