SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/७ गते
    १६६० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।
    कामना सेवा विकास बैंकले आफ्नो १३ औं वार्षिकउत्सवको उपलक्ष्यमा देशभर बिभिन्न सामाजिक गतिविधी सञ्चलन गर्दैआएको छ । यसैअवसमा पर्वतको कुश्मा शाखा ले श्री जनक माद्यामिक विद्यालय थुम पर्वतका १३ जना स्काउट खेलाडी विद्यार्थिहरुलाई एक कार्यक्रम विच १३ थान ट्रयाक सुट वितरण गरेको छ । विद्यालयको खेलक्षेत्रमा थप टेवा पुगोस भन्ने उदेश्यका साथ ट्रयाक सुट वितरण गरिएको कुश्मा शाखाका प्रवन्धक तथा धौलागीरी कलस्टर ईन्चार्ज टंकनाथ लामिछाने ले वताउनु भयो ।

    विद्यालयमै एक कार्यक्रमको आयोजना गरी सामाग्री हस्तान्त्रण गरिएको हो । विद्यालयका प्र.आ. टेकनाथ अधिकारी को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत डिमुवा शाखाका प्रवन्धक धु्रव पौडेल तथा संचालन कुश्मा शाखाका सम्वन्ध प्रवन्धक किसोर तिमिल्सीना ले गर्नुभएको थियो । कार्यक्रममा नगर शिक्षक संगठनका अध्यक्ष भिमराज सापकोटा तथा शिक्षकहरु ले मन्तब्य राख्नुभएको थियो । बैक ले गरेको सामाजिक कार्यको प्रशसा गर्दै भोलिका दिनमा सहयोग आदान प्रदान गरिने प्रअ अधिकारी ले वताउनुभयो

    सोही कार्यक्रममा बैकले प्रदानगर्ने सेवा सुवीधा को वारेमा जानाकारी साथै वैकले समाजमा गरेको सहयोगको चर्चा गरीएको थियो । धौलागीरी क्षेत्रमा रहेका अन्य शाखाले समेत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम संचालन गर्दैआएको लामीछानेले बताउनुभयो ।

    हाल बैकले देशका विभिन्न भागहरुमा १०३ शाखा तथा ५१ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दैआईरहेको छ धौलागिरी क्षेत्र अन्र्तगत वाग्लुङ्ग वजारमा निकट भविश्यमानै शाखा खोल्ने तयारी रहेको वताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं