
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडाैं, । रुखो बोलीका यातायात मजदुर, त्यसमाथि यात्रुको लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू काठमाडौं उपत्यकामा गुड्ने कतिपय सार्वजनिक सवारी साधनमा देखिएको यो ज्वलन्त समस्या हो ।त्यति मात्र होइन, भाडा उठाउनकै लागि यात्रुलाई कोचाकोच गरिन्छ । ट्राफिक प्रहरी प्रमुख भीम ढकाल यसमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ तर कति सम्भव होला ? यति मात्र सार्वजनिक सवारीको समस्या होइन । कतिपय सार्वजनिक सवारीमा उडुसकै आतंक भएको यात्रु बताउँछन् ।
उडुस नै घर पुग्ने गरी सर्छन् भने जुम्रा, उपियाँ नहुने कुरै भएन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकारी भन्छन्, ‘अनुगमनका क्रममा सिटहरू ठुस्स गन्हाउने भेटियो । उडुस भेटिएको यात्रु नै बताउने गर्छन् । धेरै सवारीका भाँचिएका, थोत्रा र मैलो सिट पनि भेटिए ।’सार्वजनिक यातायातका सवारीको बेथितिका सम्बन्धमा धेरैको गुनासो आयो, ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ढकालले थपे, ‘बारम्बार सरसफाइ र सुधारका लागि आग्रह गर्दा पनि अटेर गर्नेलाई कारबाही गर्न अनुगमनमा खटिनु परेको हो ।’
सुन्धारा क्षेत्र भएर सञ्चालन हुने करिब ३० वटा सार्वजनिक सवारी साधनलाई अनुगमन गरिएको छ । अनुगमनका क्रममा सवारी साधन तथा चालक र सहचालकमा देखिएका कमीकमजोरी २४ घण्टाभित्र सुधार गर्न प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गराइएको छ । अधिकांश सवारीको झ्याल र ढोका बिग्रिएर कामचलाऊ अवस्था छन् भने हप्तामा एक दिन सफा गरेको पाइएको छैन ।समात्ने डन्डी तथा ह्यान्ड कच टुटेको अवस्थामा फेला परेका छन् । गाडीहरूमा यात्रुमैत्री सुविधाको धेरै नै अभाव छ । त्यसैगरी सार्वजनिक यातायात सेवालाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउन चालकको भूमिका महìवपूर्ण हुने भएकाले अशोभनीय क्रियाकलाप, तुच्छ र अपशब्द प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
जुत्ता लगाएर सवारी चलाउन अनिवार्य गरिएको छ । सवारी चलाउँदा चर्को गरी गीत बजाउने र सूर्तिजन्य पदार्थ खान निषेध गरिएको छ । चालक तथा सहचालकले यात्रुमैत्री व्यवहार प्रदर्शन गर्न बोली, व्यवहारका अतिरिक्त साथी सङ्गीहरूसँग कुरा गर्दासमेत सचेत हुनुपर्ने छ ।ट्राफिक नियमको पूर्णपालना गरी यात्रुप्रति सेवाभाव राख्न सचेत गराइएको छ । ‘सवारी दुर्घटना आफ्नो कारणले भन्दा अर्काको कारणले पनि हुन सक्ने भएकाले सार्वजनिक सवारीका चालकहरू निजी सवारी चालकभन्दा सचेत र जिम्मेवार हुनुपर्ने छ ।’
महाशाखा प्रमुख ढकालका अनुसार थोत्रो र मैलो सिट कभर, भाँचिएको सिट र फोहोर शब्द प्रयोग गरेको गुनासो आएमा कारबाही हुनेछ । अनुगमनका क्रममा यातायात व्यवसायीहरूले ठूलाखाले बसमा भन्दा माइक्रोबस र मिनीबसमा समस्या रहेको बताएका छन् ।गाडी फोहोर हुनुमा चालकहरूलाई जिम्मेवार देखाउँदै यातायात व्यवसायी अर्जुन गौतमले चालक र ट्राफिक प्रहरी दुवै अनुशासित र मर्यादित हुनुपर्ने बताए । तर चालकहरूले भने जुम्रा, उपियाँ र उडुस यात्रुबाट सरेको आरोप लगाएका छन् । सरोकारवाला निकायहरूसँगको छलफलपछि सुधार र सरसफाइका लागि १९ बुँदे निर्णय सार्वजनिक गरिएको थियो । गाेरखापत्र दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया