
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं– अमेरिकी सरकारको वार्षिक सुरक्षा प्रतिवेदन होस् या अन्तर्राष्ट्रिय अप’राधी चार्ल्स शोभराजको ‘नेपालको विमानस्थलबाट हात्ती नै पास गराउन सक्छु।’ भन्ने भनाइले होस्, नेपालको विमानस्थलको सुरक्षा सँधै शं’कामा पर्छ। भारतीय विमान अपह’रणमा परेदेखि त झन् शं’का बढायो नै।
तर सुरक्षा प्रबन्ध कसिलो पारेर अन्तर्राष्ट्रिय समुदायको शं’का निवारण गर्नुको साटो नेपालकै सुरक्षा संगठनका सदस्य थप शं’का बढाउन सक्रिय देखिए। यस्तै घटना भयो शुक्रबार। गायिका आस्था राउतले विमानस्थलको सुरक्षामा खटिएकी महिला प्रहरीले दु’र्व्य’वहार गरेको भन्दै सार्वजनिक गरेको भिडियोको ‘काउन्टर’ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा जाँच भइरहेको भिडियो क्लिप नै सार्वजनिक भयो।
यो भिडियो आन्तरिक टर्मिनलतर्फको हो। तर यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवैतिरको सुरक्षा निगरानीका लागि राखिएको क्लोज सर्किट टेलिभिजनको दृष्य सुरक्षित छैन भन्ने पुष्टि भयो। सार्वजनिक भएको उक्त भिडियोमा जाँचका क्रममा गायिका राउत र एक महिला प्रहरी (रमिता श्रेष्ठ) बीच भनाभन भएको दृश्य देखिन्छ। जसरी फुटेज बाहिरियो, यसले राउतको दाबीलाई काउन्टर दिन चो’र बाटोबाट लिक गराइएको प्रष्टै हुन्छ।
कसले गर्यो यति ठूलो बद’मासी?
यसबारे विमानस्थलको सुरक्षामा खटिएका एसएसपी रामकृपाल शाहका अनुसार गायिका राउतले प्रहरीलाई आरोप लगाएपछि विमानस्थल प्रहरीले फुटेज हेरेको थियो।फुटेजमा प्रहरीको गल्ती नदेखेपछि महानगरीय आयुक्त कार्यालयमा पठाइएको थियो। ‘तालुक कार्यालय मेट्रोमा हाम्रो गल्ती छैन है भन्दै हामीले सिसी टिभी फुटेज, महिला प्रहरी प्रहरीको जाहेरी पठाएका थियौं,’ उनले भने, ‘त्यसभन्दा बढी कसरी बाहिरियो हामीलाई थाहा भएन।’
आयुक्त कार्यालयबाट फुटेज बाहिरिएको हो त? यसबारे जानकारीका लागि महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीसँग सम्पर्क गर्न खोज्दा सम्भव भएन। उनको मोबाइल बन्द थियो।प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्रीको दाबी सत्य हो भने केन्द्रलाई फुटेज बाहिरिएको बारे जानकारी नै छैन। ‘प्रहरीले फर्मल्ली यस्तो फुटेज सार्वजनिक गरेको छैन। यसबारे विमानस्थल र मेट्रो प्रहरी जानकार हुनुपर्ने हो।’ प्रवक्ता क्षेत्रीले दाबी गरे।
कसरी बाहिरियो फुटेज?
नेपाललाइभको सोधखोजमा सो फुटेज प्रहरीबाटै बाहिरिएको देखियो। गायिका राउतले प्रहरीलाई गाली गर्दै गरेको फेसबुक लाइभपछि पक्ष र विपक्षमा बहस भएपछि माहौल आफ्नो पक्षमा पार्न प्रहरीले नै अनौपचारिक रुपमा फुटेज वितरण गरेको हो। फुटेज चो’र बाटोबाट लिक गराउनेबारे प्रधान कार्यालयका वरिष्ठ प्रहरी अधिकृत पनि जानकार थिए।सल्लाहअनुसार नै फुटेज बाहिरिँदा सुरक्षा सं’वेदनशीलताबारे प्रश्न उठेपछि जिम्मेवार प्रहरीहरु नै तैं चुप मैं चुप बनेका छन्। फुटेज बाहिरिएको बारे छानबिन हुन्छ त? प्रवक्ता क्षेत्री भन्छन्‚ ‘यस विषयमा अहिलेसम्म कुनै औपचारिक छलफल भएको छैन।’स्रोत–नेपाल लाइभ


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया