
१शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
२विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
३कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
४शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
५प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
६जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
७ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
८आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
९असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
पोखरा, । इक्वालिटि फाउण्डेशनले पोखरा १३ स्थित भद्रकाली उच्च माविलाई कम्युटर कक्ष स्थापनाका लागि सहयोग गरेको छ । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच फाउण्डेशनले २ लाख ३५ हजार रुपैया सहयोग प्रदान गरेको छ । सो रकम अमेरिकामा बसोबास गर्ने नेपालीहरुबाट चन्दा स्वरुप संकलन गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा फाउण्डेशनकोतर्फबाट सदस्य प्रा.डा ताराकान्त सिग्देलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर कार्कीलाई सो रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासमा फड्को मार्न विज्ञान र प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने बताए ।
उनले अध्ययन र अनुसन्धान बिना भौतिक पूर्वाधार निर्माण गर्न नहुने उल्लेख गरे । मुख्यमन्त्री गुरुङले शैक्षिक क्षेत्रमा हुने राजनीतिक भागवण्डा अन्त्य गर्न जरुरी रहेको औल्याए । शैक्षिक क्षेत्रमा ज्ञान र सीप भएको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । फाउण्डेशनका सदस्य प्रा.डा ताराकान्त सिग्देलले विद्यार्थीका लागि कम्युटर सीप आवश्यक रहेकाले सहयोग गरिएको बताए ।
उनले विद्यार्थीलाई कम्युटर शिक्षा दिने कार्यक्रम पाइलट प्रोजेक्टका रुपमा अघि बढाउन गण्डकी प्रदेश सरकारलाई आग्रह गरे । ‘अमेरिकाको बसाइँसँगै केही कुरा सिकेका छौं’, उनले भने, ‘सिकेका कुरा समाज र देशका लागि दिन चाहन्छौं।’ सदस्य सिग्देलले सहयोगीहरुप्रति आभार पनि व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक घनश्याम रिजालले व्यवहारिक र सीपमूलक शिक्षा अहिलेको आवश्यकता भएको बताए ।
कार्यक्रममा लुमा उपकरणको डेमोस्ट्रेशन गरिएको थियो । फाउण्डेशनका इन्जिनियर कविन्द्र मानन्धरले सो उपकरण बारे जानकारी दिएका थिए । १० वर्षसम्म अमेरिकामा गरिएको अध्ययन अनुसन्धानपछि सो उपकरणको विकास गरिएको हो । इन्टरनेट र कम्युटर बिनापनि विद्यार्थीको पठनपाठनमा सघाउने प्रविधि लुमा उपकरण हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सहायक प्रधानाध्यापक राजेन्द्र भण्डारीले सञ्चालन गरेका थिए ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया