
१समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
३लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
४पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
५पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
६निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
७अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
८प्रदेशले किन्यो आमा…!
९अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
१०हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
११सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
१२पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं, । नेपाली सेनाले दुई थान एमआई १७ हेलिकप्टर खरिदका लागि ग्लोबल टेन्डर गर्ने भएको छ। दुई वर्षअघि नै सरकारले रूसबाट जीटुजी (सरकार-सरकार स्तरमा) कार्यक्रमअन्तर्गत दुई हेलिकप्टर खरिद गर्न स्वीकृति दिएको थियो।अमेरिकाले रूसमाथि लगाएको आर्थिक नाकाबन्दीका कारण नेपाली सेनालाई त्यस बेला हेलिकप्टर भित्याउन सकस परेको थियो। रूसबाट तत्काल हेलिकप्टर ल्याउन नसकिएपछि सेनाले अहिले ग्लोबल टेन्डर प्रक्रियाबाट खरिद गर्ने तयारी गरेको हो।
रूसमाथि लागेको नाकाबन्दी खुलुन्जेल पर्खिनुभन्दा ग्लोबल टेन्डरमार्फत खरिद गरी छिटो र पारदर्शी ढंगले हेलिकप्टर ल्याउनुपर्ने नेपाली सेनाका उच्च अधिकारीका धारणा छ। रक्षा मन्त्रालय र नेपाली सेनाका उच्च अधिकारी ग्लोबल टेन्डर गरे रूसको नाकाबन्दी नलाग्ने, व्यापारीको अनावश्यक चलखेल रोकिने र पारदर्शी ढंगले हेलिकप्टर खरिद गर्न सकिने टुंगोमा पुगेको स्रोतले बताएको छ।
खरिदमा पारदर्शिता कायम गर्न पनि सबै सरोकार पक्ष ग्लोबल टेन्डर गर्नुपर्ने पक्षमा छन्। पहिल्यै निर्णय भइसकेकाले सरकारले हेलिकप्टर खरिद गर्न आवश्यक रकम निकासा गर्ने तयारी गरेको स्रोतले बतायो। नेपाली सेनालाई विपद् व्यवस्थापन, तालिम र उद्धारका लागि तत्काल हेलिकप्टर आवश्यक छ। ‘भूकम्पजस्तो कुनै विपत्ति आइहाले नेपाली सेनासँग पर्याप्त हेलिकप्टर छैन’, रक्षा मन्त्रालयका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने, ‘तत्काल हेलिकप्टर खरिद गर्नुको विकल्प छैन। ग्लोबल टेन्डर आह्वान गर्नुपर्छ।’
हेलिकप्टर खरिद गर्न अब रूसलाई पर्खिन नहुने उनको भनाइ थियो। रक्षा मन्त्रालय र उच्च सैनिक अधिकारीहरूले अनावश्यक चलखेल रोक्न र पारदर्शी ढंगले हेलिकप्टर खरिद गर्न ग्लोबल टेन्डरमा जान आन्तरिक प्रक्रिया थालेको सैनिक स्रोतले जनाएको छ। ग्लोबल टेन्डरमार्फत हेलिकप्टर खरिद गर्न प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयका अधिकारीसमेत सकारात्मक देखिएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया