SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२२ गते
    ९०३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । सरकारले संसद्मा प्रस्तुत गरेको सूचना प्रविधि विधेयकले इन्टरनेट सेवा प्रदायक (आइएसपी) माथि तेस्रो पक्षको सूचना, तथ्यांक वा लिंक उपलब्ध गराउन ‘फौजदारी दायित्व’को तरबार अघि सारेको छ।कुनै सार्वजनिक निकाय वा अदालतबाट त्यस्तो सामग्री हटाउन दिएको आदेश पालना गरे मात्र कुनै कारबाही नहुने व्यवस्था गरिएको छ।

    विधेयकको दफा ८९ मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि तेस्रो पक्षको सूचना वा तथ्यांक वा लिंकमा पहुँच उपलब्ध गराएको खण्डमा मात्र ‘फौजदारी दायित्व’ बेहोर्नुनपर्ने व्यवस्था छ। ‘तेस्रो पक्ष’का सामग्रीमा सरकारलाई पहुँच नदिने हो भने स्वतः यो दफा आकर्षित हुने अवस्था छ।

    विधेयक संसद्बाट पारित गर्ने अन्तिम तयारी भइरहेको छ। विधेयकमा उल्लेख भएका चारमध्ये दुई प्रावधानले आइपिएसलाई तेस्रो पक्षका सामग्री वा सूचना तत्काल हटाउन बाध्य पारेको छ। सामान्य हिसाबले हेर्दा ‘सेवा प्रदायकले दायित्व बेहोर्नुनपर्ने’ भन्ने प्रावधानबाट सहजै उन्मुक्ति मिल्नेजस्तो भान पारिएको छ। यस्तो सामग्री हटाउन अदालतको आदेश मात्र होइन, कुनै सार्वजनिक निकायको आदेश पर्याप्त हुनेछ। त्यसो नगरेको खण्डमा सेवा प्रदायक कानुनी दायित्वका भागीदार हुनेछन्।

    सेवा प्रदायक सूचना, तथ्यांक, लिंकमा पहुँच पु-याउने कार्यमा मात्र सीमित रहेको भए, सेवा प्रदायक आाफैंले प्रसारण नगरेको, प्रसारणको उपभोगकर्ता आफैंले चयन नगरेको र प्रसारणमा रहेको सूचना छनोट तथा परिवर्तन नगरेको भए सेवा प्रदायकलाई कानुनी दायित्व भागीदार नहुने भनिएको छ।

    यी प्रावधान यथावत् रहेर विधेयक पारित भएको खण्डमा भविष्यमा अहिलेका समाचार सामग्रीहरू स्वतः सरकार आफैंले बनाएको अदातलको आदेशबाट हटाउन सक्ने अवस्था सिर्जना हुनेछ। सेवा प्रदायकलाई कानुनी दायित्वबाट मुक्त हुन यसरी तोकिएको आदेश पालना गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिएको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं