
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । राष्ट्रपतिले संविधान सुधारको प्रस्ताव राखेपछि प्रधामन्त्रीसहित उनको मन्त्रिपरिषदका सबै मन्त्रीहरुले राजीनामा दिएका छन्। राष्ट्रपति भ्लादिमीर पुटिनले संविधान सुधारको प्रस्ताव राखेपछि प्रधानमन्त्री दिमित्रीको क्याविनेटले पुटिनलाई सहयोग गर्न राजीनामा दिएको बताइएको छ। पुटिनले प्रधानमन्त्री पदबाट राजिनामा दिएका दिमित्रिसहित सबै सदस्यलाई धन्यबाद दिएका छन्। राष्ट्रपतिको रुपमा पुटिनको कार्यकाल सन २०२४ मा सकिँदैछ। उनले स्टेट काउन्सिलको शक्ति बढाउने प्रस्ताव पनि पेश गरेका छन् जसको अध्यक्षता उनी स्वयंले गर्ने गर्छन्। प्रधानमन्त्रीबाट राजीनामा दिएका दिमित्रीलाई पुटिनले राष्ट्रिय सुरक्षा परिषद्को उपप्रमुखमा नियुक्त गरेका छन्।
त्यस्तै इरानसँग तनाव बढिरहेका बेला अमेरिकाले चीनसँग नयाँ सम्झौता गरेको छ । २ देशबीच व्यापार युद्ध कम गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । वाशिंगटनमा प्रतिष्ठित व्यापारीहरुको सहभागीतामा दुवै देशका अधिकारीहरुबीच व्यापार युद्ध कम गर्ने सम्झौता भएको हो । अमेरिका र चीनबीच लामो समयदेखि चलेको व्यापार युद्धले विश्वभरको अर्थव्यवस्थामै नकारात्मक असर परेको थियो । सम्झौतामा हस्ताक्षरपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग अझै बलियो सम्बन्ध सुरु हुने बताए । उनले भने, ‘हामी दुवै मिलेर विगतका गल्ती सच्याउँदै छौं । हामी मिलेर आर्थिक न्याय र सुरक्षित भविष्य तयार गर्दै छौं । सम्झौता आफ्नो ठाउँमा छ, त्योभन्दा ज्यादा यो विश्वमा शान्ति ल्याउने कोसिस हो ।’
यस्तै चीनका नेताहरुले यस सम्झौतालाई हरेक प्रकारले फाइदाको सम्झौता भन्दै यो सम्झौताबाट दुवै देशबीच सम्बन्ध सुधार हुने बताए । सम्झौताअनुसार चीनले आफ्नो अमेरिकी आयातलाई २ सय मिलियन डलरसम्म बढाउने प्रतिबद्धता जनाएको छ । यस्तै अमेरिकाले केही चिनियाँ उत्पादनमा लगाइएको अतिरिक्त शुल्क ५० प्रतिशतसम्म घटाउन तयार भएको छ । अमेरिकाले चीनलाई बौद्धिक चोरीको आरोप लगाएपछि अमेरिकाले कतिपय चिनियाँ उत्पादनमा आयात निषेध गरेको थियो । आयात हुने चिनियाँ वस्तुमा पनि भारी मात्रामा अतिरिक्त शुल्क लगाएको थियो । त्यसको बदलामा चीनले पनि अमेरिकी उत्पादनमा सोही प्रकारको निर्णय गरेको थियो । सन् २०१८ देखि अमेरिका र चीन ‘जस्तालाई त्यस्तै’ रणनीतिमार्फत् व्यापार युद्धमा लागेपछि विश्वभर नै लगानीमा असर परेको थियो ।
तर अमेरिकाले मुद्राको मूल्य चलखेलमा भूमिका खेलेको भन्दै चीनमाथि लगाएको आरोप फिर्ता लिएको छ । अमेरिकाको अर्थ मन्त्रालयले चीनलाई ‘मुद्राको मूल्यमा चलखेल गर्न भूमिका खेल्ने राष्ट्र’ भनी लगाएको आरोप फिर्ता लिएको बीबीसीले जनाएको छ। अमेरिकाले सो निर्णयको पछाडि आफ्नो उत्पादन सस्तो देखाउन आफ्नो मुद्राको अवमूल्यन नगर्ने चीनको प्रतिबद्धता रहेको बताइएको छ। चीन र अमेरिकाबीच व्यापारिक तनाव कम गर्नका लागि एउटा प्रारम्भिक सम्झौता हुनुभन्दा दुई दिन अघि अमेरिकाले त्यस्तो घोषणा गरेको हो। गत अगस्टमा अमेरिकाले चीनलाई सो आरोप लगाएको थियो। यो आरोपपछि सेयर बजार ओरालो लागेको थियो। यो हप्ता हुने व्यावसायिक सम्झौताका कारण अमेरिकाको सेयर बजार उच्च विन्दुमा पुगेको छ।
यस्तै रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदभेदेवले राजीनामा दिएका छन् । सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदलाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको छ । प्रधानमन्त्री मेदभेदेवले राष्ट्रपतिको कदमलाई सहयोग पुगोस् भनेर आफूले राजीनामा दिएको बताएका छन् । प्रधानमन्त्री मेदभेदेवले भनेका छन्, ‘वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजिनामा दिएको छु । हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ ।’
टेलिभिजनमार्फत् भएको सम्वोधनमा मेदभेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री मेदभेदेवका अनुसार कानून सुधारका आगामी सबै निर्णय अब राष्ट्रपति पुटिनले लिनेछन् । राष्ट्रपति भ्लादिमीर पुटिनले नयाँ सरकार नबनाएसम्म सरकार प्रमुखको रूपमा काम गरिरहन मेदभेदेवलाई आग्रह गरेका छन् । ‘मैले प्रधानमन्त्रीका रूपमा तपाईँले गरेका सबै कुराका लागि तपाईँलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हाँसिल गरेका नतिजाहरूप्रति आभारी छु,’ पुटिनले भनेका छन् । पुटिनले सुरक्षा परिषद्को उपप्रमुखको पद पनि प्रस्ताव गर्दै त्यसका लागि नेतृत्व लिन मेदभेदेवलाई सुझाव दिएका छन् । एक हप्ता पहिले पुटिनले संसदको भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत संग्रहको प्रस्ताव गरेका थिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया