
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । एक सैनिक अधिकृतले आफ्नै कार्यालयमा काम गर्ने कुचिकार महिलालाई जबर्जस्ती करणी गरेपछि जागिर गुमाउनुपरेको छ। सर्वोच्च अदालतले पदीय शक्तिका कारण यौनसम्बन्ध सहमतिमै भए पनि अपराध ठहर्ने निक्र्योलसँगै ती अधिकृतलाई जागिरबाट हटाइनुपर्ने फैसला गरेको छ। न्यायाधीशद्वय सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यसअघि समरी जनरल सैनिक अदालतले गरेको फैसला सदर गर्दै सैनिक अधिकृतलाई सेवाबाट हटाउने ठहर गरेको हो।
नेपाली सेनामा कार्यरत सहसेनानी भूपेन्द्र खड्काले आफ्नै कार्यालयमा काम गर्ने कुचिकार एक महिलासँग यौनसम्बन्ध राखेका थिए। सर्वोच्चले पुरुष ठूलो पदमा र महिला सानो पदीय ओहोदामा रहेकाले सहमतिमै भए पनि यसलाई यौन शोषण मानेको छ। यस्तो खालको यौनसम्बन्धलाई जानेर, बुझेर दिइएको सहमति मान्न नसकिने सर्वोच्चले नजिर प्रतिपादन गरेको छ। ‘यस्तो सम्बन्धलाई यौन शोषणकै एउटा प्रकृतिका रुपमा हेरिनुपर्छ’, सर्वोच्चले भनेको छ। ‘पदीय प्रभावमा पारी अफिसर स्तरको सैनिकले सैनिक सेवाभित्रको तल्लो तहकी महिला सैनिकसँग यौनसम्बन्ध राख्न लिएको सहमति अनुचित प्रभावमा पारी लिएको भनी बुझ्नुपर्छ’, सर्वोच्चको ठहर छ, ‘अनुचित प्रभावमा लिइएको सहमति प्रपञ्चीकै स्वरुप मान्नुपर्छ।’
२०६९ भदौ ३० मा चण्डीप्रसाद गण नागपोखरी ब्यारेकमा कार्यरत खड्का वीरेन्द्र अस्पताल छाउनीमा कार्यरत कुचिकार एक महिलासँग काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै थिए। प्रहरी प्रभाग नागढुंगाले खड्कालाई बसबाटै पक्राउ गरी सैनिक प्रहरी गणमा बुझाएको थियो। अनुसन्धानपछि सैनिक अदालत नियमावलीअनुसार दुवैजना सैनिक भएर पटकपटक अनैतिक शारीरिक सम्पर्क राखेको ठहरिएको थियो। महिला गर्भवती भएकाले गर्भपतन गराउन महेन्द्रनगरतर्फ लैजान लागिएको भन्दै प्रहरीमा उजुरी परेपछि पक्राउ गरिएको थियो।
कानुनअनुसार समरी जनरल सैनिक अदालतले २०६९ पुस ५ मा कानुनअनुसार २० दिन कैद र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने फैसला गरेको थियो। त्यसैगरी सैनिक विशेष अदालतले सुरुकै फैसला सदर गरेको थियो। सर्वोच्चले समरी जनरल अदालतको फैसला सदर गरेको हो।
सैनिक अधिकृतले दुवैबीच आपसी सहमतिमा शारीरिक सम्बन्ध भएको स्विकारेका छन्। सर्वोच्चले एउटै संस्थामा सैनिकका रुपमा कार्यरत दुवैबीच तहगत रुपमा निकै फराकिलो अख्तियारी रहेको ठहर गरेको छ। ‘निजहरु बीचमा पदसोपान शृंखलामा निकै अन्तर रहेको पाइन्छ’, सर्वोच्चको फैसलामा भनिएको छ, ‘एउटै संगठनमा कार्यरत दुवैबीच असन्तुलित शक्ति सम्बन्ध देखिन्छ।’ सर्वोच्चले पदीय शक्ति, आर्थिक, सामाजिक शक्ति बलियाले प्रयोग गर्ने ठहर गरेको छ।
‘शक्ति सम्बन्धको आधारमा खराब आचरण र अनुशासनको विषय हो, होइन, अदालतले संवेदनशील भएर विवेचना गर्नुपर्छ’, सर्वोच्चले भनेको छ। विभिन्न प्रभावमा दुवैबीच पटकपटक यौन सम्बन्ध भएको र डर तथा प्रभावमा भारतमा इच्छाविपरीत गर्भपतन गराउन लैजान लागेको कार्य सैनिक ऐनअनुसार कसुर देखिएको फैसलामा उल्लेख छ। नागरिक दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया