सन्जु खनाल बुटवल | चिनको वुहान सहरबाट शुरु भएको कोरोना भाइरस अर्थात कोभिड १९ विस्वका धेरै देशहरुमा महामारी को रुपमा फैलिएको छ । हालसम्म पनि यो भाइरसको कुनै पनि खोप तथा औसधि पत्ता नलागेको हुदा यसले विस्व जगतलाइ नै ठुलो चुनौती दिएको छ ।
जसको प्रभाव हाम्रो देश नेपालमा पनि पर्न गएको छ । यो भाइरसको असर कम गर्न विस्वका अधिकाम्स देशहरुले लकडाउनको प्रयोग गरिरहेका छन , सोहि अनुरुप हाम्रो देश नेपालले पनि यो भाइरस सकेसम्म कम मानिसमा देखियोस भन्ने अभिप्रायले नेपाल सरकारले बिगत २ महिनादेखि देशलाइ लकडाउन गरिरहेको छ ।
जसको कारणले देशमा उद्योगधन्दा , कलकारखाना , ब्यापार , बिद्यालय , कलेज, सावजनिक यातायात सबै ठप्प छन । जस्ले गर्दा देशको अर्थतन्त्र पनि दिनप्रतिदिन कमजोर बन्न पुगेको छ । लकडाउनकै कारणले अहिले देशका बिभिन्न सहरहरुमा दैनिक काम (जागिर) गरि आफ्नो अध्ययनलाइ प्राथमिकता मा राखि भाडामा वा डेरामा बस्दै आएका बिद्याथिको जिवन अत्यन्तै कस्टकर र पिडादायि बनेको छ ।
शुरुशुरुमा लकडाउन कति लम्बिने हो थाहा नभएको र निरन्तर गर्दै आएको जागिर गुम्ला भन्ने डरले अधिकाम्स बिद्याथि आफ्नो घर जान सकेका थिएनन । सरकारले कोरोना भाइरस नफैलियोस भनेर लकडाउनलाइ झन कडा गर्दै लग्यो , जस्ले गर्दा सम्पुर्ण अफिसहरु बन्द हुन पुगे । यसको असर पुर्णरुपमा जागिर गरेर आफ्नो अध्ययन खर्च जुटाउने बिद्याथिमा पर्न गयो । कुनै बिद्याथिले त आफ्नो खर्च सङसङै घर्को खर्च समेत सोहि जागिरबाट चलाउदै आएका थिए ।
उता घरबाट छोरा वा छोरिले कतिबेला पैसा पठाउछ र साहुको रिन तिरौला भनेर बाबुआमाले फोन गर्छन , एता छोरा वा छोरिको लकडाउनको कारणले अफिस नभएको कारण देखाइ अफिसले कुनै पनि कर्मचारिलाइ कुनै पनि सेवा तथा पारिश्रमिक नदिने कुरा गर्छ , कुनै कुनै अफिसले त ब्यावसाय नै धरापमा पर्न लाग्यो अब हामि तापाइहरुलाइ राख्न सक्दैनौ भनेर कल गर्छन । येस्तो बिसम परिस्थिति मा सहरबाट छोरा वा छोरिले आफ्ना बाबु आमालाइ के भनेर कुरा गर्ने ? यता घरबेटिले आफुहरुको अन्य कुनै आम्दानिको स्रोत नभएको , ब्यबसाय सबै बन्द भएको बहाना देखाइ बारम्बार भाडा माग्दै आइरहेका छन । सरकारले लकडाउनको अबधिमा कुनै पनि बहालवालाहरुलाइ सोहि अबधिको भाडा नलिनु भन्ने बिभिन्न सन्चार माध्यम बाट सुनिन्छ तर यथातमा त्यो हुन सकेको छैन ।
उता विस्वविद्यालयले बिद्याथिको पठनपाठनमा केहि हदसम्म पहुच पुयाउने उदेस्यले अनलाइन कक्षा सन्चालन गर्ने कुरा गरेको छ । जस्ले गर्दा कलेजहरुले पनि अनलाइन कक्षा सन्चालन गर्दै छौ भनेर बिद्याथिहरुलाइ सुचना पठाउछन । तर जागिरलाइ आम्दानिको मुख्य स्रोत मानि आफ्नो अध्ययनलाइ निरन्तर्ता दिदै आइरहने बिद्याथिहरुलाइ भने अनलाइन कक्षा को कुनै औचित्य देखिएन ! मुख्य कारण घरभाडा बुझाउनै नसकेको कारण देखाएर घरबेटिले नेट समेत बन्द गरिदिएको अबस्था छ ।
घरबेटिको घरभाडा तिर्ने कुरा त परै छ , बिहानसाझ के खाने भन्ने कुराले बिद्याथिहरुलाइ पिरोलेको छ । यस्ता अनेकौ पिडाहरुले गर्दा बिद्याथिहरुले आत्महत्या गर्ने प्रयास गरेको बिभिन्न माध्यमबाट सुनिदै आएको छ । यसरि कस्टकर र पिडादायि जिवन बिताइरहेका बिद्याथिहरुका लागि न त सरकारले नै कुनै कदम चाल्न सक्यो ! न त अन्य कुनै निकायको ध्यान जान सक्यो ! सरकारले उनिहरुलाइ घरसम्म पुर्याउने कुनै ब्याबस्था गरेको पनि देखियन ।
आखिर बिद्याथि भबिस्यका देशका बलिया पिल्लर साथै अर्थतन्त्रमा मुख्य भुमिका खेल्ने पात्र हुन भन्ने किन बुझ्न सकिएन ? आखिर कहिलेसम्म बिद्याथिले पिडादायि र कस्टकर जिवनको सामना गरिरहनुपर्ने होला ? कहिले सम्म ? ? ? ? सन्जु खनाल बुटवल