
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । सशस्त्र प्रहरी बलमा बुधबारदेखि तीन जना नायव महानिरीक्षक (डीआईजी) ले अवकाश पाएका छन् । डीआईजीको पाँच वर्षे सेवा अवधिका कारण तीेन जनाले अवकाश पाएसँगै सशस्त्रमा रिक्त डीआईजीको संख्या ६ पुगेको छ ।बुधबार अवकाश पाउने डीआईजीहरूमा सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे र अरबिन्द धिताल रहेका छन् । उनीहरू सबै २०५१ सालमा नेपाल प्रहरीमा भर्ना भएका थिए ।सशस्त्र प्रहरी बलको प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठलाई भावी नेतृत्वका लागि दाबेदार मानिएको थियो । सशस्त्र प्रहरी बलमा अब्बल अधिकृतका रूपमा चिनिएका श्रेष्ठलाई इमान्दार, भिजन भएको अधिकृतका रुपमा समेत लिने गरिन्थ्यो ।
हालका महानिरीक्षक शैलेन्द्र खनालको उत्तराधिकारीका रूपमा समेत हेरिएका श्रेष्ठको अवकाशलाई सशस्त्र प्रहरीभित्र धेरैले सहज रूपमा लिन सकेका छैनन् । खनालपछि उनले नेतृत्व लिँदा सशस्त्र प्रहरीले सहज बाटो लिने र संगठनको साख थप बढ्ने संगठनभित्र चर्चा पनि चल्ने गर्थ्याे ।तर अब यो च्याप्टर बन्द भएको छ । सशस्त्र प्रहरीको प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठको नाम र तस्बिर राति नै वेभसाइटबाट हटाइएको छ । र, त्यहाँ सूचना शाखाका प्रमुख डीएसपी अजय छतकुलीलाई सहायक प्रवक्ता भनेर राखिएको छ ।सशस्त्र प्रहरी बलमा अब्बल अधिकृतका रूपमा चिनिएका श्रेष्ठलाई दरबन्दी थपेर अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउन संगठनले धेरै प्रयास गरेको थियो । सो प्रयास असफल भएपछि डीआईजीको कार्यकाल एक वर्ष थप्न लविङसमेत भएको थियो ।
सशस्त्र प्रहरी बलमा ६ ओटा एआईजी दरबन्दी रहेकोमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले पाँच ओटा थपेर ११ पु¥याएको थियो । हालको सरकारले गत वर्षको जेठमा एआईजीको संख्या घटाउँदै दुईमा झरेको थियो । त्यसबेला तत्काललाई तीन जना एआईजी राख्ने व्यवस्था गर्दै जुनसुकै कारण पद रिक्त भए पनि नथप्ने भन्दै दुई जना रहने व्यवस्था गरेको थियो ।तर, सशस्त्रको वर्तमान नेतृत्वले दरबन्दी थप गर्न गृह मन्त्रालयसँग पटकपटक माग गरेको थियो । तर, प्रस्ताव अस्वीकृत भएसँगै तीनै जना डीआईजीले सेवा प्रवेश गरेको २५ वर्षमै घर जानुपर्ने बाध्यता आएको हो ।
सशस्त्रको वर्तमान नेतृत्वले सीमा सुरक्षाको विषय जटिल बन्दै गएपछि सीमा सुरक्षा विभागमा एआईजीको दरबन्दी राख्न सरकारसँग मागसमेत गरेको थियो । यसअघि सीमा सुरक्षा विभागमा एआईजीकै दरबन्दी थियो ।वर्तमान सरकारले एआईजीको संख्या घटाउँदा यो विभागलाई कार्यविभागमा गाभ्दै सीमा निर्देशनालय बनाएको थियो । यसरी दरबन्दी थप्ने र घटाउने चलखेलको मारमा बुधबार अवकाश पाएका डीआईजीत्रय परेका हुन् ।
बुधबार अवकाश पाएका धिताल त्यस्ता अभागी डीआईजी भएका छन्, जसले बाहिनी चलाउने अवसरसमेत पाएनन् । बढुवा भएको केही दिनमै उनलाई तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त निलम्बनमा परेको केही दिनपछि अख्तियारले निलम्बन गर्न सिफारिस गरेको थियो ।डीआईजीमा बढुवा भएलगत्तै सशस्त्र प्रहरीभित्रको घोटाला प्रकरणमा उनलाई छानबिन गर्ने जिम्मेवारी दिइएका थियो । उनी नेतृत्वको समितिले भ्रष्टाचार नभएको प्रतिवेदन दिएकाले सोही भ्रष्टाचारसम्बन्धी मुद्दामा अख्तियारले अनुसन्धान गर्दा धेरै गल्ती र अनियमितता भेटेको भन्दै उनलाई अख्तियारले निलम्बन गर्न सिफारिस गरेको थियो ।
उनले ६ महिनाअघि मात्र विशेष अदालतबाट सफाइ पाएका थिए । सशस्त्रमा केही दिनअघि मात्रै डीआईजीत्रय रामप्रकाश श्रेष्ठ, वसन्त बानियाँ र राजुराम सुवालले अवकाश पाएका थिए ।रिक्त दरबन्दीमा बढुवाका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक केबी ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत, राजेन्द्र अधिकारी, किशोर प्रधानलगायत प्रतिस्पर्धामा छन् ।अबको केही दिनमा सशस्त्रमा अन्य केही अधिकारी पनि घर जाँदै छन् । २८ माघमा एसएसपीद्वय दमन थापा र फणीन्द्र पौडेल, एसपीहरू राजु महर्जन, रत्न पोखरेल, सुवर्ण थापामगरलगायत पनि अवकाश हुँदै छन् । उनीहरू ३० वर्षे सेवा अवधिका कारण अवकाश हुन लागेका हुन् । राजधानी दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया