SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१७ गते
    १५१२ &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल, हेमजा । अन्नपूर्ण गाउँपालिकाको पाउँदुरमा जारी शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ अन्र्तगत बुधवारसम्म ५२ लाख बढी रकम संकलन भएको छ । बुधवारसम्म भुमिदान समेतको गर्दा कुल ५२ लाख ९५ हजार १० रकम संकलन भएको हो ।जसअन्र्तगत कुलामाथी रयालेकी पिताकुमारी पौडेलको परिवारले रु.३ लाख १ हजार १ सय २६ बराबरको भुमिदान गरेको छ ।त्यस्तै भकारीडाँडाका रविलाल पौडेल तथा मराउँचेका देवीप्रसाद पौडेल परिवारले तुलादान गरेका छन्।महायज्ञ अन्त्यतिर आउँदा भक्तजन तथा दानवीरको सहभागिता दिनानुदिन बढ्दो छ। बुधवार यज्ञलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सांसद राजीप पहारीले जन्मभुमि स्वर्गभन्दा प्यारो हुने औँल्याउँदै त्यस भूमिलाई माया गर्नुपर्ने बताए ।भौतिक विकाससँगै समाजमा विकृतिहरु बढ्दै गएको उनको भनाई छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सांसद पहारीले प्रदेश सरकारको पहलमा पाउँदुरकोटमा बहुसांस्कृतिक ग्राम बनाउन लागेको पनि स्पष्ट पारे ।त्यस्तै अन्नपूर्णमा रहेको बाँदर आतङ नियन्त्रण गर्न पनि आफूले भुमिका खेल्ने उनको प्रष्टयुक्ति थियो।काँग्रेस नेता शुक्रराज शर्माले संस्कार बचाइराख्नुपर्नेमा जोड दिर्दै त्यसमा यज्ञको ठुलो महत्व रहने औँल्याए ।उनले मन्दिर पुनःनिर्माणमा प्रदेश सरकारको ध्यानाकर्षण पनि गराए ।शर्माले पाउँदुर आफ्नै ठाँउ भएको भनाई पनि राखे।कार्यक्रमका बीच राष्ट्रिय परोपकार महासंघ हेमजाले भजन प्रस्तुत गरेको थियो।

    यज्ञ अन्र्तगत शिवमहापुराणको कथा वाचनका अलवा रुद्राभिषेक, हवन, धनधाञ्यान्चल, तुलादान, वेद पाठपारायण, सामुहिक ब्रतबन्ध, चौरासी पुजा, चण्डिपाठ लगायतका कार्यक्रम पनि भइरहेका छन् । यज्ञ मार्फत संकलित रकमबाट मन्दिरको पुनःनिर्माण गर्ने, नियमित पुजाका लागि अक्षयकोष स्थापना गर्ने, बहुउद्देश्यीय धर्मशाला बनाउने, अन्नपूर्ण माताको मन्दिर निर्माण गर्ने, मूल प्रवेशद्वार बनाई मन्दिर परिषरमा पक्की पर्खाल लगाउने तथा पर्यटन वर्ष २०२० लाई सघाउँदै धार्मिक पर्यटनका टेवा पु¥याएने लक्ष्य राखिएको छ ।यज्ञ यहि माघ १८ गतेसम्म चल्नेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं