SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१ गते
    ९३९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । ललितपुर कुसुन्तीकी सीता (नाम परिवर्तन) दम र खुट्टा काँप्ने रोगले ग्रस्त थिइन्। थला पारेपछि कैयौंपटक अस्पताल धाएकी उनलाई औषधिले भेटेन। औषधि खाउन्जेल निको हुने, खान छाडेपछि बल्झिने भएपछि उनी उपचारका अन्य विधि र तरिका खोज्नतिर लागिन्। कैयौंपटक धामीकहाँ पुगेर झारफुक गराइन्। निको भएन। एक दिन उनलाई छिमेकी महिलाले चर्चमा गएर ध्यान गर्दा निको हुन्छ भन्दै त्यसै गर्न सुझाइन्। रोगले सताइरहेका बेला चर्च जाँदा निको हुन्छ भन्ने सुनेपछि उनी कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली नामको चर्चमा धाउन थालिन्। सीता शनिबार–शनिबार नियमित चर्च जान्थिन्।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सीता चर्च जान थालेपछि पास्टर विश्वास भन्ने ध्रुवबाबु जोशी उनीसँग नजिकिन थाले। उनले ‘अघिल्लो जुनीमा नराम्रो काम गरेका कारण यस्तो भएको हो, यसलाई मेटाउन पमेश्वरको विधि अपनाउनुपर्छ’ भन्न थाले। पाप र रोग मेटाउन जोशीले सीतालाई आफूसँग शारीरिक सम्पर्क गर्नुपर्ने बताए। उनले आफू प्रार्थना बस्दा परमेश्वरले यस्तो विधि बताएको भन्दै आफूसँग शारीरिक सम्पर्क राखेको तीन महिनाभित्र रोग निको हुने भनी सीतालाई विश्वस्त पारे।

    पास्टर जोशीले सीतालाई चापागाउँ (ललितपुर) मोडमा रहेको एक गेस्ट हाउसको कोठामा बोलाएर शारीरिक सम्बन्ध राखे। त्यसपछि पनि दबाब र आशा देखाई पटक–पटक उनले शारीरिक सम्बन्ध राखे। तर रोग निको भएन। रोग निको नभएपछि सीताले रोग निको बनाइदिने झुटो आश्वासन देखाएर जोशीले आफ्नो अस्मिता लुटेको भन्दै कारबाहीका लागि प्रहरी गुहारिन्। उनले प्रहरी परिसर ललितपुरमा जोशीविरुद्ध जाहेरी दिइन्।

    जाहेरीमा लेखिएको छ, ‘मेरो इच्छाविपरीत ढोका बन्द गरी निज पास्टरले शारीरिक सम्बन्ध राखे। मैले तिमीलाई शारीरिक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा परमेश्वरले दिएको शक्ति नाश हुन्छ र यसको असर तिमीलाई पनि पर्छ भनेर धम्की दिए।’

    जाहेरीमा जोशीले पटकपटक बलात्कार गरेको र यो विषयलाई बाहिर लगे परिवार तथा साथीभाइलाई भनिदिने भन्दै डर देखाएको उल्लेख छ। जाहेरीमा जोशीले पछिल्लोपटक पुस पहिलो साता बलात्कार गरेको उल्लेख छ। पीडितको लिखित जाहेरीका आधारमा चर्चका पास्टर जोशीलाई सोमबार ललितपुर प्रहरीले कुसुन्तीबाट पक्राउ गरेको छ।

    प्रहरीका अनुसार जोशीले केही समय गोरखामा पार्टी प्यालेससहित रेस्टुरेन्ट पनि चलाएका थिए। केही वर्षअघि जोशीकी सालीले उनीसँगको सम्बन्धका कारण आत्महत्या गरेको पनि खुल्न आएको प्रहरीले जनाएको छ। सालीले आत्महत्या गरेलगत्तै जोशीले गोरखा छाडेका थिए। महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जोशीविरुद्ध जाहेरी परेपछि पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए।

    ‘धार्मिक आस्था देखाएर फाइदा लिएको देखियो, यस्तो काम गर्ने र गराउनेलाई कानुन अनुसार कारबाही हुन्छ,’ उनले भने, ‘चर्चमा धेरै संख्यामा मानिस आउने रहेछन्, अन्यमाथि पनि यस्तै भएको हुनसक्छ, अनुसन्धान भइरहेको छ।’ जोशीलाई थुनामा राखेर थप अनुसन्धान गर्न मंगलबार पाँच दिनको म्याद थपिएको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं