
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
भक्तपुर । पुराना शिक्षकहरुसँग अंग्रेजी माध्यममा पढाउने क्षमता नै नरहेका कारण सामुदायिक विद्यालयमा नाममात्रैको अंग्रेजी माध्यम लागुभइरहेको सरोकारवालाहरुले बताएका छन् । तयारी बिनै विद्यालयमा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको उनीहरुले ठहर गरेका हुन् ।शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमः आवश्यकता कि बाध्यता’ विषयक अन्तक्र्रियामा सरोकारवालाहरुले सो कुरा बताएका हुन् । बाध्यतावश जबर्जस्तीरुपमा लागु गरिएको अंग्रेजी माध्यमले विद्यार्थीहरुको सिर्जनशीलता मारेको उनीहरुको गुनासो थियो ।
कार्यक्रममा बोल्ने अधिकांश प्रधानाध्यापकहरुले अंग्रेजी माध्यम लागु गरिएपनि पुराना शिक्षकहरुले वास्तवमा अंग्रजीमा पढाउनै नसकेका अनुभव सुनाएका हुन् । प्रधानाध्यापकहरुले एकातिर अंग्रेजी माध्यमले पुराना शिक्षकहरुलाई सास्ती दिएको र अर्कोतर्फ विद्यार्थीहरुलाई घोकन्ते शिक्षातर्फ उन्मुख गराएको आरोप लगाएका हुन् ।
कार्यक्रममा बोल्दै चाँगुनारायण नगरपालिकाका चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले अभिभावकको अत्याधिक चाहनाले विद्यालयहरुले अंग्रेजी माध्यममा पठन–पाठन शुरु गरेपनि सोही अनुसार शिक्षक व्यवस्थापन गर्न नसक्दा त्यति प्रभावकारी हुन नसकेको बताए । मिश्रले अभिभावकको चाहना अंग्रेजी भएपनि शिक्षक र विद्यार्थीको क्षमतामा सुधार नआएसम्म त्यसलाई प्रभावकारी बनाउन नसकिने आफ्नो अनुभव सुनाए ।सबै शिक्षकमा समस्या छैन केहीमा समस्या देखिएका छन्, त्यसलाई कसरी सम्बोधन गर्ने भनेर नगरले तयारी गरिरहेकोसमेत मिश्रले जानकारी दिए ।
यस्तै, मध्यपुर नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अंग्रेजी भाषा मात्र भएपनि यसलाई गुणस्तरकै मानक मान्दा विद्यालयहरुमा समस्या देखिएका बताए । अभिभावककै चाहना भन्दै प्रारम्भिक बालविकास देखि नै बालबालिकालाई अंग्रेजी माध्यम लाद्नु उपयुक्त नभएको भन्दै उनले आवश्यकता र क्षमता अनुसार मात्रै अंग्रेजी माध्यम लागु गर्न विद्यालयहरुसुँग आग्रह गरे । माध्यम जुन भएपनि विषयवस्तुको शिक्षण सिकाइमा गुणस्तरीयता आउनुपर्नेमा नगरप्रमुख श्रेष्ठले जोड दिए ।
भने माध्यमले भन्दा पनि विद्यालय व्यवस्थापन र विद्यालयका प्रअको जिम्मेवारीले विद्यालय राम्रो हुने र विद्यार्थी गुणस्तर र संख्या राम्रो हुने बताए । ‘सरकारले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएता पनि शिक्षक छनोट र विद्यालयको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई नदिएसम्म विद्यालयका विषयमा स्थानीय पालिकालाई मात्र दोषी ठहराउन सकिदैन,’ उनले भने ।
लाई रोक्न सक्ने स्थिति नरहेको बताए । उनले भने, ‘अंग्रेजीको क्रेज सबैमा बढेको छ । बजारमा जे कुराको आवश्यकता पर्छ, त्यहि अनुसार विकाउन सक्ने तयारी गर्ने हो । अभिभावकले आफ्नो बच्चाले अंग्रेजीमा वस्तुको नाम भनिदेओस् भन्ने चाहन्छन् । हाम्रो नगरको एउटा विद्यालयमा अंग्रेजी माध्यम राख्ने भनेकै वर्ष त्यो विद्यालयमा ११० नयाँ विद्यार्थी भर्ना भए । अंग्रेजी भाषा आवश्यकता वा बाध्यता भन्नुभन्दा पनि यो आवश्यक भएकोले बाध्यता भएको हो । अंग्रेजीलाई रोकेर रोक्न सकिँदैन ।’
वाध्य पारिए झैं भएको शिक्षक तथा प्रअहरुले गुनासो गरेका छन् । अंग्रेजी माध्यममा पढाए पनि विद्यार्थीलाई नेपाली भाषामा नबुझाएसम्म उनीहरुले नबुझ्ने अवस्था भएकोले अंग्रेजी माध्यम व्यावहारिक नभएको उनीहरुको भनाइ छ । त्यसमाथि कतिपय शिक्षक सेवाबाट राम्रो श्रेणीमा पास भएर आएका शिक्षक नै अंग्रेजी माध्यमबाट शिक्षण गर्न नसकेकोबारे प्रअहरुले दुखेसो पोखेका छन् ।
लगभग डेढ दशकदेखि शिक्षण गर्दै आइरहेका शिक्षक शिवराम बोहजूले नेपालको संविधानमा प्रारम्भिक शिक्षा र प्राथमिक तहमा मातृभाषाको माध्यमबाट पढाउनु पर्ने व्यवस्था भएकोमा विद्यालयले सानोमा अंग्रेजी माध्यम र ठूला कक्षामा नेपाली माध्यम ऐच्छिक या अनिवार्यका रुपमा उल्टो विधि अपनाइरहेको बताए । अंग्रेजी माध्यमले विद्यार्थीको सिकाइ कमजोर भएको अनुभव सुनाउँदै उनले भने,‘संयुक्त परीक्षा समितिमा अंग्रेजी माध्यमलाई कक्षा ५ सम्म राख्यो र परीक्षाको प्रश्न पत्र पनि अंग्रेजी माध्यममा गर्दा अब्जेक्टिभ प्रश्नबाहेकका प्रश्नमा विद्यार्थीले लेख्न सकेको देखिएन ।’
वागीश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले नेपाली माध्यममा भर्ना हुन आउने विद्यार्थीको संख्या एकदमै कम रहेको बताए । आफ्नो विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउँदा राम्रो नतिजा आएको अनुभव सुनाए । अंग्रेजी माध्यमबाट पढाउनका लागि शिक्षक सेवा आयोगबाट उत्कृष्ट भएका शिक्षकले पनि अग्रेजी माध्यमबाट पढाउन मुस्किल भएकाले निमाविका शिक्षकलाई प्राविमा सार्नु परेको आफ्नो भोगाइ उनले सबैसामु बताए ।
माउन्ट भ्यूका प्रिन्सिपल राजकुमार महर्जनले निजी विद्यालय अगाडि हुनुको कारण अंग्रेजी माध्यमले मात्र हो र? भन्ने प्रश्नमा सबैले विचार गर्नुपर्ने उल्लेख गरे । त्यस्तै चाँगुनारायणको वाल्मिकेश्वर माविका प्रअ खगेन्द्र धमलाले पनि विद्यार्थीको गुणस्तर बृद्धिका लागि माध्यम समस्याको रुपमा नरहेको स्वीकारे । त्यसका लागि शिक्षक जिम्मेवार र विद्यार्थी लगनशील हुनुपर्नेमा उनले जोड दिए ।
शिक्षाकर्मी टिका भट्टाईले कार्यक्रमको समीक्षा गर्दै भाषा माध्यम मात्र नभई यसमा ज्ञान र शिक्षा हुने बताए । ‘अहिले अंग्रेजी माध्यमको कुरा पानीको फोका जस्तै आइरहेको छ । हामीले अभिभावकलाई नजिकै गएर सोध्ने हो भने अभिभावकले आफ्नो बच्चाले अंग्रेजी मात्र जानोस् भन्नुहुन्न, उहाँहरुले आफ्नो बच्चाले अंग्रेजी, नेपाली र आफ्नो मातृभाषा पनि जानेको मनपराउनु हुन्छ । अभिभावकहरु सकेसम्म धेरै भाषा सिक्नेमा सहमत हुन्छन् । अंग्रेजी माध्यमका कारण हाम्रो सिकाइ घोकन्ते भइरहेको कुरा घत लाग्यो । साँच्चै विद्यार्थीलाई कमजोर भाषाबाट पढाउँदा उसको शिक्षण पनि कमजोर हुन्छ ।’ कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र केन्द्रीय विभागका डा. प्रेम फ्याकले ‘अंग्रेजी माध्यममा शिक्षाः सिद्धान्त, सोच र शिक्षण–सिकाइमा प्रभाव’ विषयमा प्रस्तुती दिएका थिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया