News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News पत्रपत्रिका मुख्य समाचार समाचार

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक र प्रहरी जवानविरुद्ध भ्रष्टाचारको मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवविरुद्ध विशेष अदालत काठमाण्डुमा मुद्धा दायर गरेको छ ।

    आयोगले सर्लाहीको त्रिभुवननगर प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक सिंह र जवान यादवविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो।भारतीय सीमा बजारबाट घरायसी सामान खरिद गरी ल्याउँदा वातावरण सहज गरिदिने भन्दै स्थानीयसँग उक्त रकम घुस लिएको आरोपमा अख्तियारले उनीहरुविरुद्ध मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिएका छन्।

    घरासयी सामान ल्याउने क्रममा घुस नदिए लागूऔषध मुद्दा चलाउने धम्की दिँदै सेवाग्राहीलाई कुटपिटसमेत गरेको भन्ने सूचनाको आधारमा बर्दिवासबाट खटेको आयोगको टोलीले सिंह र यादवलाई नियन्त्रणमा लिएको थियो।

    लाेक कल्याणकारी

    प्रतिक्रिया