ऋण तिर्न नसकेकै कारण विनय लामिछानेको परिवारले सामुहिक आ त्मह त्या गर्नुपर्ने कारण देखिदैन । व्यवसाय सञ्चालनका क्रममा ऋण लिए पनि सिंगो परिवार बाँच्नै नसक्ने गरी ऋणको भार थुप्रिएको आधार छैन । ईलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले भन्नुभयो–इनभेष्टमेण्ट कम्पनी सञ्चालनका क्रममा ऋण लागेको देखिन्छ, तर त्यही ऋणका कारण स–परिवारलाई नदीमा हाम फाल्न लगाएर सा’मुहिक आ त्मह त्या गर्नै पर्ने अवस्था देखिदैन ।
श्रीमती जमुना, दुईवर्षे छोरा विजन र छ महिनाको छोरा रिजन सहित शुक्रवार त्रिशुली नदीमा हामफाल्न पुगेका विनय उद्धारपछि बाँच्न सफल भए पनि परिवार भने गुमाएका छन् । उनलाई यतिखेर ऋणको भारले भन्दा परिवार गुमाएको पिडाले तड्पाएको छ । ‘विनयले चन्द्रागिरी थानकोटक्षेत्रमा सञ्चालित तीनवटा सहकारी र चितपरिचितसँग ऋण लिएको देखिन्छ’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार, चर्को व्याजँंगै ऋण तिर्न आएको दवावका कारण तनाव सहन नसकी आ’त्तिएर गलत बाटो रोजेका हुन ।
बूढाबूढी गाडीबाट सँगै झरे। सिमसिम पानी परिरहेको थियो। उनीहरूले छाता किन्न खोजे। यता वरिपरि पसल थिएन। पतिले छोराहरू बोकेपछि पत्नी शौचालय गइन्। उनी नआउन्जेल पतिले यताउता हेरिरहे। पारि जाने बाटो खोजेको होला भन्ने लाग्यो। बच्चा बोकेर यहीं उभिरहेका थिए।
उनीहरूले दूध पनि बट्टाबाट ल्याएका रहेछन्। शौचालयबाट फर्केर आएपछि उनीहरूले उत्तापट्टि मेरी बहिनीको घरमा तताएर सानो छोरालाई खुवाए। बहिनीका छोराहरूले बच्चालाई ताली बजाएर जिस्क्याए, हँसाए पनि। एकछिन यतै बसे। त्यसपछि यही झोलुंगे पुल तरेर उनीहरू पारि गए। होटलमा दिनहुँ सयौं मान्छे आउँछन्–जान्छन्। को कहाँको कता जान लागेको भने केही पनि सोधिनँ। एकछिनपछि ‘मान्छे ब’गायो–ब’गायो’ भन्ने हल्लाखल्ला आयो। मेरी बहिनीका छोराहरू कायक चलाउँथे। हत्तपत्त उनीहरू कायक लिएर दगुरे।
केही बेर तल पुगेपछि केटाहरूले बूढाबूढीलाई समातेर निकालेछन्। बच्चाहरू फेला परेनन्। उनीहरू त्यही दम्पती रहेछन्, केही बेरअघि यही बसेर बच्चालाई दूध खुवाएर गएका थिए। (भक्कानिँदै) पानीमा ती बच्चाहरूलाई कस्तो भयो होला ? कति नि;सा’स्सिए होलान् ? बरु बच्चा यही छाडेर गइएको भए मै पालिदिन्थें। इताजाखबरबाट लिइएको ।