SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१७ गते
    १०५१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखराको लेकसाइडस्थित साइनिङ्ग स्टार सेकेण्डरी बोर्डिङ्ग स्कुलमा सरस्वती पूजा, अक्षरारम्भ, पुरस्कार वितरण एवं विविध साँस्कृतीक कार्यक्रम सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागि विद्यार्थीहरुले विद्याकी देवी सरस्वती पुजाआजा आरधनाका गरे । कार्यक्रममा वर्ष २०७६ मा विभिन्न विधाका अब्बल विद्यार्थीहरुलाई पुरस्कृत गरियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    समारोहमा बोल्दै विद्यालयका संस्थापक एवं प्राचार्य अर्जुनप्रसाद पाण्डेले विद्यालयले अभिभावककै सरसल्लाह र सुझावलाई अंगिकार गर्दै विविन्न आरोह अवरोप पार गर्दै आएको बताए । १ देखि १२ सम्म कक्षा सञ्चालन गरिएको विद्यालयमा ११ र १२ कक्षामा व्यवस्थापन तथा होटल व्यवस्थापनका कक्षा समेत सञ्चालन गरिएको उनले जानकारी दिए । प्राचार्य पाण्डेले हाल ५ सय ५० विद्यार्थी अध्यायनरत विद्यालयमा ३६ जना शिक्षक कर्मचारी रहेको जानकारी दिंदै आफुहरुले सर्टिफिकेटमा देखिने अंकलाई भन्दापनि नेपाली माटो सुहाउँदो विद्यार्थी उत्पादनमा ध्यान दिइने औल्याए ।

    कार्यक्रममा बोल्दै नागरिक समाज कास्कीका संयोजक विष्णुहरी अधिकारीले विद्यालय वरपर सूर्ती तथा मदिराजन्य वस्तु विक्रीमा रोक लगाइनुपर्नेमा जोड दिए । विद्यालयका अभिभावक संयोजक झम्कनाथ पौडेलले विद्यालय समय अनुसार परिवर्तन हुन सकेकोमा खुसि व्यक्त गरे ।

    समारोहमा वडा नम्बर ६, कृषि प्रविधि संयोजक विष्णु केसी, बसन्त बैठक टोल विकास संस्थाका अध्यक्ष तुलसी दाहाल, शिशु विकास तथा स्याहार केन्द्र बैदामका अध्यक्ष अनिलजंग थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य फत्तबहादुर थापा, अभिभावक मेनबहादुर गुरुङ्ग, सावित्री अधिकारी, टिकाराम भण्डारी, भूपू विद्यार्थी अस्मिता तिवारी लगायतले पुरस्कार वितरण तथा शुभेच्क्षा व्यक्त गरेका थिए । विद्यालयका सह–प्राचार्य बविता भण्डारीले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी रोशना तामाङ्गले स्वागत गरेकि थिइन । विद्यार्थीहरुले साँस्कृतीक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं