
१पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
२पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
३निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
४अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
५प्रदेशले किन्यो आमा…!
६अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
७हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
८सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
९पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१०रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२देशभर अतिक्रमित क्षेत्रका संरचनामा डोजर चल्दैछ
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
१२नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
लेखक : बिक्रम ढुंगाना त्यति सजिलै कहाँ मरिन्छ र! धेरै पटक सुन्दै आएको वाक्य हो तर यथार्थ बुझेकै रहेनछु किनकी मरेका भेट नहुने र बाचेका सित अनुभूति नहुने । समय र परिस्थिति एकनासको हुदैन । २०७२ साल बैशाख महिनाको भुइचालो र हालसालै कोरोना भाइरस ले निम्त्याएको विपतिले एकदमै फरक रुपमा पाएको महशुस गर्दैछु ।बेलाबखत झकझकाइ रहने भुइचालो र अहिलेको कोरोना भाइरसले एकोहोरो मृत्यु – चिन्तनमा घुमी रहदा “हे भगवान !” बाहेक अरु शब्द नै निस्किन्न । दिमागमा अब बाचिदैन होला भन्ने सन्देश प्रवाह भइरहन्छ र यस्तै चिन्तनले मृत्युप्रति खोतलिएको छ मेरो मन मस्तिष्क र भिन्न लेखक , दार्शनिकहरुको मृत्युका आलेख संगै कोर्दैछु केही शव्द अनि वाक्य ।
जिन्दगीको परम सत्य , परम अकाट्य , परम निसन्देह , परम अनिवार्य , परम अपरिहार्य र परम गन्तब्य बिषय भएर पनि सर्वाधिक थोरै पटक सोचिने , बुझिने र बोलिने शब्द हो मृत्यु ।मरणको बिषयमा कुरै गर्न पनि मान्छेहरु डराउछन , त्यसैले शब्दमा पनि स्वर्गवास , देहत्याग , चिरनिन्द्रा , देहान्त , बैकुण्ठबाँस जस्ता शब्द प्रयोग गरिन्छ ।खस्नु भएछ , बित्नु भएछ भन्ने शब्द भयबाट बच्ने गरेको देखिन्छ आम प्रचलनमा । लास नहेर्ने , घाट नजाने ब्यक्तिहरु धेरै हुन्छन ।
मृत्युप्रती यस किसिमको भए स्वभाविकै हो , मर्नु एकदिन सबैले पर्छ र सानैदेखि मृत्यु भनेको महादशा हो भन्ने गरिन्छ र मनसपटलमा त्यही रहन्छ । दार्शनिक सुकरात भन्नुहुन्छ ” मृत्युदेखि भयभीत हुनु कायरहरुको काम हो , किनकी असली जीवन भनेकै मृत्यु हो “।त्यसैगरि साधु यतीन्द्र दास भन्नुहुन्छ ” जिन्दगी मृत्युको प्रयोगशाला हो ” ।अनुभवीहरु भन्छन , मर्ने कला सिक्नलाइ बाच्नेकला पनि सिक्नुपर्छ ।तसर्थ हरदिन यसरी बाच कि तिमिले एकदिन सानदार मृत्युवरण गर्नुछ ।
त्यति सजिलै कहाँ मरिन्छ र! धेरै पटक सुन्दै आएको वाक्य हो तर यथार्थ बुझेकै रहेनछु किनकी मरेका भेट नहुने र बाचेका सित अनुभूति नहुने । समय र परिस्थिति एकनासको हुदैन ।
महात्मा बुद्ध आफ्ना शिष्यहरुलाइ बेलाबेला सम्शान घाटमा पठाउथे र मरण – स्मरण साधना सिकाउथे ‘मेरो कुनै पनि बखत , कुनै पनि क्षण मृत्यु हुन सक्छ ।यस्तो अनिश्चित जीवन बोकेर हिड्ने मेरो मनमा कतै मनोबिकार त छैन? यदि छ भने त्यसको उन्मुलन तुरुन्तै गर्नेछु ।
महात्मा बुद्धद्वारा शिक्षित यो मरण – स्मृति साधना अभ्यास आज हरेकलाई आवस्यक छ।आज मानिस स्वार्थी , भ्रष्ट ,हिशक , अत्याचारी भएको छ ।आफू बाहेक अरु संग कुनै चासो राख्दैन । मै खाउ , मै लाउ स्वभावले ग्रसित छ ।मोह , लोभ , स्वर्थमा जेलिएको छ ।यस प्रकारको स्वभावले मानिस मर्नुपर्छ भन्ने नै बिर्सिएको छ ।त्यसैले मानिस घाटमा गएर राम्ररी देखेर बुझेर आउ कि आखिर जिन्दगीको अन्तिम परिणति के हो भनेर ।

प्रतिक्रिया