SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/५ गते
    १५९१ &#२३४६;&#२३३५;&#२३२५;

    जुम्ला, । जुम्ला जिल्लाको तातोपानी गाउँपालिका ६ की १५ वर्षीय आया विक छुई ‐महिनावारी) हुन थालेको दुई वर्ष भयो । १३ वर्षको उमेरमा उनको पहिलो महिनावारी सुरु भएको हो । त्यतिबेला उनी दुर्गा माध्यमिक विद्यालय कक्षा ६ मा पढ्थिन् । अहिले विक चन्दननाथ नगरपालिकामा रहेको जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन् ।

    महिनावारी भएका बेला उनी प्राय विद्यालय जाँदिनन् । गत असोजमा महिनावारी भएका बेला स्कुल जाँदा उनी एक्कासि बिरामी भइन् । त्यसपछि छुई ‐महिनावारी) भएको समयमा विद्यालय नै जान डराउँछिन् । विक भन्छिन्, ‘म बिरामी भएपछि घरमा देउता हेराउँदा छुईछाई भएको भने, त्यसपछि मलाई पनि बिरामी पो परिने हो कि भनेर डर लाग्छ ।’

    देवता रिसाउने र बिरामीसमेत पारिदिने त्रास उनी मात्रै होइन दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत साजना रावतको पनि छ । ‘पढ्ने दिमाग नै आउदैन रे, देउता रिसाउनान् अरे,’ उनी भन्छिन्, ‘मेरा साथी पनि विद्यालयमा आउन्न म पनि कहिले काहीँ आउँछु ।’ जिल्लाका सबैजसो विद्यालयमा किशोरी मात्रै होइनन् शिक्षिकाको समेत समस्या उस्तै छ । शिक्षिकाहरूसमेत छुई भएका बेला विद्यालयमा जाँदैनन् ।

    पढाउने शिक्षिका नै महिनावारी हुँदा विद्यालय नआउने आए पनि गेट काटेर कक्षामा नछिर्ने यस्तो समस्या विगत दशकौंदेखि देख्दा यहाँका किशोरीको मानसिकता नै बदलिएको छ । कतै लड्दा, पेट, टाउको दुख्दा, ज्वरो आउँदा पनि डाक्टरकहाँ भन्दा पहिले धामीलाई देखाउने बानी बसेको छ, यहाँका स्थानीयमा । जसले गर्दा छाउपढी प्रथाले विकराल रूप लिँदै पठनपाठनमा समेत प्रभाव पारेको स्थानीय बताउँछन् । जनजागृति विद्यालयमा करिब ३ सय जना विद्यार्थी छन् जसमा छात्राको संख्या १०६ छ ।

    शिक्षक सन्तवीर रावतका अनुसार जम्मा छात्रामध्ये ८० प्रतिशत महिनावारी हुन्छन् । प्रत्येक दिन कोही न कोही आउने र आए पनि कक्षामा नपढ्ने भएकाले पठनपाठन वर्षौंदेखि प्रभावित हुँदै आएको रावतले बताए । किशोरीहरूको मानसिकतामै परिवर्तन भएकाले जति सम्झाए पनि सम्भव नभएको शिक्षक बताउँछन् । राजधानी दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं