
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
स्याङ्जा । स्याङ्जाको वालिङ प्रधान कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था र पर्वतको कुश्मा प्रधान कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोवार बुधवारबाट शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकबाट एकिकृत कारोवारको अन्तिम स्वीकृती पश्चात वालिङ–८, स्याङ्जास्थित कालिका लघुवित्त वित्तीय संस्था लि.को केन्द्रीय कार्यालयबाट एकिकृत कारोवारको शुरुवात भएको हो ।
राष्ट्रिय स्तरको कालिका लघुवित्त वित्तीय संस्था लि.संग जनसेवी लघुवित्त वित्तीय संस्था लि. गाभिए पश्चात कायम रहेको संस्थाको नयाँ सञ्चालक समितिका अध्यक्ष विकास गौचनको अध्यक्षता राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द पौडेलको प्रमुख आतिथ्यता र पुर्व निर्वाचन प्रमुख आयुक्त निलकण्ठ उप्रेतीको विशेष आतिथ्यतामा एकिकृत कारोवार शुभारम्भ समारोह सम्पन्न भएको हो संस्थाका निवर्तमान अध्यक्ष कृष्ण खाँणले उपस्थित अतिथि एवं शेयरधनीहरुलाई स्वागत गर्दै दुई संस्था गाभ्ने गाभिने कार्यको लागि सहयोग गर्नुहुने दूवै संस्थाका पुर्व संचालक समितिका पदाधिकारी, कर्मचारीहरु र सम्पूर्ण सरोकारी निकायहरुलाई धन्यवाद दिएका थिए ।
विशेष अतिथि उप्रेती र प्रमुख अतिथि पौडेलले संस्था सम्बृद्धिका लागि संचालक समितिका पदाधिकारीहरु र कर्मचारीहरु पुर्ण रुपमा जिम्मेवार र उत्तरदायी हुने भएकोले उत्कृष्ट कार्य सम्पादन गर्न सुझाव र शुभकामना दिएका थिए । कार्यक्रममा मर्जर समिति संयोजक पद्मराज रेग्मी, निवर्तमान संचालकहरु कृष्णकाजी के.सी, नित्यानन्द तिवारी, तथा वर्तमान संचालक मेघनाथ सुबेदीले संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना सहित मर्जर कार्य सफल गर्नु हुने सरोकारी सवैलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेत सहित संचालक समितिका सदस्यहरु शान्ताकुमारी उप्रेती, कुलप्रसाद गुरुङ, सन्तोष श्रेष्ठ, विश्वराज नेपाललगायतको उपस्थिती रहेको थियो । मर्जर पश्चात बनेको संस्थाको चुक्तापुँजी रु. २५ करोड २३ लाख ३० हजार र अधिकृत पुंजी ५० करोड रहेको छ । संस्थाले हाल २८ वटा जिल्लामा ९६ वटा शाखा संख्या सञ्जाल विस्तार सहित ५९ हजार सदस्यहरुलाई ३९२ जना कर्मचारीहरु मार्फत सेवा पुर्याइरहेको छ ।
मर्जर पश्चातको संस्थाले १ अर्ब ४७ लाख निक्षेप संकलन सहित सदस्यहरुलाई २ अर्ब ४५ करोड ५० लाख कर्जा सेवा दिइरहेको संस्थाका नायबकार्यकारी अधिकृत कमलबहादुर खत्रीले जानकारी दिए । कार्यक्रमको सञ्चालनको क्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव मिनबहादुर बोहराले चालु आर्थिक वर्ष भित्रमा नै थप २० वटा नयाँ शाखाहरु विस्तार सहित शेयरधनीहरुलाई उत्कृष्ट प्रतिफल सहितको कार्य योजना भएको बताए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया