
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
धरान, । शुक्रबार मध्यरात अञ्जु साह शौच गर्न बाहिर निस्किइन् । सँगै अर्को घरको मूल ढोकाको ग्रिलमा शंकास्पद वस्तु देखेपछि उनले श्रीमान् राजेशलाई उठाइन् । रातो झोलामा जे पनि हुन सक्ने आकलन गर्दै राजेशले उक्त घरभित्र सुतिरहेका छोराछोरीलाई बाहिर निकाले । अर्को घरमा लगेर राखे ।
शंकास्पद वस्तुबारे महेन्द्रनगर इलाका प्रहरीमा खबर गरियो । प्रहरी नआउँदासम्म परिवारका सबै सदस्य शंकास्पद वस्तुबाट टाढै बसे । प्रहरी निरीक्षक अमिरकुमार दाहाल नेतृत्वमा चार सुरक्षाकर्मीको टोली घटनास्थलमा आएको थियो । त्यस बेलासम्म राजेशले बुवा भिखारी साहलाई फोन गरी घरमा बोलाएका थिए । भिखारी पुख्र्यौली घरमा बस्दै आएका छन् ।
‘इन्स्पेक्टर साबले भन्नुभो– झोलामा केही छैन, तर्साउनका लागि केही राखेको होला’, उनले भने, ‘त्यसपछि झोला हटाउन खोज्दा एक्कासि पड्कियो । म बेहोस भएँ ।’धनुषाको क्षिरेश्वर नगरपालिका–५ महेन्द्रनगर कुसाई टोलमा प्रहरीको कमजोरीले बम विस्फोट भयो । बाबुछोरासहित तीन जनाले ज्यान गुमाए । घरधनी ४५ वर्षीय राजेश, उनका छोरा १५ वर्षीय आनन्दको घटनास्थलमै मृत्यु भएको हो । बमलाई ‘सामान्य वस्तु’ ठानेर चलाएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा शनिबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो ।
राजेशका बुवा ७० वर्षीय भिखारी, छोरी १९ वर्षीया निकी भनिने अञ्जलीकुमारी, कान्छो छोरो १२ वर्षीय प्रकाश भनिने प्रेम र प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएको धनुषा जिल्ला प्रहरीले जनाएको छ । यस्तै, स्थानीय सविता खातुन र अकबर मन्तुरी सामान्य भएका छन् । भिखारीको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । तीन जनालाई धरान पठाइएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत घाइते । बम विस्फोट हुँदा उनीहरू घाइते भएका थिए । तस्बिर : रत्नप्रसाद आचार्य
‘प्रहरी आउनुअघि परिवारका सबै सदस्य घरबाहिर थिए’, स्थानीय विष्णुदेव महतोले भने, ‘तर, प्रहरीले शंकास्पद वस्तु हानिकारक नरहेको भनेपछि भित्र पसे । इन्स्पेक्टर सरले झोला उठाउनेबित्तिक्कै विस्फोट भयो ।’ परिवारका सदस्यमध्ये अञ्जु मात्रै सकुशल छिन् ।
स्थानीय सुजित महतोले सिमसिम पानी र चट्याङ पर्दै गरेका बेला ठूलो आवाजमा विस्फोट भएको बताए । ‘सिमसिम पानी परिरहेको थियो । चट्याङ पर्दै थियो’, उनले भने, ‘बम विस्फोट हुँदा हामीले त चट्याङ लागेको भन्यौं । पछि घरछेउमै बम विस्फोटपछि क्षतविक्षत अवस्थामा मानिसहरू ढलेको देख्यौं ।’ बम झुन्ड्याइएको ग्रिल, घरको छाना, झ्यालको सिसा, शौचालयको ढोका, पक्की भित्तामा विस्फोटबाट क्षति पुगेको छ ।
राजेश औषधि पसल सञ्चालन गर्दै आएका थिए । उनी यो क्षेत्रका नाम चलेका ‘महाजन’ थिए । उनले ब्याजमा ऋण दिन्थे । १५ वर्षभन्दा बढी समयदेखि ऋण कारोबार गर्दै आएका राजेशले सम्पत्ति पनि ‘रामै्र’ जोडेका थिए । महेन्द्रनगरमै पुख्र्यौली घर भए पनि पछिल्लो पाँच वर्षमा उनले दुइटा थप किनेका थिए । उनले ब्याजकै पैसाबाट डेरी उद्योगसमेत सञ्चालन गरेको स्थानीय बताउँछन् ।
बम विस्फोट गराएको आशंकामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रदेश २ संयोजकसहित तीन जना पक्राउ परेका छन् । प्रदेश संयोजक ५१ वर्षीय सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीय ललिता महरा र रामसोभित गाहालाई पक्राउ गरिएको डीएसपी रामेश्वर कार्कीले बताए । उनीहरूविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।
शनिबार जिल्ला सुरक्षा समन्वय समितिको बैठक बसेको थियो । घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए । ‘समीक्षामा प्रहरी निकायबाट भएको कमजोरी तथा आगामी दिनमा यस्ता घटना हुन नदिन सुरक्षा निकायलाई सचेत रहन भनिएको छ’, प्रमुख जिल्ला अधिकारी कणेलले भने, ‘रातिको घटना दुःखद र निन्दनीय छ । सुरक्षा निकाय अनुसन्धानमा लागिरहेको छ । अपराधीलाई छिट्टै कानुनी दायरामा ल्याउँछौं ।’ घटनाको बृहत् अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा सात सदस्यीय टोली गठन गरिएको छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया