SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२५ गते
    १४५५ &#२३४६;&#२३३५;&#२३२५;

    स्याङ्जा । स्याङ्जाको वालिङ प्रधान कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था र पर्वतको कुश्मा प्रधान कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोवार बुधवारबाट शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकबाट एकिकृत कारोवारको अन्तिम स्वीकृती पश्चात वालिङ–८, स्याङ्जास्थित कालिका लघुवित्त वित्तीय संस्था लि.को केन्द्रीय कार्यालयबाट एकिकृत कारोवारको शुरुवात भएको हो ।

    राष्ट्रिय स्तरको कालिका लघुवित्त वित्तीय संस्था लि.संग जनसेवी लघुवित्त वित्तीय संस्था लि. गाभिए पश्चात कायम रहेको संस्थाको नयाँ सञ्चालक समितिका अध्यक्ष विकास गौचनको अध्यक्षता राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द पौडेलको प्रमुख आतिथ्यता र पुर्व निर्वाचन प्रमुख आयुक्त निलकण्ठ उप्रेतीको विशेष आतिथ्यतामा एकिकृत कारोवार शुभारम्भ समारोह सम्पन्न भएको हो संस्थाका निवर्तमान अध्यक्ष कृष्ण खाँणले उपस्थित अतिथि एवं शेयरधनीहरुलाई स्वागत गर्दै दुई संस्था गाभ्ने गाभिने कार्यको लागि सहयोग गर्नुहुने दूवै संस्थाका पुर्व संचालक समितिका पदाधिकारी, कर्मचारीहरु र सम्पूर्ण सरोकारी निकायहरुलाई धन्यवाद दिएका थिए ।

    विशेष अतिथि उप्रेती र प्रमुख अतिथि पौडेलले संस्था सम्बृद्धिका लागि संचालक समितिका पदाधिकारीहरु र कर्मचारीहरु पुर्ण रुपमा जिम्मेवार र उत्तरदायी हुने भएकोले उत्कृष्ट कार्य सम्पादन गर्न सुझाव र शुभकामना दिएका थिए । कार्यक्रममा मर्जर समिति संयोजक पद्मराज रेग्मी, निवर्तमान संचालकहरु कृष्णकाजी के.सी, नित्यानन्द तिवारी, तथा वर्तमान संचालक मेघनाथ सुबेदीले संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना सहित मर्जर कार्य सफल गर्नु हुने सरोकारी सवैलाई धन्यवाद दिएका थिए ।

    कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेत सहित संचालक समितिका सदस्यहरु शान्ताकुमारी उप्रेती, कुलप्रसाद गुरुङ, सन्तोष श्रेष्ठ, विश्वराज नेपाललगायतको उपस्थिती रहेको थियो । मर्जर पश्चात बनेको संस्थाको चुक्तापुँजी रु. २५ करोड २३ लाख ३० हजार र अधिकृत पुंजी ५० करोड रहेको छ । संस्थाले हाल २८ वटा जिल्लामा ९६ वटा शाखा संख्या सञ्जाल विस्तार सहित ५९ हजार सदस्यहरुलाई ३९२ जना कर्मचारीहरु मार्फत सेवा पुर्याइरहेको छ ।

    मर्जर पश्चातको संस्थाले १ अर्ब ४७ लाख निक्षेप संकलन सहित सदस्यहरुलाई २ अर्ब ४५ करोड ५० लाख कर्जा सेवा दिइरहेको संस्थाका नायबकार्यकारी अधिकृत कमलबहादुर खत्रीले जानकारी दिए । कार्यक्रमको सञ्चालनको क्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव मिनबहादुर बोहराले चालु आर्थिक वर्ष भित्रमा नै थप २० वटा नयाँ शाखाहरु विस्तार सहित शेयरधनीहरुलाई उत्कृष्ट प्रतिफल सहितको कार्य योजना भएको बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं