
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
काठमाडौं, । दुई वर्षअघि मकवानपुरका राहुल शर्मा (नाम परिवर्तन) लाई एक अपरिचित युवतीले विदेशबाट भाइबरमा सम्पर्क गरिन् । नचिनेको नम्बरबाट भाइबरमा सन्देश आएपछि राहुलले सुरुमा चासो दिएनन् । ती युवतीले उनलाई पुन: सन्देश पठाइन् । ‘म स्ट्यान्डर्ड चार्टर्ड बैंक इन्डोनेसियाको कर्मचारी हुँ, मेरा आफन्त सेलिङ सुमनका नाममा बैंकमा ८ करोड यूएस डलर छ, सुमनको निधन भएका कारण बैंकको रकम झिक्न पाएको छैन, मलाई तपाईंको हेल्प चाहिएको छ,’ विदेशी महिलाबाट यस्तो सन्देश पाएपछि राहुल दंग परे । लोभिए । अनि भाइबरमै ती युवतीलाई जवाफ पठाए, ‘यसमा म तपाईंलाई के सहयोग गर्न सक्छु ?’युवतीले तुरुन्तै लेखिन्, ‘तपाईं बैंकमा भएको सुमनको प्रोपर्टी दाबी गर्न यहाँ आउनुपर्यो, यसका लागि ‘सेलिङ अफ सुमन एट जिमेल डटकम’ ठेगानाको इमेल खाता खोल्नुपर्छ ।’
युवतीको आग्रहमा राहुलले नयाँ इमेल खाता खोले । भाइबर र इमेलमा दुई जनाबीच इन्डोनेसियाको बैंकमा भएको रकमबारे कुराकानी हुन थाल्यो । ती युवतीले नेपाल आएर राहुलसँग बिहे गर्ने अनि प्रक्रिया पुर्याएर फर्किने बाचा गरिन् । राहुल राजी भए । बैंकमा रहेको डलर झिकेर खाता बन्द गर्नेबारे पनि पटक–पटक कुराकानी भयो ।बैंकको ८ करोड झिकेर खाता बन्द गर्न केही डलर आवश्यक भएकाले नेपालबाट पठाइदिन राहुललाई ती युवतीले फेरि इमेल पठाइन् । यससम्बन्धी लामो कुराकानीपछि युवतीलाई पैसा पठाउन राहुल तयार भए । युवतीले काठमाडौंमा भएका रमेश खड्काको ठेगाना दिइन् । राहुल युवतीलाई पैसा पठाउन रमेशको सम्पर्कमा पुगे । राहुलले रमेशको खातामा पटक–पटक गरी ७ लाख रुपैयाँ इन्डोनेसियाकी युवतीलाई पठाइदिन भन्दै जम्मा गरे ।
राहुलले रमेशको खातामा ७ लाख रुपैयाँ जम्मा गरेपछि न रमेश सम्पर्कमा आए, न ती विदेशी युवती । युवतीसँग भएको कुराकानी र ती युवतीलाई दिन भन्दै रमेशको बैंक खातामा जम्मा गरेको ७ लाखबारे राहुलले आफ्नी पत्नीलाई सुइँकोसम्म दिएका थिएनन् । रमेश र ती युवती सम्पर्कविहीन भएपछि राहुलले आफू ठगिएको चाल पाए ।आफूलाई इन्डोनेसियाको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ८ करोड डलर भएको बताउने ती युवती अरू कोही नभएर अन्तर्राष्ट्रिय ठगी र बैंक ह्याकरका नाइके नाइजेरियन नागरिक पिटर हर्मन थिए । पिटर बैंक/वित्तीय संस्थाको सर्भर ह्याकिङ र अनलाइन ठगी अभियोगमा नेपाल र भारतीय प्रहरीको अनुसन्धानमा छन् । उनलाई एक महिनाअघि भारतीय प्रहरीले पक्राउ गरेको छ । पिटरसहितको गिरोहबाट राहुलजस्तै अरू १५ जना यसरी नै ठगिएको भेटिएका छन् ।
ठमेलमा रेस्टुराँ सञ्चालन गर्दै आएका दोलखाका रमेश खड्काको समूहमार्फत नेपालमा ठगी र ह्याकिङको धन्दा चलाइरहेको अन्तर्राष्ट्रिय गिरोहले भारतको गोवासहितका स्थानमा बसेर दुवै देशमा अपराध योजना बनाउने गरेको पाइएको छ । खड्का, विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार मंगलबार पक्राउ परेपछि ह्याकरको सञ्जाल फेला परेको हो ।
पानस रेमिट र कृषि विकास बैंकको सिस्टम ह्याक गरी करिब ५ करोड झिकेको घटनाका आरोपित असोज पहिलो साता पक्राउ परेपछि महानगरीय अपराध महाशाखाको टोली अनुसन्धानका लागि गोवासम्म पुगेको थियो । त्यसक्रममा नेपालका अन्य बैंक/वित्तीय संस्थाबाट समेत करिब १७ करोड रुपैयाँ ह्याकरले लगिसकेको तथ्य भेटिएको थियो । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया