
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । रेमिट्यान्सले धानिएको मुलुकका नागरिकले विभिन्न देश घुमघाम गर्दा र उच्च शिक्षा अध्ययनकै क्रममा ३७ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ ।तर, यस्तो वास्तविकता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले सत्य साबित गरेको हो । नेपाल भ्रमण वर्ष २०२० को माहोल अत्यधिक बढिरहेको सरकारी दाबी आइरहँदा विदेशबाट आउने पर्यटकले यहाँ गर्ने खर्चभन्दा बाहिर जाने रकम अत्यधिक रहेको देखिएको छ । यस्तै, विदेशमा अध्ययनकै लागि भन्दै अर्बौं रुपैयाँ बाहिरिने क्रममा पनि कुनै कमी आएको छैन ।नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७६÷७७ को चार महिना मंसिरअघिसम्म गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनको तथ्यांकले सो अवधिमा कुल ३७ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको देखाएको हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार सो अवधिमा नेपालबाट विभिन्न मुलुकमा (आउट बोन) पर्यटकीय भ्रमणलगायत अन्य भ्रमणकै लागि जानेहरूबाट मात्र २५ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको छ । हाल नेपालीहरूको थाइल्यान्ड, सिंगापुर, मलेसिया, इन्डोनेसिया र युरोपलगायत देशमा टुर प्याकेज नै बनाएर भ्रमण गर्ने क्रम बढेको छ । जसका कारण नेपालबाट यति छोटो समयमै २५ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको हो ।
गत वर्ष विदेश भ्रमणमा अझ यो भन्दा पनि धेरै रकम बाहिरिएको थियो । गत वर्षको सोही अवधिमा कुल ३४ अर्ब ९१ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । तर, यहाँको पैसा अनावश्यक रूपमा बाहिर नजाओस् भनेर सरकारले गरेको नीतिगत कडाइका कारण अहिले नेपालीले विदेश घुमघाम र अध्ययनमा गर्ने खर्च घटेको छ ।केही वर्षयता अध्ययन र भ्रमणका नाममा ठूलो रकम बाहिरिँदै आएकामा चालू आवको सुरुदेखि त्यस्तो खर्च घटेको राष्ट्र बैंकको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको हो । यसैगरी, उच्च शिक्षा अध्ययनका लागि वितेका चार महिनाको अवधिमा कुल १२ अर्ब १७ करोड रुपैयाँ बाहिरिएको छ ।
तर, गत वर्षको चार महिना (साउन, भदौ, असोज, कात्तिक) मा भन्दा चालू आवको सो अवधिमा कम रकम उच्च शिक्षाका लागि बिदेसिएको थियो । सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको र राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा घटाएकाले विदेश घुमघाम र अध्ययनका लागि बाहिरिने नेपालीको खर्च घटेको राष्ट्र बैंकको तथ्यांकमा छ ।यसैगरी, मुलुकको नीतिगत व्यवस्थाका कारण विदेश भ्रमणमा बाहिरिने खर्च घटेको हुन सक्ने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले हाल विदेशी मुद्रा सटही सुविधामा केही कडाइ गरेको छ ।पछिल्लो समय सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरी सम्बन्धित मातहतका मन्त्रालयबाट स्वीकृत गराएर मात्र विदेश जान पाइने व्यवस्था गरेको छ । जसका कारण पनि विदेशमा अध्ययन र भ्रमण गर्न जानेको संख्या केही घटेको हो ।
भारत, चीन, अमेरिका, अस्ट्रेलिया, जापानलगायत देशमा पढ्न जाने विद्यार्थी संख्या बढेसँगै हरेक वर्ष नेपालबाट बाहिरिने विदेशी मुद्राको परिमाण पनि बढेको सो प्रतिवेदनमा उल्लेख छ ।त्यस्तै, विप्रेषण आप्रवाह २.३ प्रतिशतले घटेर जम्मा ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ मात्र रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले कमी आएको छ । गत वर्ष यस्तो आप्रवाह २३.१ प्रतिशतले बढेको थियो । राजधानी दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया