
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङलगायत विद्युतीय माध्यमबाट गरिने भुक्तानीसम्बन्धी कारोबारको सीमा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थालाई सर्कुलर जारी गर्दै सीमा निर्धारण गरेको हो ।
केन्द्रीय बैंकले जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनअनुसार डेबिट कार्डबाट प्रतिदिन १ लाख रुपैयाँ मात्र निकाल्न पाइनेछ । प्रतिकारोबार भने २५ हजार रुपैयाँ निर्धारण गरिएको छ । प्रिपेड कार्डबाट भने न्यूनतम ५ सय रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म दैनिक रूपमा निकाल्न पाइनेछ । बैंकहरूले प्रिपेड कार्ड जारी गर्दा एकपटकमा अधिकतम १ लाख रुपैयाँसम्मको कार्ड जारी गर्न सकिने व्यवस्था गरिएको छ ।
क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने भए पनि ग्राहकलाई अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म नगद झिक्न भने पाइने व्यवस्था गरिएको छ । क्रेडिट कार्डबाट नगद कारोबार गरी कार्डबाट प्रयोग भएको रकम भुक्तानी गर्ने समय समाप्त नहुँदै कार्डमा भएको रकमको सीमा समाप्त भएको अवस्थामा यस्तो रकम बंैकमा जम्मा गरी समयावधिअगावै तोकिएको सीमासम्मको नगद झिक्न सकिने व्यवस्था मिलाइएको छ ।
मोबाइल बैंकिङ गर्दा प्रतिदिन अधिकतम ५० हजार रुपैयाँसम्मको कारोबार गर्न पाउने व्यवस्था गरिएको छ । कारोबारको बिल वा विवरण प्राप्त हुने अवस्थाबाहेक मासिक २ लाख रुपैयाँभन्दा बढीको भुक्तानी गर्न भने पाइनेछैन । यसको सीमा यसअघि १ लाख रुपैयाँसम्म मात्रैको थियो ।
मोबाइल बैंकिङ सेवाअन्तर्गत क्यूआर कोडको माध्यमबाट भुक्तानी तथा रकमान्तर गर्दा पनि यसैअनुसार गर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरी, इन्टरनेट बैंकिङको माध्यमबाट भुक्तानी कारोबार गर्दा प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने भएको छ । मासिक रूपमा अधिकतम ३० लाख रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार गर्न नपाइने राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख छ ।
सो सर्कुलरका अनुसार इन्टरनेट बैंकिङको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरूको खातामा ट्रान्सफर गर्दा प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने छ । तर, मासिक रूपमा अधिकतम ५० लाख रुपैयाँभन्दा बढीको ट्रान्सफर गर्न पाइनेछैन । राजधानी दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया