
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
अर्थमन्त्री युवराज खतिवडाले सहुलियतपूर्ण कर्जा बैंकले नदिए आफूलाई खबर गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७६ को प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकसँगको सम्झौता घोषणासभा तथा पत्रकार सम्मेलनमा उहाँले सहुलियतपूर्ण कर्जा प्रवाह नगर्ने बैंकमाथि एक्शन लिइने बताउनुभयो ।
परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय बीच संशोधन गरिएको कार्यविधि प्रभावकारी कार्यान्वयन गर्नेमा सम्झौता भएको हो । सम्झौताअनुसार अब ती तीन बैंकले आफ्ना देशभरिका शाखाबाट युवालाई स्वरोजगार बनाउनका लागि पाँचदेखि सात प्रतिशत ब्याजदरमा सहुलितयपूर्ण कर्जा गर्नेछन् ।
मन्त्री खतिवडाले कर्जाको सुरक्षण सरकारले सुरक्षित गरेको हुनाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । “बैंकमा राखिएको पैसा उद्यमशीलता बन्ने नागरिकमाथि लगानी गर्नु पर्दछ हो, त्यसमा बिना हिचकिचावट तपाईंहरुले कर्जा प्रवाह गर्नुपर्दछ, त्यति गरेर पनि बैंकले दायाँबायाँ गर्नुभयो भने हामीसँग हटलाइनको पनि व्यवस्था हुन्छ”, उहाँले भन्नुभयो, “तपार्इंले मेरो इमेलमा लेखेर पठाउनु होला, मैले सबै कागजात पूरा गरी ऋण पाएन भनेर खबर गरे हामी बैंकमाथि एक्शन लिन्छौँ ।”
उहाँले कतिपयले ऋण पाएन भनेर पनि इमेल लेखेर पनि पठाएको र त्यसको आफूले ‘फलोअप’समेत गरिरहेको बताउनुभयो । उहाँले बैंंकले कर्जा प्रवाह नगरे आफ्नो ‘अफिसियल’ इमेलमा पनि लेखेर पठाउनसमेत आग्रह गर्नुभएको छ । मन्त्री खतिवडाले युवा परिचालन वर्षलाई आर्थिक रुपान्तरणसँग जोड्न पनि सहुलियपूर्ण कर्जा प्रवाहमार्फत युवालाई स्वरोजगार बनाउन लागिएको बताउनुभयो ।
उहाँले अहिले प्रदान गरिने अनुदानलाई पुनरावलोकन गर्दै कृषि उत्पादनको साधनमा मात्र अनुदान दिने तयारी गरिएको बताउनुभयो । उहाँले युवाले अहिले पनि जोखिम उठाउन आँट गर्न नसकेको भन्दै अब युवालाई तालिम, प्रशिक्षण दिएर सिर्जनशीप सिकाएर उद्यमशील बन्न आँट बनाइने बताउनुभयो । अहिले युवाले उद्यमशीलता बन्ने आँट गरेका छैनन्, ज्ञान भएर पनि रोजगारी पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “विद्यालय शिक्षादेखि सबै सीप विकास शिक्षा, प्राविधिक र व्यावसायिक शिक्षा दिनुपर्दछ, सीपले उद्यमशीलता गर्नका लागि जोखिम उठाउन तयार गराउँदछ ।”
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले स्वदेशमा नै युवा स्वरोजगार हुन भन्नका लागि सहुलियतपूर्ण कर्जा वितरण गरिएको बताउनुभयो । उहाँले कार्यविधि संशोधन भएकाले बैंक र युवालाई लिनदिन सहज भएको बताउनुभयो । युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहुलियपूर्ण कर्जा प्रवाहले युवालाई आफ्नो गाउँठाउँमा बसेर स्वरोजगार बनाउन मद्दत गर्ने बताउनुभयो । उहाँले बैंक सरकारी सेवामा मात्र लागेको आफूले देखेको भन्दै आफ्नो सेवाबारे जानकारी गराउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले युवाले स्तरीय परियोजना बनाएर नल्याउँदा कर्जा प्रवाहमा समस्या रहेको भन्दै परियोजना बनाउन सिकाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार बैंकले अहिलेसम्म छ हजार ३१४ युवालाई रु छ अर्ब ८१ करोड ६० लाख कर्जा प्रवाह गरिसकेको छ ।नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अधिकारीले युवालाई मुलुकमै स्वरोजगारी बनाउने सरकारले ल्याएको परियोजनामा साथ दिने बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म तीन हजार १६१ लाई करिब रु दुई अर्ब १० करोड कर्जा प्रवाह गरिएको छ ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कार्यविधि अन्यौल र कर्मचारीको सोचमा परिवर्तन नआएको कर्जा प्रवाहमा कठिनाइ भएको बताउनुभयो । उहाँले संशोधन गरिएको कार्यविधिअनुसार युवालाई उद्यमशीलता बनाउन प्रोत्साहन गर्नका लागि कर्जा प्रवाहलाई सरल बनाइने बताउनुभयो । उहाँका अनुसार बैंकले अहिलेसम्म रु साढे चार अर्ब लगानी गरेको छ ।
परिषद् र एनएमबीबीच सम्झौता यसैगरी परिषद् र एनएमबी बैंकबीच युवालाई सीपमूलक तालीम केन्द्र सञ्चालन गर्नका लागि सम्झौता गरिएको छ । परिषद्का उपाध्यक्ष ढुङ्गेल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीबीच सातवटै प्रदेश र काठमाडौँमा स्वरोजगार बन्नका लागि परामर्श, उद्यमशीलता र वित्तीय साक्षर बन्नका लागि तालीम केन्द्र स्थापना गर्नेमा सम्झौतासमेत भएको हो ।
परिषद्का उपाध्यक्ष ढुङ्गेलले तालीम केन्द्रबाट युवाले आफूलाई स्वरोजगार बनाउन सक्ने बताउनुभयो । एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले युवालाई सीप सिकाएर उद्यमी बनाउँदै उनीहरुले उत्पादन गरेका वस्तुको बजारीकरण गर्नसमेत सहयोग गर्ने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले कृषि, ऊर्जा, पर्यटन क्षेत्रमा स्वरोजगार बन्ने युवालाई तालीम दिई उद्यमशील बनाइने बताउनुभयो ।
युवालाई स्वदेशमा नै स्वरोजगार बनाउनका लागि सरकारले २०७५ कात्तिक २० गतेदेखि व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च तथा प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालन र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)बाट तालीम लिनका लागि कर्जा गरी नौ प्रकारका कर्जा प्रवाह गरेको छ । अहिलेसम्म सहुलियतपूर्ण कर्जा करीब १८ हजार ९०० युवामा प्रदान गरिएको छ ।
यो पनि पढ्नुहोस : विश्व बैंकसँग १६ अर्ब ३७ करोड सहयोगसम्बन्धी सम्झौता विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि रु १६ अर्ब ३७ करोड १३ लाख ऋण सहयोग गर्ने भएको छ ।युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न रु १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि रु दुई अर्ब ७४ करोड १३ लाख सहयोग गर्न लागेको हो
अर्थमन्त्रायलमा आज आयोजित एक कार्यक्रममा अर्थसचिव राजन खनाल र यहाँस्थित बैँकका देशीय प्रबन्धक फारिस हडाड जेर्भोसले ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । युवा रोजगारी रूपान्तरण प्रयास परियोजनाले ७५३ वटै स्थानीय तहमा रोजगारी सेवा केन्द्रबाट रोजगारीमा पहुँच वृद्धि गर्नेछ । उक्त परियोजना प्रधानमन्त्री रोजगार कार्यक्रम तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्तरूपमा कार्यान्वयन गर्नेछन् ।
उक्त कार्यक्रममार्फत मुलुकको भौतिक पूर्वाधार परियोजनामा अस्थायी रोजगारीका अवसर सिर्जना गरिने छ भने युवा तथा महिलालाई ५० दिन रोजगारीको अवसर उपलब्ध गराइने छ । त्यस अवसरमा सचिव खनालले नेपालको सामाजिक, आर्थिक र शैक्षिक विकासमा विश्व बैंकले निरन्तर गर्दै आएको सहयोगको सराहना गर्नुभयो । सुध्रियो शेयर बजार मङ्गलबार झिनो अङ्कले गिरावट आएको धितोपत्र बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ८.३० अङ्कले वृद्धि भएर एक हजार ११७.४६ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १.७४ अङ्कले बढेर २४७.२३ मा पुगेको छ । परिसूचक बढेपनि मङ्गलबारको तुलनामा कारोबार रकममा भने गिरावट आएको छ । मङ्गलबार रु २९ करोड ५८ लाख ६९ हजार १८० को कारोबार भएकामा आज कुल १६५ कम्पनीको सात लाख ३८ हजार ४४६ कित्ता शेयर रु २१ करोड २३ लाख ६३ हजार ७३६ मा खरिदबिक्री भयो ।
आज कारोबार भएका कुल १२ उपसमूहमध्ये व्यापार उपसमूहको शेयर मात्र ओरालो लागेको छ । सो उपसमूहको शेयर २६.१३ अङ्कले घटेको छ । बैङ्किङ उपसमूह ४.९३ अङ्कले बढ्दा होटल १२.६४, विकास बैङ्क १४, जलविद्युत् ७.५२, वित्त ५.४१, निर्जीवन बीमा २६.६८, उत्पादन २२.५९, अन्य १०.२१, लघुवित्त १४.९३, जीवन बीमा ६०.१८ र सामूहिक लगानी कोषको शेयर ०.२५ अङ्कले बढ्यो ।
स्टकका अनुसार कारोबार रकमका आधारमा आज एनएमबी बैङ्क शीर्ष स्थानमा रह्यो । सो बैङ्कको शेयर रु दुई करोड ७५ लाख १९ हजार ३९२ मा खरिदबिक्री भयो । यस्तै हिमालयन डिस्टिलरीको रु एक करोड ७४ लाख ५४ हजार ९०, नबिल बैङ्कको रु एक करोड ३४ लाख ९२ हजार १३०, नेपाल बैङ्क लिमिटेडको रु एक करोड १२ लाख ८३ हजार ४७१ र एनआइसी एशिया बैङ्कको शेयर रु ६७ लाख ६३ हजार १०१ मा कारोबार भयो ।
परिसूचक बढेपनि साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले ६.९२ प्रतिशतले गुमाए । यस्तै लक्ष्मी लघुवित्त वित्तीय संस्था ४.१९, नबिल इक्विटी फण्ड ३.८४, वरुण हाइड्रोपावर कम्पनी २.२२ र पाँचथर पावर कम्पाण्ट लिमिटेडका शेयरधनीले १.९८ प्रतिशतले गुमाए । रिडी हाइड्रोपावरका शेयरधनीले १० प्रतिशतले कमाउँदा गुर्खाज् फाइनान्स ९.४३, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट ६.५२, गुराँस लघुवित्त वित्तीय संस्था ६.२५ र एनएमबी हाइब्रिड फण्ड–१ का लगानीकर्ताले ५.८४ प्रतिशतले कमाए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया