SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/५ गते
    ३८४३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। दुई दिनको झरीपश्चात् बढेको भुइँ कुहिरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा प्रत्यक्ष प्रभावित बनेको छ। हवाई भिजिबिलिटी घटेपछि शनिबार बिहानभर उडान प्रभावित बन्यो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    विमानस्थल कार्यालयको ब्रिफिङ शाखाका अनुसार माउन्टेन फ्लाइट र बिहानका अन्य उडानहरू ठप्प भए। ‘बिहान ५ बजेदेखि ८ बजेसम्मको भिजिबिलिटी ५० मिटरभन्दा पनि कम भएपछि सेवा ठप्प भयो, १० बजेपछि मात्रै विमानस्थल आंशिकरूपमा सुचारु भयो।’ –सो शाखाका एक अधिकारीले भने।

    सबै प्रकारका जहाज उडान र अवतरणका लागि तीन हजार मिटर हाराहारीको हवाई भिजिबिलिटी आवश्यक पर्ने विज्ञहरू बताउँछन्। मौसम बिग्रिएपछि शनिबार बिहान मलेसियाबाट १० बजेको हाराहारीमा काठमाडौं अवतरण हुने नेपाल एयर लाइन्सको विमान भारतको दिल्लीतर्फ डाइभर्ट भएको थियो।

    विमानस्थल कार्यालयका अनुसार यसरी नै नेपाल एयर लाइन्सकै ताप्लेजुङ र भोजपुर, श्री एयरको भद्रपुर र विराटनगर र बुद्धको पोखरा उडान रद्द भएको थियो। यसैबीच पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएपछि मौसममा क्रमिक सुधार आउन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    मौसममा पूर्ण सुधार आउन अझै केही दिन लाग्ने भएकाले भोलि सोमबारसम्म पहाडी र हिमाली भेगको मौसम धुमिने र हल्का वर्षा हुने महाशाखाको ठहर छ। नेपाल समाचार पत्रमा खबर छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं