
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । ललितपुर कुसुन्तीकी सीता (नाम परिवर्तन) दम र खुट्टा काँप्ने रोगले ग्रस्त थिइन्। थला पारेपछि कैयौंपटक अस्पताल धाएकी उनलाई औषधिले भेटेन। औषधि खाउन्जेल निको हुने, खान छाडेपछि बल्झिने भएपछि उनी उपचारका अन्य विधि र तरिका खोज्नतिर लागिन्। कैयौंपटक धामीकहाँ पुगेर झारफुक गराइन्। निको भएन। एक दिन उनलाई छिमेकी महिलाले चर्चमा गएर ध्यान गर्दा निको हुन्छ भन्दै त्यसै गर्न सुझाइन्। रोगले सताइरहेका बेला चर्च जाँदा निको हुन्छ भन्ने सुनेपछि उनी कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली नामको चर्चमा धाउन थालिन्। सीता शनिबार–शनिबार नियमित चर्च जान्थिन्।
सीता चर्च जान थालेपछि पास्टर विश्वास भन्ने ध्रुवबाबु जोशी उनीसँग नजिकिन थाले। उनले ‘अघिल्लो जुनीमा नराम्रो काम गरेका कारण यस्तो भएको हो, यसलाई मेटाउन पमेश्वरको विधि अपनाउनुपर्छ’ भन्न थाले। पाप र रोग मेटाउन जोशीले सीतालाई आफूसँग शारीरिक सम्पर्क गर्नुपर्ने बताए। उनले आफू प्रार्थना बस्दा परमेश्वरले यस्तो विधि बताएको भन्दै आफूसँग शारीरिक सम्पर्क राखेको तीन महिनाभित्र रोग निको हुने भनी सीतालाई विश्वस्त पारे।
पास्टर जोशीले सीतालाई चापागाउँ (ललितपुर) मोडमा रहेको एक गेस्ट हाउसको कोठामा बोलाएर शारीरिक सम्बन्ध राखे। त्यसपछि पनि दबाब र आशा देखाई पटक–पटक उनले शारीरिक सम्बन्ध राखे। तर रोग निको भएन। रोग निको नभएपछि सीताले रोग निको बनाइदिने झुटो आश्वासन देखाएर जोशीले आफ्नो अस्मिता लुटेको भन्दै कारबाहीका लागि प्रहरी गुहारिन्। उनले प्रहरी परिसर ललितपुरमा जोशीविरुद्ध जाहेरी दिइन्।
जाहेरीमा लेखिएको छ, ‘मेरो इच्छाविपरीत ढोका बन्द गरी निज पास्टरले शारीरिक सम्बन्ध राखे। मैले तिमीलाई शारीरिक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा परमेश्वरले दिएको शक्ति नाश हुन्छ र यसको असर तिमीलाई पनि पर्छ भनेर धम्की दिए।’
जाहेरीमा जोशीले पटकपटक बलात्कार गरेको र यो विषयलाई बाहिर लगे परिवार तथा साथीभाइलाई भनिदिने भन्दै डर देखाएको उल्लेख छ। जाहेरीमा जोशीले पछिल्लोपटक पुस पहिलो साता बलात्कार गरेको उल्लेख छ। पीडितको लिखित जाहेरीका आधारमा चर्चका पास्टर जोशीलाई सोमबार ललितपुर प्रहरीले कुसुन्तीबाट पक्राउ गरेको छ।
प्रहरीका अनुसार जोशीले केही समय गोरखामा पार्टी प्यालेससहित रेस्टुरेन्ट पनि चलाएका थिए। केही वर्षअघि जोशीकी सालीले उनीसँगको सम्बन्धका कारण आत्महत्या गरेको पनि खुल्न आएको प्रहरीले जनाएको छ। सालीले आत्महत्या गरेलगत्तै जोशीले गोरखा छाडेका थिए। महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जोशीविरुद्ध जाहेरी परेपछि पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए।
‘धार्मिक आस्था देखाएर फाइदा लिएको देखियो, यस्तो काम गर्ने र गराउनेलाई कानुन अनुसार कारबाही हुन्छ,’ उनले भने, ‘चर्चमा धेरै संख्यामा मानिस आउने रहेछन्, अन्यमाथि पनि यस्तै भएको हुनसक्छ, अनुसन्धान भइरहेको छ।’ जोशीलाई थुनामा राखेर थप अनुसन्धान गर्न मंगलबार पाँच दिनको म्याद थपिएको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया