SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१ गते
    १५४२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    पोखराको एयरपोर्टमा जारी अष्टधातु संकलन तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा भक्तजन तथा दानविरहरुको सहभागिता दिनानुदिन बढ्दै गएको छ । अष्टधातु दाता पनि थपिदै गएका छन् ।

    महायज्ञमा बुधबार पोखरा–८ नागढुङ्गाका गुरुदत्त लामिछाने र उनको परिवार सर्वाधिक दान गरेको छ । लामिछाने परिवारले महायज्ञमा १ लाख ११ हजार १ सय ५५ रुपैयाँ दान गरेको हो । त्यस्तै बिरौटाका चन्द्रकान्त बरालले १ लाख १ हजार, गिता लामिछानेले १ लाख १ हजार, दुर्गा गिरीले १ लाख १ हजार, नागढुङ्गाका हरि श्रेष्ठ, कमल श्रेष्ठ, विज्ञान श्रेष्ठ र लक्ष्मी श्रेष्ठको परिवारले १ लाख १ हजार, पोखरा–९ का श्रीकृष्ण भण्डारीले १ लाख १ हजार, सुर्खेतका तिलबीर सेन्चुरीले १ लाख दान गरेका छन् ।

    नागढुङ्गाका लक्ष्मी गिरीले २५ हजार, राधिका पौडेलले १५ हजार, पोखरा–९ एयरपोर्टका महेश्वर रिमालले १५ हजार ५ सय, नागढुङ्गाका गंगाप्रसाद सुवेदी र खुमा सुवेदीले १५ हजार १ सय, पोखरा ९ का बलबहादुर अर्यालले १५ हजार, पोखरा–७ रत्नपुरीका तनीमाया केसीेले ६ हजार, नागढुङ्गाका राजदुर जोशिले ५ हजार ५ सय, सुसिल लामिछानेले ५ हजार दान गरे ।

    धार्मिक पर्यटकिय क्षेत्र देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शंकर मूर्ती निर्माण अभियान सफल पार्नका लागि पोखरामा शुक्रबारदेखि उक्त ज्ञानमहायज्ञ शुरु भएको हो । देवघाट संरक्षण प्रतिष्ठान चितवनको आयोजना तथा नागढुङ्गा आमा समुह र एयरपोर्ट टोल विकास संस्थाको संयोजनमा महायज्ञ भएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं