
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । नेकपा स्थायी समितिमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको गुटको छाया देखिएको छ। ओली र अर्का अध्यक्ष दाहाल पक्षधर नेताहरू राजनीतिक प्रतिवेदन र सरकारप्रति लचिलो देखिएका छन् भने वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरू विरोधमा उत्रिएका छन्।
सोमबार र मंगलबारको बैठकमा २५ जना नेताले धारणा राखेका थिए। नेपाल पक्षधर भीम रावल, सुरेन्द्र पाण्डे, अमृत बोहरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतले सरकार र पार्टी नेतृत्वको कार्यशैलीको खुलेर विरोध जनाए। ओली पक्षधर शंकर पोखरेल, छविलाल विश्वकर्मा, केशव बडाल र रघुवीर महासेठले मात्र बोलेका छन्। उनीहरूले सरकार र पार्टी नेतृत्वको बचाउ गरेका छन्।
अध्यक्ष दाहाल निकट अग्नि सापकोटा, शक्ति बस्नेत, जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाललगायत लचिलो देखिएका छन्। ओली पक्षका नेताहरूले भने बैठकमा अन्य नेताहरूले बोलेपछि मात्र आफूहरूले बोल्ने रणनीति लिएका छन्।
सरकारमा सहभागी भएका कारण अघिल्लो पटकको स्थायी समिति बैठकमा सरकार र नेतृत्वको कार्यशैलीमा चर्काे आलोचना गरेका नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईले भने नेतृत्वलाई उत्तेजित नभई पार्टी र विचार निर्माणमा लाग्न सुझाव दिएका छन्। सरकारका विषयमा उनीहरुले खास टिप्पणी गरेका छैनन्। भट्टराईले तीनतीन महिनामा सरकारका कामको रिपोर्ट नै पार्टीमा बुझाउने व्यवस्था गरेर समीक्षामा जान सकिने बताएका थिए।
कृषिमन्त्रीसमेत रहेका नेता घनश्याम भुसालले पार्टी स्थायी समितिमै कार्यशाला चलाउन माग गरेका छन्। भुसालले आगामी बैठकअघि स्थायी कमिटीका सबै पदाधिकारी र सदस्यबीच ‘आजको पार्टी’ वा ‘कम्युनिस्ट पार्टीको आजको कार्यभार’ जस्ता विषयमा कार्यशाला आयोजना गर्न माग गरेका हुन्।
‘५–७ दिनको कार्यशाला आयोजना गरौं,’ भुसालले भने, ‘कार्यशालामा पार्टीका सैद्धान्तिक, राजनीतिक र सांगठनिक क्षेत्रका सबै विषयमा छलफल गरेर निष्कर्ष निकालियोस् र केन्द्रीय कमिटीमा ती निष्कर्ष पेस गरियोस्। केन्द्रीय कमिटीमा पनि त्यसैगरी विस्तारपूर्वक छलफल गर्ने व्यवस्था गरियोस।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया