
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत ।
भने जस्तो जागिर पाइएन घरको एउटा मात्र छोरो म ,बा आमा र एउटा बैनि । बिद्यालय स्थरको शिक्षाहासिल गरिसके पछि थप पढाईको अवस्था रहेन किनकी बाध्यता थियो केहि कमाउनु अनि घर खर्च चलाउनु पर्ने त्यसैको पिरले आफ्नो पढाईलाई छाडेर संजित शर्मा चापागाई रोजगारीको खोजिमा घरबाट निस्किए । भौतारीएका शर्मा पुुगे इन्डियाको चेन्नै । चेन्नैमा आफु र परिवारको लागि केहि जोहो गर्दै गर्दा केहि बर्षको इन्डियाको बसाई पछि फर्किएका शर्माले २०५६ सालमा बिहे गरे । जिबन संगिनीलाई पनि साथमा नै लिएर फेरि फर्किए उहि मुलुक । फेरि चल्यो उस्तै दैनिकी । बिहान सबेरै काममा जानु पर्ने केहि समयको खाना खाने टाइम हुन्थ्यो आफु बस्ने डेरा नजिकै भएको हुदा उनी डेरामा नै आउथे खाना खान अनि फकिन्थे फेरी उही काममा ।यसरी नै चलिरहेको थियो पर्वत जिल्लाको मोदि गाउपालिका वडा नं.२ देउपुरका संजित शर्मा चापागाईको दैनिकी ।
धन कमाउने र राम्रो घरजम साथै सुखि परिवार बनाउने उद्धेश्यका साथ बिदेशिएका संजित शर्मा लामो समयको चेन्नै बसाइ पछि फेरि आफ्नो नोकरीमा केहि समय बिदा मिलाएर नेपाल बस्ने गरि आए । तर आफ्नो गाउँमा फर्के पछि गाउँको हालत देख्दा बिरक्तिए । गाउँका साथिभाई सबै बिदेशिएका र गाँउमा मात्र बृद्ध बा आमा केटाकेटि मात्र । गाउँपुरै अस्तब्यस्त आफ्नो खेतबारी पुरै झार जगंलले भरिदै गएको देखे । केहि दिन बितेको कर्म भुमीबाट आएको अनि आफुले मिलाएको बिदा पनि सकिदै थियो । तर उता भने जस्तो कमाई नभएको हुनाले केहि दिनको गाउँबसाई पछि उनको मनमा बिभिन्न कुराहरु खेल्न थाले अनि बिस्तारै फेरिदै गयो मन पनि ।
उनले त्याग्न सुरु गरे करिव १४बर्षको चेन्नैको बसाई । केहि कुराहरुको अठोट गरे अनि केहि आश पनि । बिस्तारै गाउँमा चहल पहल हुदै थियो कारण हो २०७३ सालको स्थानीय तहको निर्वाचन । सोहि क्रममा उनी पनि केही सामेल हुनलागे देश बनाउने युवाको सर्मथन गर्न तर्फ । युवाहरु खासै थिएनन् सहरबजारमा पढन् गएका बाहेक हरु सबै आफु जस्तै बिदेशी थिए बिभिन्न देशमा । हल्का फुल्का चिया गफमा नि चल्ने गर्थे यसलाई भोट दिए राम्रो हुन्छ उसलाई दिए भोट दिए केहि गर्छ आफनो गाउँ ठाउँमा भनेर । उनले नि केहि सोच बनाएका थिए गाउँमा नै केहि गर्ने बाझिएको खेतबारी हरियाली बनाउने आफु जस्तै युवा गाउँ फर्काउने अभियानमा लागि पर्न थाले ।
केहि समय पछि चुनाव भयो स्थानिय तहको । छानिए गाउँघर सगै देश समृद्ध बनाउछु भनेर कसम खाएका जनप्रतिधिहरु । उनि केहि उद्धेश्य र आशाका साथ आफुले निवार्चित गराएका जनप्रतिनिधि सगै आफ्ना योजना सुनाए । जनप्रतिनिधि बाट पनि राम्रो प्रतिकृया पाएका शर्माले तरकारी खेति सुरु गर्ने गरि दर्ता गरे जनक लिला कृर्षि फर्म । तिन बर्ष अगाडि सुरु गरेको उनको फर्ममा ६ वटा छन् । टनेलमा बिभिन्न तरकारीहरु टमाटर, काउली, सिमी, साथै बिभिन्न किसीमका बेमौसमी अर्गानिक तरिकारिले टनाटन भरिएको देख्न सकिन्छ । कुनै पनि बिषआदीको प्रयोग नगरी मौसमी भन्दापनि बेमौसमी तरकारी फलाउन तर्फ अगाडी बढेको शर्माले सुनाउछन् ‘मेलै फर्ममा मौसमी तरकारीमा भन्दा पनि फरक किसीमले वेमौसमी तरकारीहरु बजारमा निर्यात गर्न तर्फ जोड दिएको छु ’ । उनले फेरि थपे आफुले कृषीमा गरेको लगानी नफसेको तर सरकार बाट पनि के ही सहयोग भएदेखि थप आफु जस्तौ बिदेसी भुमि बिर्सिएर स्वदेशमै केहि गर्न खोज्ने लाई अझ उत्साह बढ्ने बताए ।
सरकारले बिभिन्न खालका अनुदान दिनु भन्दा कृषकले उत्पादन गरेको उत्पादनको बजार व्यवस्थापन गरिदिए पुग्ने कृषक शर्मा बताए । पछिल्लो समय आफ्नो र बलका आधारमा अनुदान बितरण गरिएको भन्ने किसानको गुनासो बढेको बेला सरकारले बरु अनुदान बितरण गर्नुको साटो उत्पानको बजार व्यवस्थापन र बिउबिजनको ग्यारेण्टी गरिदिए त्यस्ता खालका गुनासाहरु नआउने र कृषि खेति तर्फ कृषकको ध्यान जाने सुनाए ।
त्यसरी नै स्वदेशमा नै केहि गरौँ भन्ने उद्धेश्य लिएका मध्यम वर्गिय परिवारका युवाहरुले उनले गरेको फर्म अवलोकन गरेपछि उत्साहित भएको तर भने जस्तो वजारको अभावमा त्यसमा गरेको लगानी बालुवामा पानि हुन्छकी भन्ने पिरले फर्ममा लगानी गर्न डराउने गरेको बताए ।
उनले गरेको फर्मबाट मासीक रुपमा ४० देखि ४५ हजार सम्म आम्दानी हुने गरेको शर्माको भनाई छ । उनले एकजना लाई रोजगारी समेत दिएका छन् । अहिले उनको परिवारमा ६ जना छन । दुई छोरालाई पोखरामा पढाएका छन् ,भने बाबा आमा सगै भएर शर्माले आफनो फर्म चलाएका छन् । गर्न सके नेपालमै छ ,‘नेपालमा केहि भएन भनेर भन्ने हरुले एकपटक मलाई हेर्न अनुरोध गर्छु किनकी मेरो १४ बर्षे बिदेशि बसाइले रमाउन नसकेको म अहिले आफ्नै माटो घरपरिवार सगै बसेर आफना सपना पुरा गर्दै छु ’।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया