SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१९ गते
    ४५९६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । बिश्वब्यापी महामारीको रुपमा रहेको कोरोना भाईरसको चपेटामा यतिबेला नेपाल पनि पर्दै गएको छ । सरकारले देशैभर लकडाउन गरेको छ भने गरिब र बिपन्न परिवारका सदस्यहरुलाई के खाउँ के लाउ भन्ने अबस्था श्रृजना बन्दै गएको छ । यस्तो अबस्थामा देशैभरका सामाज सेबीहरुले आफ्नो भुमिका निभाई रहेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यस्तैमा पर्वत जिल्ल्लाका सामाजिक, राजनैतिक तथा बौद्धिक ब्यक्ती डा. चुडामणी शर्मा सहित उहाँको परिबारले पर्वतमा रहेका मुश्लिम परिवारलाई राहत होस् भन्ने उद्येश्यले खाद्यान्न सहयोग गर्नु भएको छ । २० बोरा चामल, २० केजी दाल, २० केजी नुन र २० पोका तेल लगायत खाद्यान्न सहयोग गर्नु भएको हो । आज मश्जिदमा संस्थाका अध्यक्ष जलालद्धिन मिया र सचिव अस्गर अलि मियालाई डा. चुडामणी शर्मा सहित उहाँको छोरा हेमन्तबाबु आचार्यले खाद्यान्न सहयोग हस्ताण्तरण गर्नु भएको थियो ।

    अमेरीका क्यालीफोनियामा रहेका उहाँका छोरा सरोज शर्माले गर्नु भएको आर्थिक सहयोगलाई सामाजीक बिभेदको अन्त्यहोस् भन्ने उद्येश्यसहित हिन्दु परिवारको सदस्य भएपनि पर्वतमा रहेका मुसलमानहरुलाई सहयोग गर्न पाउँदा आफुहरुलाई खुसी लागेको डा. चुडामणी शर्मा खाद्यान्न सामाग्री हस्ताण्तरण पछि सुचनाकेन्द्र डटकमलाई बताउनु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं