SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/७ गते
    २२३३ &#२३४६;&#२३३५;&#२३२५;

    कुश्मा, पर्वत । पर्वत, जिल्लाको सदरमुकाम कुश्मा न.पा. ५, मा अवस्थित श्री कालीगण्डकी एकेडेमीमा शुक्रबार ट्राफिक सचेतना तथा सामाजिक विकृति र समस्याका विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ । कक्षा २ देखि कक्षा ६ सम्म अध्ययपनरत तीन सय विद्यार्थीहरु सुरक्षित यात्राका लागि आवश्यक ट्राफिक नियम र प्लेकार्डसहित बजार परिक्रमा गरेका थिए ।

    कार्यक्रममा विद्यार्थीहरुले जिल्ला ट्राफिक कार्यालय, पर्वतको अवलोकन गरी ट्राफिक चिन्ह तथा ट्राफिक प्रहरीले गरेका असल कार्यहरुको ज्ञान हासिल गरेका थिए भने जिल्ला ट्राफिक कार्यालय, पर्वतका ट्राफिक प्रहरी जवानहरु रामकृष्ण पन्त, समीर थापा र वासुदेव पौडेलले जिल्लाको मुख्य चोक शिवालय चोकमा अभिमुखीकरण कार्यक्रम गरी विद्यार्थीहरुलाई आफू पनि सुरक्षित रहने र अरुलाई पनि सुरक्षित यात्राका लागि र सडक दुर्घटना न्युनीकरणमा विद्यार्थीहरुलाई सचेत गराउँदै विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहने बताए ।

    त्यसै गरी विद्यालयमा अध्ययनरत कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु समाजमा व्याप्त सामाजिक समस्याहरु लै»्गिक विभेद, जातीय भेदभाव, बालविवाह, दाइँजो प्रथा, घरेलु हिंसा, तथा लागु पदार्थ दुव्र्यशनजस्ता विषयमा प्लेकार्डसहित बजार परिक्रमा गरेर जनचेतना अभिवृिद्ध गर्ने कार्य सम्पन्न गरेका छन् ।

    कार्यक्रमको समापनका अवसरमा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल वसन्तकुमार कर्माचार्यले विद्यालयमा सञ्चालन भइरहेका ब्रिटिस काउन्सिल अन्तरगत ISA PROJECT  (अन्तराष्ट्रिय स्कुल अवार्ड) कार्यक्रममा पाठ्यक्रमकेन्द्रित व्यवहारोपयोगी र प्रयोगात्मक शिक्षण सिकाइ क्रियाकलापले विद्यार्थीहरुको ज्ञानको तह अब्बल हँुदै गएको बताए । सोही अवसरमा बोल्दै निकट भविष्यमा आðनो विद्यालय आसपासमा सुरक्षित पैदल यात्रीका लागि जेब्रा क्रससि» तथा जनचेतनामूलक होडिं» बोर्डहरु स्थापना गर्ने कुरा जानकारी गराए ।

    ISA PROJECT   (अन्तराष्ट्रिय स्कुल अवार्ड) का संयोजक शिक्षक विक्रम थापा, विद्यालयका भाइस प्रिन्सिपल गोबिन्द पौडेल, संस्थापक लेखापाल वविता कर्माचार्य श्रेष्ठ, तथा शिक्षकहरु रश्मी गौतम, कृष्ण पाठक, वाइपी जोशी, अनिल पौडेल, अर्जुन वि.क., सुजन रोका लगायतका शिक्षकहरुले यस कार्यक्रममा सहजिकरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं