SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१३ गते
    ८३१ &#२३४६;&#२३३५;&#२३२५;

    मेषः– अरुलाई विश्वास गरेर काम गर्ने अवस्था रहने छैन । कुनै क्षेत्रमा पनि जर्वजस्ति नगर्नु होला । बढि महत्वकाँक्षी योजना अगाडि बढाउदा नोक्सान धेरै वेहोर्नु पर्ने अवस्था आउन सक्छ । अनावस्यक काममा समय खर्च हुनेछ । श्रमको मूल्य पाइने छैन । मिथ्या आरोप लाग्न सक्छ सर्तक रहनु होला । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

    वृषः– समय अनुकुल नै देखिन्छ । कार्य लगनशिलता घट्ने छैन । विश्वासको भरमा काम हुनेछन् । वौद्धिक व्यक्तित्वबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । दूर्जनहरु आफ्नै बाटो लाग्ने छन् । सहयोगी सहकार्यको लागि अगाडि आउने छन् ।

    मिथुनः– आर्थिक क्षेत्र बाहेक अन्य क्षेत्र राम्रै देखिन्छ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । कार्य व्यस्तता बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । राजनैतिक गतिविधि बढ्ने देखिन्छ । बाह्य व्यक्तिको भर नपर्नु होला । आयको केहि हिस्सा मनोरञ्जनमा खर्च हुनेछ । उधारो प्रस्ताव आउन सक्छ विश्वास नगर्नु होला ।

    कर्कटः– समय सुधारोन्मुख छ लगनशिलता बढाउनु होला कामले गति लिनेछ । बाह्य कुरामा बढि ध्यान जान सक्छ जसका कारण उपलब्धि गुमाउने अवस्था आउनेछ । हेलचक्र्याई नगर्नु होला । राजनैति हतियार प्रयोग गरेर काम गर्ने सपना नदेख्नु होला । पढाई लेखाई प्रगति हुनेछ । पारिवारिक समस्यबाट पूर्ण मूक्ति मिल्ने छैन ।

    सिंहः– बाधा अवरोधको सामना गर्नु पर्नेछ । शरीरमा रोग व्याधिको प्रकोप बढ्नेछ । नयाँ क्षेत्रमा लगानी गर्ने अबस्था रहने छैन । कसैलाई दिएको धन डुब्न सक्छ । अरुको आशा र भरोसामा बस्दा अवसर गुम्नेछन । गलत विचारको शिकार हुनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । प्रतिष्ठामा आच आउन सक्छ ।

    कन्याः– योजना बनाएर लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । हेलचक्र्याई नगरि कार्य योजना अगाडि बढाउनु होला । विदेश यात्राको सम्भावना नकार्न सकिन्न । प्रेम प्रस्ताव आउनेछ भने दामपत्य जीवनमा सुखानुभूति मिल्नेछ ।

    तुलाः– सहजता देखिदैन प्रतिश्पर्धा गरेर अगाडि बढ्नु होला केहि उपलब्धि हात लाग्नेछ । अरुले गरिदिने छन् होइन आफ्ना समस्या आफैले समाधान गर्नु होला । परिश्रमको अन्तिम प्रतिफल मिठो निस्कने छ । खेलाडीको लागि दिन अनुकुल देखिन्छ । साझेदारी काममा लगानी नगर्नु होला । अस्थिरतालाई त्याग्नु होला ।

    वृश्चिकः– सन्तुलनमा काम गर्नु होला । आफुमा भएको उर्जाको प्रयोग गर्न सके उपलब्धि हात लाग्नेछ । कर्म प्राप्तिको लागि जमेर नै लाग्नु पर्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । राज्य सँग सम्बन्धित काम विस्तारै अगाडि बढाउनु होला । अर्थ अभावको महशुस हुनेछ ।

    धनुः– आर्थिक अवस्था कमजोर हुदा काम गर्न गाह्रो हुनेछ । ऋणमा काम गर्नु पर्ने अवस्था आउनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । पारिवारिक समस्या बढ्ने छन् । फाइदा लुट्न खोज्ने कम हुने छैनन । संकट मोचन हुने देखिन्न ।

    मकरः– महत्वकाँक्षी योजना अगाडि बढाउदा एक पटक सोचेर मात्र बढाउनु होला । अस्थिरतामा जोड नदिनु होला । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । पारिवारिक सहयोगमा उपलब्धि हात लाग्नेछ । बाहिरी व्यक्तिसँग साझेदारी गरेर काम नगर्नुहोला । ऋण लगानी नगर्नु होला ।

    कुम्भः– मध्यम खालको दिन छ,लगनशिल भई काम गर्नु भयो भने आफ्नो मिशनमा पुग्न सक्नु हुनेछ नत्र विचमा नै रोकिनु पर्नेछ । अरुको कुरामा विश्वास नगर्नु होला । धन आफन्त मान्छे भए नदिदा राम्रो हुनेछ । नोकरीबाट सन्तुष्टि त्यति मिल्ने छैन । निर्माण व्यवसायबाट सामान्य लाभ हुनेछ । वोलीको कदर कम हुनेछ ।

    मिनः– समय अनुकुल बन्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । समयमा परिश्रमपूर्व गरेका काम सफल हुनेछन् । दामपत्य जीवन सुख मिल्नेछ । सामाजिक उचाई बढ्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक होला । पढाई लेखाईमा थोरै ध्यान जानेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं