
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
डा.योगी विकाशानन्द दार्शनिक, नेपाल मनोक्रान्ति योगका द्रष्टा एवं अगुवा हुन् । उनले मनोक्रान्तिको माध्यमबाट नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्य गरेका छन् । उनको जन्म वि. सं. २०१८ असार २ गते भएको हो । उनी २०३९ माघ १३ जनकपुरको नराहा भनिने ठाँउमा गहिरो ध्यान लागेपछि अध्यात्मको खोजिमा भारत पसेका थिए ।
६ बर्षको प्रवास पछि २०४७ सालमा नेपाल फेर्केर योग सिकाउन शुरू गरे । उनको बिवाह कमलेश्वरी सैंजु सित भएको छ । संसार बदल्नु छ भने शुरूवात आफैबाट गर्नपर्छ भन्ने जीवन जिउने कला सिकाउँदै समाजमा सकारात्मक भावनाको जागरण गराउने हुनाले विकासानन्दलाई उत्प्रेरक पनि मानिन्छ ।
यी हुन् उनका १० माननीय भनाइहरु १. असफलता झेल्ने आँट नभएकाहरु सफलताका हकदार हुनै सक्दैनन् । २.बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरको बाबजुद पनि अघि बढ्न सक्छ । ३. जसले आमाबुबालाई प्रेम दर्शाउन सक्दैन, उसले आफ्ना छोराछोरीबाट प्रेम खोज्नु अपराध हो । ४. भिन्नै खाले राजनेता नभएसम्म भिन्नै खालको राजनीतिको संभावना छैन ।
५. सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो । ६. हामीलाई लामखुट्टे होइन हाम्रै अल्छाइले टोक्छ । ७. सम्पत्ति नभएर गरिब भइदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ । ८. सबैभन्दा सस्तो औषधी हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधी खान बाध्य भइन्छ । ९. सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ । १०. अविवाहितहरु प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरु प्रेमको अभावमा बर्बाद हुन्छन् ।जन्मजात मुटुले करेन्ट प्रवाह गर्न नसक्दा, मुटुमा संक्रमण हुँदा, लामो समयसम्म उच्च रक्तचाप, सुगरको समस्या भएमा मुटुको चालमा गडबढी हुन्छ । त्यस्तै उमेर बढ्दै जाँदापनि यस्तो समस्या देखा पर्न सक्छ । त्यसैगरि हृदयघातको समस्या भएका विरामीलाई मुटुका चाल गडबढी हुने रोग लाग्ने गर्दछ ।
कसरी थाहा पाउने ? अब तपाईंलाई मुटुको चाल कसरी गडबड भएको कसरी पत्ता लगाउने भन्ने प्रश्न उठ्न सक्छ । शरीर कमजोर महशुस भएमा मुटु हल्लिएको जस्तो लागेमा चाल गडबड भएको पनि हुन सक्छ । त्यस्तै छाती दुख्ने, रिंगाटा लाग्ने र बेहोस हुने लगायतका समस्या भएपनि मुटुको जाँच गराउँनु पर्छ ।
यस्तो समस्या देखिएका विरामीको मृत्यु हुने जोखिम हुन्छ । त्यसैले यस्ता लक्षणहरु देखिएमा तुरुन्त अस्पतालमा आकस्मिक कक्षमा लगेर उपचार गराउनुपर्छ । मुटुको चालमा गडबडी जुनसुकै उमेर समूहका मानिसलाई हुनसक्छ ।उमेर बढ्दै जाँदा यसको जोखिम पनि बढ्दै जान्छ । कसैलाई जन्मजात हुनसक्छ भने जन्मेपछि पनि हुनसक्छ। हृदयाघात वा अनियन्त्रित रक्तचापका कारण पनि मुटुको चालमा गडबडी हुनसक्छ ।
मुटुको चाल नियन्त्रणमा राख्न यस्तो गर्नुस् जन्मजात मुटुरोगको समस्याको समाधानभनेको चिकित्सकिय उपचार नै हो । तर खानपान र अस्वास्थकर जीवनशलीका कारण हुने मुटुको चाल गडबढीलाई भने हामीले नियन्त्रण गर्न सकिन्छ । मुटुको चाललाई नियन्त्रणमा राख्न स्वास्थ्य जीवनशैली अपनाउनु पर्छ । कहिलेकाँही डरका कारण वा तनावका कारण पनि मुटुको चाल गडबढ हुन जान्छ ।
के गर्ने ? नियमित रुपमा शारीरिक व्यायम गर्ने, बढी चिल्लो,पिरो, नुन र मसला भएको खाना नखाने, धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन नगर्ने , मदिरा सेवन कम गर्ने, उच्च रक्तचाप, सुगरको समस्या भएका व्यक्तिहरुले नियमित औषधी सेवन र स्वास्थ्य परिक्षण गरी रोग नियन्त्रणमा राख्ने, माटोपना नियन्त्रण गर्ने, गर्भवती अवस्थामा धुम्रपान, अल्कोहल सेवन गर्ने महिलाले जन्माएको शिशुमा जन्मजात मुटुको चाल गडबढीको समस्या हुने हुँदा गर्भवती महिलाले खानपिनमा विषेश ध्यान दिने ।
मुटुको चाल बढाउन सामान्यता औषधि छैन । भएका औषधि पनि त्यति प्रभावकारी छैनन् । त्यसैले मुटुको चाल ढिलो भएको छ भने पेसमेकर राख्ने गरिन्छ । यस्तो भए मानिस बेहोस हुने, रिंगटा लाग्ने र अन्त्यमा मृत्यु पनि हुन्छ । चाल बढी भएको खण्डमा त्यसलाई नियन्त्रणका लागि केही औषधिहरु पाइन्छ ।
मुटुको चाल छिटो भएका बिरामीमा पीएसभीटी, एसभीटी, भीटी समस्या हुन्छ। मुटुको उपचार हुने कम रोगमध्ये पीएसभीटी पनि एक हो । जसलाई रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट विशेष प्रकारको उपचार गरिन्छ । अलि सामान्य अवस्थामा टुडी म्यापिङ प्रयोग गरी निदान गरिन्छ भने बिरामीको अवस्था जटील खालको छ भने अत्याधुनिक प्रविधि थ्रीडी म्यापिङमार्फत् रोग निदान हुन्छ । यी दुवै खालका रोगको निदान भएपछि रेडियो फ्रिक्वेन्सी एब्लेसन अत्याधुनिक प्रविधिमार्फत् उपचार गरिन्छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया