
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा सायकटेराका विपिन आलेको दुवै मिर्गौला फेल भएपछि उपचारमा आर्थिक समस्या परेको छ । आर्थिक अवस्था कमजोर रहेको आलेको परिवारले उपचारमा धेरै खर्च लाग्ने भएपछि सहयोगको याचना गरेका छन् । बाइस वर्षकै कलिलो उमेरमा दुवै मिर्गौला ला फेल भएर काठमाडौँमा उपचारत आलेले सबैलाई उपचारमा सहयोगका लागि आग्रह गर्नुभएको हो । आलेको उपचारमा आर्थिक सङ्कट परेको भन्दै आफन्त र शुभेच्छुकको पहलमा विपिन आले उपचार सहयोग समितिसमेत गठन गरिएको छ ।
स्थानीय लक्ष्मी माध्यमिक विद्यालयबाट कक्षा १२ पास गर्नुभएका आलेले दुवै मिर्गौला फेल भएपछि अहिले काठमाडौँको सुमेरु अस्पतालमा उपचार भइरहेको विपिन उपचार सहयोग समितिका संयोजक भीमलाल आलेले बताउनुभयो । अहिलेसम्म रु पाँच लाख बढी खर्च भइसकेको र पारिवारिक अवस्था कमजोर भएकाले देश–विदेशमा रहेका सम्पूर्ण नेपालीमाझ सहयोगका लागि अपिल गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । विपिनले डेढ वर्षअघि मात्र पूजा हमालसँग विवाह गर्नुभएको थियो ।
विगत दुई महिनादेखि अस्पतालमा उपचाररत आलेले २२ वर्षमा भर्खर विवाह भएको र आफ्नो जीवनमा अनेक सपना रहेकाले त्यो पूरा गर्ने अवसरका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो । “अहिले म अस्पतालको बेडमा छु”, उहाँले भन्नुभयो, “म रोगसँग हारेको छैन, यो चुनौतीसँग भागेको पनि छैन, धेरै यस्ता रोगबाट उपचार गरेर सकुशल फर्किएका छन्, नेपाली दाजुभाइ–दिदीबहिनीको सहयोगले म पनि स्वस्थ भएर फर्कने आशा गरेको छु ।”
आलेको उपचारका लागि नियमित डायलासिस र ट्रान्सप्लान्ट गर्न ठूलो रकम खर्च हुनसक्ने अस्पतालले बताएकाले सहयोग अभियान थालिएको दाई रेशम आलेले बताउनुभयो । “भाइको ब्लड एभी नेगेटिभ भएकाले डायलासिस र ट्रान्सप्लान्टमा केही चुनौती भइरहेको छ”, उहाँले भन्नुभयो, “सरकारी अस्पतालमा पालो पाउन समय लाग्ने भएकाले अहिले निजी अस्पतालमै नियमित डायलासिस गराइरहेका छौँ, अहिले ब्लड ग्रुप परिवर्तन गर्ने प्रविधिको समेत विकास भएकाले हामी डायलासिससँगै परिवारका सदस्यसँग मिल्ने गरी त्यो परिवर्तन गर्ने विकल्पका बारेमा पनि चिकित्सकसँग परामर्श गरिरहेका छौँ ।”
सामाजिक, मानवीय सेवाभावले स्वतःस्फूर्तरूपमा सहयोग गरिदिन समितिले सबैलाई अनुरोध गरेको छ । सहयोग गर्न चाहनेले विपिनकी श्रीमती पूजा हमालको माछापुच्छे« बैंक बागलुङ शाखामा रहेको खाता न ४४४८५२४६७१२८५०१३ मा सिधैँ जम्मा गर्न सक्नेछन् । यसका साथै उपचार सहयोग समितिमार्फत पनि सहयोग गर्न सकिने संयोजक भीमलाल आलेले बताउनुभयो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया