
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
हिरामणि ज्ञवाली,
प्राध्यापक पोखरा विश्व विद्यालय
हाल विश्वब्यापी रुपमा आतंक मच्चाइ रहेको रोगलाई कोरोना भाइरस रोग र छोटकरीमा कोरोना भनिन्छ । यसलाई अंग्रेजिमा Corona Virus Disease भनिन्छ । यसको पहिचान सन २०१९ मा भएको हुनाले छोटकारीमा Covid – 19 ( कोभिड – १९) भनिएको हो । कोरोना भाइरस रोग (कोभिड-१९) को पहिचान सर्वप्रथम चीनको हुबेई प्रान्तको राजधानी वुहान शहरमा डिसेम्बर २०१९ मा भएको थियो । चीनको वुहानबाट फैलिएको यो रोगले हाल विश्वब्यापी महामारीको रुप लिइसकेको छ । शुरुमा पहिचान भएका मुलुकहरुमा हाम्रो देश पाचौ रहेको छ । हालसम्म नेपालमा यो रोगबाट प्रभावित र संक्रमित हुनेको जम्मा संख्या 134 जना रहेको छ ।
जसमा निको भएर घर फर्किएका पनी केही जना रहेको छन । अन्य करीव २०० देशमा फैलिसकेको यस रोगले नेपालको सामाजिक आर्थिक क्षेत्रमा पारेको प्रभाव सम्वन्धमा यस लेखमा प्रकाश पार्ने प्रयत्न गरिएको छ । शैक्षिक प्रभाव यो रोगको कारणले संसारभरका शैक्षिक संस्थाहरु प्रभावित भएका छन । यसको कारणले विश्वविद्यालहरु एवम विद्यालहरु बन्द भएका छन । UNESCO ले यसै सालको में 12सम्मको तथ्यांक सार्वजनिक गरे अनुसार यसरि विश्वभर विश्वविद्यालहरु एवम विद्यालहरु बन्द गर्ने देशहरुको संख्या १६५ पुगेको छ । यसले गर्दा विश्वब्यापी रुपमा कारीव १.५ विलियन विद्यार्थीहरु प्रभावित भएको अनुमान गरिएको छ । जुन कुल भर्नाको करीव ८७५ हुन आउछ ।
नेपालमा पनि विश्वविद्याल एवम विद्यालहरु सवै बन्द भएका छन । स्कुले विद्यार्थीहरुको फलामे ढोका मानिने SEE (Secondary Education Examination) को परिक्षा स्थगित भएको छ । यसरि परिक्षा बाट प्रभावित हुनेको संख्या छ लाख भन्दा ९६,००,०००० बढी रहेको छ । नेपालबाट विदेसमा अध्ययनको लागि जाने विद्यार्थीहरु पनि निकै प्रभाबित भएका छन । नेपालीहरु बैदेशिक अध्ययनको लागि जाने मुख्य देशहरुमा अस्ट्रेलिया पनि पर्दछ जुन कोभिड्-१९ प्रभावित देश हो । यहाँ पढ्न गएका विद्यार्थीहरु नराम्रो संग आर्थिक र मानसिक रुपमा प्रभावित भएका छन । थप समयको लागी खर्च कहाँबाट र कसरी जुटाउने भन्ने कुरामा उनिहरुको चिन्ता छ । देशमा lock down भएको कारणले विद्यार्थीहरुसंग संबन्धित ट्युसन, कोचिंग र अन्य पुर्व तयारी कक्षाहरु समेत बन्द रहेका छन ।
राजनीतिक प्रभाव
राजनीति पनि कोभिड(१९ बाट विश्वब्यापी रुपमा प्रभावित अर्को महत्वपुर्ण क्षेत्र हो । चीनमा कैयौं स्थानिय निकायहरु कोभिड(१९ नियन्त्रण गर्नमा चनाखो नभएको आरोपमा भंग गरिए । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्र्म्प (Donald Trump) पनि सोही आरोपमा धेरै आलोचित हुनु पर्यो । जसले गर्दा यसै बर्ष हुन गैरहेको राष्ट्रपति पदको चुनावमा उनले पराजय समेत भोग्नु पर्ने हुन सक्छ । अमेरिकामा राष्ट्रपति पदको लागी भैरहेको पार्टिका आन्तरिक चुनावी प्रकृया समेत स्थगित भएको छ । कोभिड-१९ बाट विश्वका विभिन्न देशका राज नेता, विधायकसमेत व्यक्तिगत रुपमा प्रभावित भएका छन । उनिहरु आफै कोभिड-१९ बाट पिडित भएका छन । उदाहरणको लागि बेलायतका प्रधानमन्त्री कोरोना बाट संक्रमित भएका छन । स्पेनकी राजकुमारीको सोही रोगले मृत्यु भएको छ । युरोप एवम अन्य विकसित रास्ट्रका सरकारमा रहेका व्यक्तिहरु पनि क्वारेन्टाइन र आइसोलेसनमा बसेका छन ।
यस्तै अवस्था एसियाली रास्ट्रहरुमा समेत छ । नेपालका सवै राजनीतिक दलहरु पनि कोभिड-१९ बाट प्रभावित भएका छन । यी सवै दलहरु हाल आफ्नो सम्मेलन वा महाधिवेशनको तयारीमा छन । कोभिड-१९ को संक्रमण पुर्व यीनिहरु आफ्नो सम्मेलन वा महाधिवेशनको तयारी स्वरुप सदस्यता बाड्ने, संगठन विस्तार गर्ने कार्यमा व्यस्त थिए । तर कोभिड(१९ को संक्रमण पछि उक्त सबै कार्यक्रमहरु बन्द गरिएका छन । राजनीतिक दलहरुको सफलता यस्ता महामारी कसरी ब्यबस्थापन गर्दछन भन्ने कुरामा भर पर्दछ । यस्ता विश्वब्यापी महामारीहरुले कहिलेकांही राजनीतिक सत्ता समेत उलट-पुलट परिदिन्छन । नेपालका राराजनीतिक दलहरुलाई पनि यो कोभिड(१९ सत्तामा स्थापित भै रहने वा आफ्नो शाख बलियो पार्ने वा शाख गुमाउने माध्यम हुन सक्छ । तसर्थ वर्तमान सरकारलाई कोभिड-१९ को ब्यबस्थापन एक कठिन चुनौती हो ।
धार्मिक प्रभाव
धार्मिक क्षेत्र पनि कोभिड-१९ बाट विश्वब्यापी रुपमा प्रभावित अर्को क्षेत्र हो । यसको कारणले विभिन्न चर्चहरु, मदरसाहरु, मठ – मन्दिरहरु, गुम्वाहरु बन्द गरिएका छन । धार्मिका यात्रा हरुमा रोक लगाइएको छ । फलस्वरुप सवै धर्ममा विश्वास राख्ने मानिसहरुको आत्मिक शान्तिमा बाधा उत्पन्न भएको छ । नेपालको पशुपतीनाथको प्रांगणमा हुने आरती पुजामा रोक लगाइएको छ । २५ जना भन्दा बढी मलामी जान बन्देज लगाइएको छ । ठुलो भिड हुने गरी भोज भतेर गर्न समेत बन्देज लगाइएको छ । स्वास्थ्य क्षेत्रमा प्रभाव स्वास्थ्य क्षेत्र सबैभन्दा प्रभावित क्षेत्र भै हाल्यो । कोरोनाको कारणले मानिसको मृत्यु हुने, बिरामी पर्ने गरेको छ ।
हालसम्म विश्वमा यस रोगको कारणले कुल बयालीस लाख भन्दा बढी मानिस हरु संक्रमित र 2 लाख बयासी हजार भन्दा बढी मानिस हरुको मृत्यु भएको छ । आफ्नो घर परिवार का सदस्यहरु बिरामी पर्दा, मृत्यु हुँदा स्वभाबिकै रुपमा मानसिका तनाव सिर्जना हुन्छ । यस बाहेक मानिस क्वारेन्टाइन र आइसोलेसनमा बस्दा दिक्दारी लाग्ने, रिस उठ्ने, चिट-चिट पसिना आउने जस्ता समस्याहरु पनि आएको पाइन्छ । यसले मुलत मानव स्वास्थ्यलाई नकरात्मक प्रभाव पारी उत्पादकत्व घटाउछ । तर यस्तो समयमा पनि सर्वजनिका एवम निजी सवै प्रकारका अस्पतालहरुले कोरोना रोगको डरले बिरामिहरुलाई सेवा दिन छाडेको सुन्नमा आएको छ । आर्थिक प्रभाव आर्थिक क्षेत्र कोभिड-१९ बाट विश्वब्यापी रुपमा प्रभावित अर्को महत्वपुर्ण क्षेत्र हो । यसले विश्वमा नै आर्थिक महामन्दी ल्याउने अनुमान गरिएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया